• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘रोग ठीक हुन्छ’ भन्दै औषधि छुटाएर क्रिश्चियन बनाइएको थियो फुरदिकुलाई

"खोरबाट उद्धार गरि लगियो अस्पताल "

  •   सोमबार, फागुन १४, २०८० मा प्रकाशित
  • खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्या देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा थुनिएकी सोही नगरपालिका–१३ नुनथलास्थित गैरीकी फुरदिकुलाई नगरपालिकाले आज उद्धार गरेर उपचारका लागि काठमाडौँस्थित मानसिक अस्पताल लगनखेल लगेको हो ।

    Advertisement

    महिना दिनअघिदेखि खोरमा थुनेर राखिएकी फुरदिकुलाई निःशुल्क उपचार गर्ने गरी जिप चढाएर काठमाडौँ लगिएको छ । मानसिक सन्तुलन गुमाएका कारण फुरदिकु खोरमा थुनिन बाध्य भएको समाचार फागुन १२ गते सार्वजनिक भएपछि नगरपालिकाले निःशुल्क उपचारमा तदारुकता देखाएको हो । उद्धार गरिएकी फुरदिकुको मानसिक अस्पताल लगनखेलमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।

    ‘राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीको परामर्शमा मानसिक अस्पताल लगनखेलका निर्देशक डा अनन्त अधिकारीसँग कुरा गरेर फुरदिकुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ । उहाँ (फुरदिकु)को उपचार सम्भव हुन्छ भन्ने चिकित्सकले भनेका छन्’, उनले भने, ‘उपचार अभावमा कोही पनि नागरिकलाई मर्न दिँदैनौँ । स्वास्थ्यकर्मीका अनुसार फुरदिकुको समस्या सामान्य हो भन्ने छ । उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाका तर्फबाट तिरिदिन्छौँ ।’

    मान्छे देख्दा झनक्क रिसाउने, आक्रमण गर्ने, गाली, बेइज्जती, बेठेगान तरिकाले हिँड्ने, गीत गाइरहनेलगायत अनियन्त्रित व्यवहार देखाउन थालेपछि फुरदिकुलाई परिवारले आँगनमा खोर बनाएर थुनेर राखेका थिए । विसं २०६७ मा एसएलसीको तयारी गरिरहेका बेला फुरदिकुलाई मानसिक समस्या देखापर्न सुरु भएको पारिवारिक स्रोतले जनाएको छ । त्योबेला औषधि गरेपछि स्वास्थ्यमा सुधार भएको थियो ।

    • श्रीमानको मृत्युपछि मानसिक रोगी बनिन् फुरदिकु, उपचार खर्च नहुँदा खोरमा थुनियो

    कोभिड–१९ को महामारीका बेला पनि फुरदिकुमा दोस्रोपल्ट मानसिक स्वास्थ्य समस्या दोहोरिएको बुबा पेमाछेर शेर्पाले बताएका छन् ।

    ‘परिवारको पहिलो सन्तान फुरदिकुले नुनथलाकै जालपा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी छन् । पाटन अस्पतालमा दुई महिना उपचार गरेपछि निको भयो । फुरदिकुको उपचारका क्रममा अहिलेसम्म करिब रु सात लाखभन्दा बढी खर्च भइसकेको छ । पुनः गत माघ ३ गतेदेखि अस्वस्थ बनिन् । अनियन्त्रित भएपछि उनलाई खोरभित्रै खाना, खाजा, चिया दिनेगरी थुनेर राखिएको हो’, उनले भने ।

    उनले थपे, ‘एसएलसीको तयारी गरिरहेको बेला फुरदिकुलाई पहिलोपल्ट मानसिक समस्या देखिन थाल्यो । निको हुने आशामा सोलुखुम्बुदेखि काठमाडौँसम्मका धामीझाँक्री लगाइयो । माताकामा समेत लगियो । त्यति गर्दा पनि ठीक नभएपछि परिवारले उनलाई जिल्ला अस्पताल दिक्तेल पुर्याइयो । अस्पतालले दिएको औषधि सेवन गरिरहेकै बेला ‘क्रिस्चियन धर्म मान्दा ठीक हुन्छ’ भनेर क्रिस्चियन बनाइयो । सोलुखुम्बुमा लगेर सात महिना क्रिस्चियन बनाएर राखेपछि घर फर्काइयो । त्यो बेलासम्म औषधिका कारण मानसिक समस्यामा धेरै सुधार भइसकेको थियो । क्रमशः उसको मानसिक समस्या पूर्णरुपमा निको भयो । अहिले पुनः दोहोरिएपछि समस्या भयो । यो बेला खर्च पनि छैन । धन्न बेलैमा नगरपालिकाले उद्धार गरिदियो । चाँडै उपचार सफल भएर फर्कियोस् ।’

    फुरदिकुले २०७२ सालमा छिमेकी जिल्ला भोजपुरको अन्नपूर्ण गाउँपालिकाका दाजाङ शेर्पासँग प्रेमविवाह गरेको पारिवारिक स्रोतले जनाएको छ । विवाह गरेको दुई वर्षपछि फुरदिकुले छोरा पसनुरी जन्माइन् । सँगै बाँच्ने र सँगै मर्ने कसम खाएर प्रेमविवाह गरेको श्रीमान् दाजाङको मुटुको समस्याका कारण विसं २०७६ मा मृत्यु भयो । २५ वर्षकै उमेरमा विधुवा बनेकी फुरदिकुलाई पुनः मानसिक सन्तुलन गुमाउने समस्या दोहोरियो ।

    अन्नपूर्णको स्वास्थ्यचौकीले पाटन अस्पताल लैजान सुझाव दियो । परिवार मिलेर बिरामीलाई पाटन पुर्याए । दुई महिना राखेर उपचार गरेपछि स्वास्थ्यमा केही सुधार आयो । नियमित औषधि सेवन गर्नेगरी उनलाई घर फर्काइयो तर खाँदै गरेको औषधि नियमित खान छाडेपछि पुनः स्वास्थ्यमा समस्या दोहोरिएको हो ।

    श्रीमान् दाजाङको मुटुरोगका कारण मृत्यु भएपछि फुरदिकु तीन वर्षअघि छ वर्षीय छोरा पसनुरीसहित माइती घर नुनथला फर्किएकी थिइन् । पसनुरी अहिले मावली घर नुनथलामा बसेर कक्षा ३ मा पढ्छन् । मानसिक सन्तुलन गुमाएर खोरमा थुनिएकी फुरदिकुको उपचारका लागि शुभेच्छुकबाट रु ३० हजार पाँच सय आर्थिक सहयोग जुटेको छ । दर्दनाक अवस्थामा खोरमा थुनिएको समाचार पढेपछि फुरदिकुको उद्धार एवं उपचारका लागि २६ जना शुभेच्छुकबाट आर्थिक सहयोग जुटेको हो ।

    पत्रकार चिसाङ शेर्पाको पहलमा सङ्कलन भएको सहयोग रकम बुबा पेमाछेतरलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्वअध्यक्ष दमन राईले शेर्पालाई हस्तान्तरण गरेका हुन् । रासस

    सोमबार, फागुन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.