• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु, नेपाल र जर्मनीका कलाकार सहभागी


  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा नेपाल र जर्मनीका कलाकारले तयार पारेका चित्रकलाको अन्तरराष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । प्रतिष्ठानमा गएको माघ २२ र २३ गते आयोजित ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’बाट सिर्जित कलाकृतिको साताव्यापी प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी यही फागुन १४ गतेसम्म रहने छ ।

    Advertisement

    ‘कनेक्टिङ कल्चर थ्रु आर्टस्’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा नेपाल र जर्मनीका ४३ कलाकारको सिर्जना समावेश गरिएको छ । जसमा १० जना विदेशी कलाकार सहभागी भएका छन् । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ प्रगाढ बढाउने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामी जर्मनी नपुगे पनि यस्ता कार्यक्रमको माध्यमबाट अर्को देशको कला र संस्कृतिलाई बुझ्ने मौका मिलेको छ, हाम्रो कला संस्कृति जर्मनीका कलाकारले बुझ्ने मौका पाए, यसले संस्कृति र कलाको सम्बन्धलाई थप बलियो बनाउँछ ।”

    प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य सञ्जय वान्तवा राईले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन आयोजित कला कार्यशाला र प्रदर्शनी लक्षित उद्देश्य प्राप्त गर्न सफल भएको बताउनुभयो । सो क्रममा जर्मनी कलाकार एलेक्जेन्डर इलाइजर, डिर्क निबेर्गल र एलेक्जेन्डर बिसी बोटेनबर्जले नेपाली कला कार्यलाला र प्रदर्शनीमा सहभागी भई यहाँको कला संस्कृति बुझ्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

    प्रदर्शनीमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, तथा प्राज्ञ परिषद सदस्यहरु पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा, अरुणा हिङमाङसहितका ३३ नेपाली कलाकारका सिर्जना समावेश छन् ।

    यस्तै जर्मनीका १० जना कलाकारका सिर्जना समेत प्रदर्शनीमा रहेका छन् । जर्मनीका कलाकार नेपाल कला आदानप्रदान कार्यक्रमका सिलसिलामा नेपाल आउनुभएको हो । प्रदर्शनीको मङ्गलबार साँझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, नेपालका लागि इजरायलका राजदूत हनन गोदार र जर्मनीका राजदूत डा थोम्स प्रिन्जले अवलोकन गर्नुभयो ।

    अवलोकनका क्रममा राज्यमन्त्री सिर्पालीले यस्ता खालका चित्रकला कार्यशाला र प्रदर्शनीले संस्कृति आदानप्रदानमा सहयोग पुग्ने र पर्यटन विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल जर्मनबीच मित्रता कायम राख्न पनि कला प्रदर्शनी फलदायी हुने बताउनुभयो । उहाँले कला र संस्कृतिले जनस्तरसम्मको सम्बन्धलाई मजबुत बनाउने भएकाले कला र संस्कृतिसँग सम्बन्धित कार्यक्रम निरन्तर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.