काठमाडौँ । विश्व मातृभाषा दिवसको अवसरमा अखिल नेपाल जनजाति सम्मेलनले शुभकामना व्यक्त गरेको छ ।
कावा अध्यक्ष अमरध्वज रानाको हस्ताक्षरमा २०८० फागुन ९ गते (फेब्रुअरी २१) का दिन प्रेसवक्तव्य जारी गर्दै सम्मेलनले शुभकामना व्यक्त गरेको हो ।
वक्तव्यमा मातृभाषा दिवसको इतिहास स्मरण गर्दै विश्वभरिका मातृभाषाको संरक्षण गर्न आग्रह गरिएको छ ।
आफ्नो माृतभाषा छिटो सिक्नेले अन्य भाषा पनि छिटो सिक्ने तर्क गर्दै सम्मेलनले मातृभाषा दिवसको अवसरमा आफ्नो मातृभाषा नबिर्सन सबैसित आग्रह गरेको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“सर्वप्रथम हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनको तर्फबाट देशविदेशमा रहनुभएका आदिवासी जनजाति दाजुभाइ, दिदीबहिनीहरूका साथै विश्वभरिका आफ्नो मातृभाषाको लागि सङ्घर्ष गर्दै आउनुभएका मातृभाषी समुदायमा विश्व मातृभाषा दिवस–२०८० (फेब्रुअरी २१) को हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
आज फेब्रुअरी २१ (अर्थात् २०८० फागुन ९ गते) विश्व मातृभाषा दिवस हो । फेब्रुअरी २१, १९५२ का दिन ढाका (तत्कालीन पूर्वी पाकिस्तान र हालको बङ्गलादेशको राजधानी) मा बाङ्गलालाई राष्ट्रभाषा बनाउनुपर्ने माग राख्दै भएको आन्दोलनमा प्रहरीको गोली लागि कैर्यौँ विद्यार्थीले सहादत प्राप्त गरे । संयुक्त राष्ट्र सङ्घले सोही स्मृतिमा प्रत्येक वर्ष फेब्रुअरी २१ लाई मातृभाषा दिवसको रूपमा मनाउँदै आएको हो । आजको दिन विश्वभरिका मातृभाषी आदिवासी जनजाति समुदायले विविध कार्यक्रम गरी यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि हाम्रो सङ्गठनले यो दिवस मनाउँदै आएको छ ।
विश्वका धेरै देशमा अझै पनि आफ्नो मातृभाषासम्बन्धी हक, अधिकार, विकास, संरक्षा र मान्यतालाई लिएर ठुला ठुला शान्तिपूर्ण प्रदर्शन भइरहेका छन् । त्यो क्रम अझै रोकिएको छैन ।
भाषासम्बन्धी गरिएको पछिल्लो सर्वेक्षणअनुसार विश्वमा अहिले करिब सात हजार भाषा बोलिन्छ । कुनै पनि देशमा सबै भाषामा औपचारिक शिक्षा दिने गरिएको त पाइन्न तर भाषा सङ्कटमा पर्नु, हरेक व्यक्तिले आफ्नो मातृभाषा बिर्सनु वा प्रयोग नगर्नुलाई प्रमुख कारण मान्न सकिन्छ । एकातिर, आफ्नो मातृभाषा प्रयोग नुहँदा र अर्कोतिर, उनीहरूको समुदायमा मातृभाषा पठनपाठन नुहँदा भाषाको अस्तित्व सङ्कटमा देखिन्छ । संसारमा कुनै पनि भाषा राम्रो जान्नका लागि आफ्नो मातृभाषा जान्नैपर्छ । यो अनुसन्धानबाट पत्ता लागेको हो कि मातृभाषा छिटो सिक्नेले अन्य भाषा पनि छिटो सिक्न सक्दछ । संसारका कुनै पनि विकसित मुलुकले अर्काको भाषा जानेर विकसित भएका होइनन् । त्यसैले भाषा एकआपसमा सम्पर्क गर्ने र विचार अभिव्यक्त गर्ने मह–वपूर्ण माध्यम हो ।
राष्ट्रिय जनगणणा–२०७८ अनुसार नेपालमा पनि १२३ ओटा भाषा बोलिने पहिचान गरिएको छ । कतिपय भाषा प्रयोग नहुँदा र औपचारिक शिक्षाको माध्यम बन्न नसक्दा लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले नेपालमा बोलिने मातृभाषाको विकास, समृद्धिका लागि सरकार, भाषाकर्मी, सामाजिक सङ्घसंस्थाले यो विषयमा गम्भीर हुनु र धेरै कार्य गर्नुपर्ने आवश्यकता छ ।
नेपालमा भाषा आन्दोलन नयाँ विषय होइन । हिजो पञ्चायतकालमा शिक्षादेखि लिएर सरकारी कामकाजको हरेक क्षेत्रमा खस भाषाको एकाधिकार हुन्थ्यो । पञ्चायती संविधानले एक जातिको भाषालाई नेपाली भाषाको विशेषाधिकार दिएर “राष्ट्रभाषा” मान्ने पगरी गुथाइदिन्थ्यो । त्यस क्रममा भाषिक आन्दोलनमा लागेका कतिपय भाषाकर्मी, आदिवासी जनजाति समुदायका अगुवाले जेलनेल, मुद्दासमेत खेप्नुपथ्र्यो । हिँजो राजालाई नेपाली जनतामाथि जसरी निरङ्कुश शासन गर्ने एकछत्र अधिकार थियो, त्यसै गरी २०४७ को संविधानले पनि एक भाषालाई अन्य भाषामािथ शासन गर्ने एकछत्र अधिकार दिएको थियो । देशको अड्डाअदालत, विद्यार्थीको शिक्षा तथा सञ्चारमाध्यममा यो भाषाको पूर्ण अधिकार थियो । यसरी अन्य जनजातिको भाषामाथि दबाउने काम भएको थियो । त्यसको उदाहरण काठमाडौँ महानगरपालिकाले नेवारी भाषा र राजविराज एवम् जनकपुर नगरपालिकाले मैथिली भाषामा कामकाज सुरु गर्न थाल्दा सर्वोच्चले रोक लगाउने काम गरेको थियो । फैसला भएको उक्त दिनलाई हाम्रो सङ्गठनले “कालो दिवस” को रूपमा मान्दै विरोध गरेको थियो ।
अहिले २०६२ सालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको रूपमा मान्यता दिएको छ ।
प्रदेश सरकारले बहुसाङ्ख्यिक जनजातिले बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषालाई कानुनबमोजिम सरकारी कामकाजको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।
विश्व मातृभाषा दिवसको अवसरमा सबै नेपाली आदिवासी जनजातिले बोल्ने मातृभाषालाई नबिर्सी आफ्नो मातृभाषालाई प्रयोग गरौँ । मातृभाषाको संरक्षण, संवद्र्धन गरौँ र विश्वभरिका मातृभाषी समुदायले पनि आआफ्नो मातृभाषाको संरक्षण र शिक्षा प्रदान गर्नेरगराउने कुरामा ध्यान दिऊँ । विश्व मातृभाषा दिवसको अवसरमा यही शुभकामना व्यक्त गर्दछौँ ।”