• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

इन्चार्जबाट हटाएपछि प्रचण्डप्रति जनार्दनको आक्रोश : पार्टीमा ठाउँ छैन भन्न खोजिएको हो ?


  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रदेश इन्चार्ज परिवर्तन गर्ने पार्टी स्थायी समितिको निर्णयप्रति गम्भीर असहमति जाहेर गरेका छन् ।

    Advertisement

    फागुन १५ गते बसेको माओवादी स्थायी समिति बैठकले सबै प्रदेश इन्चार्ज परिवर्तन गर्दै जनार्दनलगायतका केही नेतालाई जिम्मेवारीविहीन बनाएपछि शर्मा आक्रोशित भएका हुन् ।

    पार्टी अध्यक्ष र स्थायी समितिलाई सम्बाधन गरिएको असहमति पत्रमा शर्माले भनेका छन्, ‘कतिपय कामरेडलाई यो पार्टीमा स्थान छैन भनेर गरिएको निर्णय आफैँमा गम्भीर छ ।’

    यस्तै, उनले सुदूरपश्चिममा आफूपक्षीय नेता खगराज भट्टलाई अपमानित ढंगले संसदीय दलको नेताबाट हटाइएको बताएका छन् ।

    जनार्दनलाई बागमती प्रदेश इन्चार्जबाट हटाइएको छ भने खगराजलाईसमेत हाल जिम्मेवारीविहीन बनाइएको छ ।

    शर्मा गत साउनदेखि पार्टीको बागमती इन्चार्ज थिए। उनीसहित माओवादी केन्द्रले दसवटै प्रदेशका इन्चार्ज फेरबदल गरेको हो।

    उनले प्रदेश इन्चार्जहरू हेरफेर गर्दा आफूप्रति पूर्वाग्रह राखिएको गुनासो गरेका छन्।

    ‘विधान अधिवेशन लगत्तै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु विधान अधिवेशनले पारित गरेको निर्णयहरुको भाषिक रुपले सम्पादन गरी कार्यान्वयन गर्ने कार्यभारप्रति वेवास्ता गर्नु र पारित विषयलाई वेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु खेदजनक कुरा हो,’ पार्टी निर्णयप्रति असहमति जनाउँदै शर्माले भनेका छन्, ‘विधान अधिवेशनबाट पारित भएका निर्णहरु सम्पादन गरी तुरुन्त कार्यान्वयन गर्न माग गर्दछु।’

    उनले स्थानीय कमिटीमा कार्य विभाजन एजेन्डाबारे गृहकार्यको नाममा पटक पटक बैठक सरेको र फागुन १५ गते प्रस्तावित भई असहमतिकाबीच पारित गरिएका निर्णयहरुप्रति गम्भीर असहमति जाहेर गरेका छन्।

    माओवादी केन्द्रमा ७ भौगोलिक प्रदेश शक्तिशाली मानिन्छ।

    उपाध्यक्ष पम्फा भुसाललाई प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्ज बनाउने निर्णय गरिएको छ। यसअघि भुसाल जनवर्गीय संगठन इन्चार्जका थिइन्।

    यस्तै, माओवादी केन्द्रले महासचिव देव गुरुङलाई सम्पर्क समन्वय कमिटी इन्चार्ज बनाको छ।

    यस्तै, कोसी प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिइएको छ।

    यसैगरी गण्डकीमा सचिव दिनानाथ शर्मा इन्चार्ज बनेका छन्। गजुरेल र शर्माले पहिलोपटक इन्चार्जको जिम्मेवारी पाएका हुन्।

    मधेसमा लीलामणि पोखरेल इन्चार्ज बनेका छन्। उनी यसअघि पनि मधेसमै इन्चार्ज थिए।

    यस्तै लुम्बिनी प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल तोकिएका छन्। यसअघि उनी कर्णाली प्रदेश इन्चार्ज थिए। कर्णालीमा कालीबहादुर मल्ललाई इन्चार्ज बनाइएको छ।

    यस्तै गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय भएको छ। यसअघि पोखरेल सम्पर्क समन्वय कमिटी इन्चार्ज थिए।

    माओवादीले उपमहासचिव पुन इन्चार्ज रहेको विशेष प्रदेश इन्चार्जमा हितमान शाक्यलाई ल्याएको छ। माओवादीले लुम्बिनी इन्चार्ज रहेका मात्रिका यादवलाई भारत प्रवास इन्चार्ज बनाएको छ।

    प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका उपमहासचिव हरिबोल गजुरेललाई कोसी प्रदेशको जिम्मेवारी दिइएको छ।

    बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.