काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । समितिले आइतबार तीन जनाको नाम सिफारिस गरेको हो ।
सर्टलिस्टमा छनौट भएकामध्येबाट केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस भका हुन् ।
यसअघि त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस समितिले विश्वविद्यालयले माघ २६ गते १४ जना उम्मेदवारको अल्पसूची सार्वजनिक गरेको थियो।
पहिलोपटक त्रिविले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको तयारी अघि बढाएको छ।
खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको लागि त्रिविले गएको पुस २३ गते दरखास्त आह्वान गरेको थियो।
सो आह्वानअनुसार त्रिवि उपकुलपति पदका लागि ४३ जनाको आवेदन परेको थियो। ४३ आवेदकमध्येबाट १४ जनाको नाम सर्टलिस्टमा परेको हो।
कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भेजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा सर्टलिस्टमा परेका थिए।