काठमाडौँ । बाराको निजगढस्थित एक वर्कसपमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ।
Advertisement
विस्फोटमा परि अन्य ५ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ।
विस्फोटमा परि निधन भएका सो वर्कशपका सञ्चालक हुन्।
प्रहरीका अनुसार कवाडीले ल्याएको शंकास्पद वस्तु वर्कशपमा ल्याएर खोल्दा विस्फोट भएको थियो । तामाजस्तो देखिने वस्तु खोलेर काट्न लाग्दा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ।
घटनाको थप विवरण आउन बाँकी छ ।





