• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फुटपाथ व्यवसायीको सामान महानगर प्रहरीले खोस्यो, झडपमा ११ जना घाइते


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायीहरूको सामान महानगर प्रहीले खोसेको छ । त्यसक्रममा भएको झडपमा परी ११ जना घाइते भएका छन् ।

    Advertisement

    बुधबार साँझ भएको झडपमा ५ नगरप्रहरी र ६ व्यवसायी गरी ११ जना घाइते भएका छन् । फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।

    नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौँ महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वको प्रहरी टोलीले मजदुरमाथि आक्रमण गरेको बताएको छ ।

    महानगर प्रहरीले भने धरहराअगाडि राति ९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेको तर फुटपाथ व्यवसायीले साँझ ७ बजे नै पसल राख्न सुरु गरेकाले हटाउन खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएको दाबी गरेको छ।

    महानगर प्रहरीको आक्रमणमा परेर स्वरोजगार मजदुर नानीमैया बस्नेत गम्भीर घाइते भई ट्रमा सेन्टरमा भर्ना भएको संघले जनाएको छ । यस्तै, महानगर प्रहरीले केही व्यवसायीलाई नियन्त्रणमा लिएको संघको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्ति जारी गर्दै संघले भनेको छ, ‘काठमाडौँ महानगर प्रहरीका डीएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरूले आज (बुधबार) साँझ सवा ८ बजेको समयमा काठमाडौँको सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामानसमेत लुटपाट गरेर मजदुरहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

    यस्तो छ संघको विज्ञप्ति
    काठमाडौँ महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरूले आज ९बुधबार० साँझ सवा ८ बजेको समयमा काठमाडौँ को सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरि घाइते बनाउनुका साथै, सामानसमेत लुटपाट गरेर कजदुरहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

    महानगर प्रहरीको आक्रमणमा परेर स्वरोजगार मजदुर नानीमैया बस्नेत गम्भीर घाइते भई ट्रमा सेन्टरमा भर्ना हुनुभएको छ भने अन्य मजदुरहरू राधिका मैनाली, बद्री देवकोटा घाइते हुनुभएको छ। केही मजदुरहरूलाई नियन्त्रणमा लिई कालिमाटी प्रहरी कार्यालयमा लगिएको छ।

    साँझको समय कसैलाई असर नपार्ने गरी सडकपेटी तथा गल्लीमा व्यवसाय गरिरहेका स्वरोजगार श्रमिकहरूलाई साँझको समयमा अन्धाधुन्ध कुटपिट गर्ने, लछारपछार गर्ने, आमाचकारी गालीगलौज गर्ने, सामानहरू लुट्ने, सामानहरू फ्याँकिदिने र मरणासन्न हुनेगरी घाइते बनाउनेजस्ता महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा महानगर प्रहरीहरूले गरेका अमानवीय व्यवहारको भत्सर्ना गर्दछौँ।

    सानो पुँजी लगानी गरेर फलफूल, तरकारी, जुत्ताचप्पल, कपडालगायतका सामग्रीहरू सस्तो मूल्यमा बिक्री गर्ने निम्न वर्गका स्वरोजगार मजदुरहरूलाई सत्ता र शक्तिको आडमा गरिएको गुन्डागर्दी खेदजनक छ। साँझको घटनाले महानगरपालिका आतंककारी, अपहरणकारी र लुटेराजस्तो देखिएकाले तत्काल सच्चिन आग्रह गर्दछौँ।

    महानगरपालिकासँग हामीआग्रह गर्दछौँ :
    १) मजदुरमाथि आक्रमण गर्नेलाई कारबाही गरी माफी मागियोस्। स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी गम्भीर घाइते बनाउने महानगर प्रहरीहरूलाई तत्काल कारबाही गर्दै मजदुरमाथि आक्रमण गर्ने, मजदुरहरूको सामान लुट्नेजस्ता आपराधिक कार्यप्रति काठमाडौँ महानगरपालिकाले मजदुरहरूसँग माफी माग्नु पर्दछ।

    २) घाइते मजदुरहरूको तत्काल उपचार गरियोस्। आक्रमणमा परी घाइते हुनुभएका सम्पूर्ण श्रमिकहरूको तत्काल अवस्था बुझी तत्काल उपचारको प्रबन्ध गरियोस्।

    ३) जफत गरिएका सामानहरू फिर्ता स् महानगर प्रहरीहरूद्वारा आज ९बुधबार साँझ० तथा अन्य समयमा लुटिएका स्वरोजगार श्रमिकहरूको सामानहरू सम्बन्धित श्रमिकहरूलाई ससम्मान र तत्काल फिर्ता गरियोस्।

    ४) सन्ध्याकालीन बजारको व्यवस्था स् महानगरभित्र सन्ध्याकालीन बजारको व्यवस्थाका लागि निश्चित समय र स्थानहरूको निर्धारण गरी व्यवसाय गर्ने वातावरणको व्यवस्था गरियोस्

    ५) कार्यदल गठन : महानगरभत्रि “सस्तो नागरिक बजार‶को व्यवस्था गर्न, महानगरभित्र “श्रम डेस्क‶को व्यवस्था गरी श्रमिकहरूको सूचीकरण र व्यवस्थापनलगायत तात्कालीन र दीर्घकालीन संकटहरूको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघसहित सरोकारवालाहरू सम्मिलित कार्यदल गठन गरियोस्।

    माथि उल्लेखित विषयहरू तत्काल सम्बोधन नभए सम्पूर्ण श्रमिकहरू सडक आन्दोलनमा जान बाध्य हुने बेहोरा अवगत गराउँदछौँ।
    हार्दिक अभिवादनसहित।

    नेपाल स्वरोजगार व्यापार श्रमिक संघ
    केन्द्रीय कमिटी, काठमाडौँ

    माया गुरुङ
    अध्यक्ष

    राजकुमार श्रेष्ठ
    महासचिव

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.