• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मिटरब्याजपीडितको आन्दोलनप्रति छ किसान सङ्गठनको ऐक्यबद्धता


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । छ वामपन्थी किसान सङ्गठनहरूले मिटरब्याजपीडितको आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।

    Advertisement

    मिटरब्याजपीडितको आन्दोलनलाई साथ दिने घोषणा गर्दै २०८० फागुन १४ सोमबार जारी संयुक्त प्रेसवक्तव्यमा यस्तो धारणा व्यक्त गरिएको हो ।

    वक्तव्यमा आफूहरूले किसानका समस्या समाधान गर्न विभिन्न माग सरकारसमक्ष प्रस्तुत गरेको स्मरण गराउँदै सरकारले त्यसपति पटक्कै ध्यान नदिएको उल्लेख छ । सरकारको यस्तो रवैका कारण देशमा आन्दोलन हुने गरेको उनीहरूको ठहर छ ।

    किसानहरूलाई विभिन्न सहुलियत, सहयोग प्रदान गर्न आग्रह गर्दै वक्तव्यमा किसान आन्दोलनमा विदेशी घुसपैठप्रति सजग र सावधान रहन किसान समुदायसित आग्रह गरिएको छ ।

    प्रेसवक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बासकोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको छ ।

    संयुक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “१. वर्षौंदेखि मिटरब्याजे साहु, लघुवित्तका किसानमारा सञ्चालक तथा दुग्ध उत्पादक संस्थाले किसानको महिनौँदेखिको भुक्तानी नदिएर आलटाल गर्ने, सरकारी अनुदानमा चल्ने डी.डी.सी. ले समेत आफ्नै किसिमले किसान र कृषिलाई धरासायी तुल्याउने जुन घोर अन्यायपूर्ण, असंवैधानिक र गैरकानुनी काम गर्दै आएका छन् र यसरी नेपाली किसानको उठिबास गराउने, विदेशिन वा आत्महत्यासम्म गर्न बाध्य पार्ने जुन किसानमारा गतिविधि वर्षौंदेखि भइरहेको छ, त्यसप्रति हामी ६ वामपन्थी किसान सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

    किसान र नेपाली कृषि यसरी घोर अन्यायमा परेकाले यससित सम्बन्धित माग हामीले समयमै सरकारसँग प्रस्तुत गरेका हौँ तर त्यसप्रति सरकारको गम्भीर ध्यान गएको पटक्कै देखिएन । मर्कामा परेका किसानलाई अल्मलाउने र आलटाले गर्ने काम मात्रै हुँदै आए । त्यसैले पीडित किसानहरु पटक पटक सडक आन्दोलनमा उत्रिनैपर्ने गम्भीर स्थिति पैदा भएकाले बाध्य भएर उनीहरु अहिले पुन: आन्दोलनमा उत्रिएका छन् ।

    हामी पीडित सम्पूर्ण किसानको यो आन्दोलनप्रति जोडदार ऐक्यबद्धता जनाउँछौँ । उनीहरुको सङ्घर्षमा दृढतापूर्वक साथ दिने कुरा सार्वजनिक गर्दछौँ तथा आन्दोलनलाई एकीकृत रूप दिएर अघि बढाउने तत्परता पनि प्रकट गर्दछौँ ।

    २. नेपाली कृषि र किसानलाई आत्मनिर्भर तुल्याउन यसमाथिको परनिर्भरतालाई अन्त्य गर्न तथा नेपाली किसानले गौरव र स्वाभिमानका साथ बाच्न पाउने सुनिश्चित र समुन्नत भविष्यका निम्ति यो क्षेत्रमा भित्रिने/भित्राउने विविध खाले बाह्य अतिक्रमणबाट यसको रक्षा गर्न सबै किसिमका आवश्यक आधुनिक सुविधा, सहुलियत र कृषिसामग्री सहज किसिमले किसानलाई उपलब्ध होउन् र सबै क्षेत्रका कृषिउपजले बिनाभेदभाव न्यूनतम समर्थन मूल्य पाउने ठोस व्यवस्था तत्कालै व्यवहारमा लागु गरियोस् भन्ने पनि हामी पुन: जोडदार माग गर्दछौँ ।

    ३. कृषि र किसानको दुरावस्था र यस क्षेत्रले भोग्नुपरेका समस्याले गर्दा स्वदेशी विदेशी प्रतिक्रयावादी शक्तिले किसानलाई उनीहरूका मूल समस्याबाट अन्यत्र भड्काउने र मुलुकमा अझ थप जटिल स्थिति उत्पन्न गराउन सक्ने षड्यन्त्रप्रति सजग र सावधान रहन तथा आन्दोलनलाई सही दिशा र गति दिन तथा मदत पुर्‍याउन पनि हामी आम किसान र सम्पूर्ण नेपाली जनतामा हार्दिक आग्रहसमेत यति बेला गर्न चाहन्छौँ । हार्दिक अभिवादनका साथ ।”

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.