• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

आलु भन्दा कुखुरा सस्ताे, बिक्री नभएपछि खाल्डाेमा पुर्दै किसान


  •   मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित
  • भीमदत्तनगर । कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा बोइलर कुखुरा पालक किसानले दश दिनमा कराडौँको नोक्सानी व्यहोरेका छन् । यहाँ दैनिक रुपमा कुखुरा पालक किसान, अण्डा उत्पादन र ह्याचरी सञ्चालक तथा दुग्ध उत्पादन किसानले कराडौँको नोक्सानी व्यहोर्नु परेको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

    Advertisement

    ‘लकडाउनको पहिलो साता साना, मझौला र ठूला बोइलर पालक किसानले करिब दश लाख कुखुरा मासुका लागि तयार गरेका थिए’, सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत हेमराज अवस्थीले भन्नुभयो, ‘कुखुराका लागि दाना, औषधिलगायत सबै प्रभावित हुँदा किसानले क्षति व्यहोर्नु प-यो ।’

    मन्त्रालयले एक साता समय लगाएर लकडाउनमा सुदूरपश्चिममा कृषि क्षेत्रमा भएको नोक्सानी पर्यवेक्षण गरेर संघीय कृषि मन्त्रालयमा समेत प्रतिवेदन पठाइसकेको छ । ‘प्रदेशभरी कुखुराका लागि दैनिक २० टन दाना चाहिन्थ्यो’, वरिष्ठ पशु विकास अधिकृत अवस्थीले रासससित भन्नुभयो, ‘शुरुमा आहार नपाउँने भएपछि ५० हजार कुखुरा खाल्डोमा पुरेर नष्टसमेत गर्ने अवस्था आयो ।’ उहाँले लकडाउन लम्बिएसँगै कुखुरा पालक किसानको नोक्सानीको दायरासमेत बढ्दै जाने बताउनुभयो ।

    त्यसैगरी सुदूरपश्चिममा अण्डा उत्पादनका लागि किसानले २० लाख लेयर्स जातको कुखुरा पालेका छन् । ‘लकडाउनले अण्डा उत्पादनसमेत बन्दभयो’, अवस्थीले भन्नुभयो, ‘अहिले दैनिक २० लाख अण्डा नष्ट हुँदैछ ।’ सुदूरपश्चिममा दैनिक दुई लाख ५० हजार अण्डा उत्पादन हुँदै आएको थियो ।

    सरकारले कुखुरा पालक किसानका लागि लकडाउनमा दाना ओसारपसारमा सहजीकरण गर्ने भने पनि किसानले सहज रुपमा दाना नपाएको समेत गुनासो गरेका छन् । ‘यहाँ ८० प्रतिशत भारतबाट कच्चा पदार्थ आएर दाना उत्पादन हुन्थ्यो ।’ उहाँले भन्नुभयो, ‘भारतबाट नआउँदा यहाँ अन्य ठाउँबाट ल्याउनेले महङ्गो र नगदमा मात्रै दाना दिने भनेपछि थप समस्या किसानमा प-यो ।‘

    उत्पादन गरिएको अण्डा दुई साताभित्र खराब भइसक्छ । सुदूरपश्चिम प्रदेशमा वार्षिक तीन हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदै आएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा कुखुरा पालक किसान रहे पनि दाना उत्पादन भने कैलाली कञ्चनपुुरमा मात्रै हुने गरेको छ ।

    सुदूरपश्चिममा प्रतिहप्ता ८० हजार चल्ला उत्पादन हुने गरेको थियो । दुग्धतर्फ पनि सुदूरपश्चिमका किसानले दैनिक रु ८० लाख बराबरको नोक्सानी व्यहोर्नु परेको कृषि मन्त्रालयले जनाएको छ । कञ्चनपुरको भीमदत्तनगरमा दाना र चल्ला बिक्री गर्दै आउनुभएका व्यापारी अर्जुन नेपालले किसानको अवस्था निकै नाजुक रहेको बताउनुभयो ।

    मङ्गलबार, चैत २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.