• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

इन्चार्जबाट हटाएपछि प्रचण्डप्रति जनार्दनको आक्रोश : पार्टीमा ठाउँ छैन भन्न खोजिएको हो ?


  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रदेश इन्चार्ज परिवर्तन गर्ने पार्टी स्थायी समितिको निर्णयप्रति गम्भीर असहमति जाहेर गरेका छन् ।

    Advertisement

    फागुन १५ गते बसेको माओवादी स्थायी समिति बैठकले सबै प्रदेश इन्चार्ज परिवर्तन गर्दै जनार्दनलगायतका केही नेतालाई जिम्मेवारीविहीन बनाएपछि शर्मा आक्रोशित भएका हुन् ।

    पार्टी अध्यक्ष र स्थायी समितिलाई सम्बाधन गरिएको असहमति पत्रमा शर्माले भनेका छन्, ‘कतिपय कामरेडलाई यो पार्टीमा स्थान छैन भनेर गरिएको निर्णय आफैँमा गम्भीर छ ।’

    यस्तै, उनले सुदूरपश्चिममा आफूपक्षीय नेता खगराज भट्टलाई अपमानित ढंगले संसदीय दलको नेताबाट हटाइएको बताएका छन् ।

    जनार्दनलाई बागमती प्रदेश इन्चार्जबाट हटाइएको छ भने खगराजलाईसमेत हाल जिम्मेवारीविहीन बनाइएको छ ।

    शर्मा गत साउनदेखि पार्टीको बागमती इन्चार्ज थिए। उनीसहित माओवादी केन्द्रले दसवटै प्रदेशका इन्चार्ज फेरबदल गरेको हो।

    उनले प्रदेश इन्चार्जहरू हेरफेर गर्दा आफूप्रति पूर्वाग्रह राखिएको गुनासो गरेका छन्।

    ‘विधान अधिवेशन लगत्तै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु विधान अधिवेशनले पारित गरेको निर्णयहरुको भाषिक रुपले सम्पादन गरी कार्यान्वयन गर्ने कार्यभारप्रति वेवास्ता गर्नु र पारित विषयलाई वेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु खेदजनक कुरा हो,’ पार्टी निर्णयप्रति असहमति जनाउँदै शर्माले भनेका छन्, ‘विधान अधिवेशनबाट पारित भएका निर्णहरु सम्पादन गरी तुरुन्त कार्यान्वयन गर्न माग गर्दछु।’

    उनले स्थानीय कमिटीमा कार्य विभाजन एजेन्डाबारे गृहकार्यको नाममा पटक पटक बैठक सरेको र फागुन १५ गते प्रस्तावित भई असहमतिकाबीच पारित गरिएका निर्णयहरुप्रति गम्भीर असहमति जाहेर गरेका छन्।

    माओवादी केन्द्रमा ७ भौगोलिक प्रदेश शक्तिशाली मानिन्छ।

    उपाध्यक्ष पम्फा भुसाललाई प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्ज बनाउने निर्णय गरिएको छ। यसअघि भुसाल जनवर्गीय संगठन इन्चार्जका थिइन्।

    यस्तै, माओवादी केन्द्रले महासचिव देव गुरुङलाई सम्पर्क समन्वय कमिटी इन्चार्ज बनाको छ।

    यस्तै, कोसी प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिइएको छ।

    यसैगरी गण्डकीमा सचिव दिनानाथ शर्मा इन्चार्ज बनेका छन्। गजुरेल र शर्माले पहिलोपटक इन्चार्जको जिम्मेवारी पाएका हुन्।

    मधेसमा लीलामणि पोखरेल इन्चार्ज बनेका छन्। उनी यसअघि पनि मधेसमै इन्चार्ज थिए।

    यस्तै लुम्बिनी प्रदेश इन्चार्ज चन्द्रप्रकाश खनाल तोकिएका छन्। यसअघि उनी कर्णाली प्रदेश इन्चार्ज थिए। कर्णालीमा कालीबहादुर मल्ललाई इन्चार्ज बनाइएको छ।

    यस्तै गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय भएको छ। यसअघि पोखरेल सम्पर्क समन्वय कमिटी इन्चार्ज थिए।

    माओवादीले उपमहासचिव पुन इन्चार्ज रहेको विशेष प्रदेश इन्चार्जमा हितमान शाक्यलाई ल्याएको छ। माओवादीले लुम्बिनी इन्चार्ज रहेका मात्रिका यादवलाई भारत प्रवास इन्चार्ज बनाएको छ।

    प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका उपमहासचिव हरिबोल गजुरेललाई कोसी प्रदेशको जिम्मेवारी दिइएको छ।

    बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.