• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अनिल र भीमको शतकमा क्यानडालाई नेपालको क्लिन स्विप, हेमन्तको तीन विकेट


  •   सोमबार, माघ २९, २०८० मा प्रकाशित
  • काठमाडौं । दुई ब्याटरले शतक पूरा गरेपछि नेपालले सोमवार क्यानडासँगको तेस्रो एकदिवसीयमा ९ विकेटको रबाफिलो जितसँगै तीन खेलको श्रृंखला क्लिन स्विप गरेको छ ।

    Advertisement

    कीर्तिपुरमा ओपनर अनिल साहले ११२ रन र भीम सार्कीले १०१ रनको शतकीय इनिङ खेले । अनिल र भीमको शतकीय प्रेरणामा त्रिवी क्रिकेट मैदानमा क्यानडाले दिएको दुई सय ३३ रनको मध्यम लक्ष्य नेपालले मात्र एक विकेट गुमाएर ४४.३ ओभरमा नै पूरा गर्यो । अनिल र भीमले नेपालका लागि दुई कीर्तिमान पनि बनाए । यी दुईले नेपालको तर्फबाट दोस्रो विकेट र कुनैपनि विकेटका लागि अहिलेसम्मकै ठूलो (१८९ रन) साझेदारी गरे । यसअघि दोस्रो विकेटका लागि एक सय ३९ रन र कुनैपनि विकेटका लागि १७१ रनको कीर्तिमान साझेदारी थियो ।

    यसअघि ओपनरद्वय आसिफ सेख र कुशल भुर्तेलले जिम्बाब्बेमा गत जुन (विश्वकप छनोट) मा पहिलो विकेटका लागि एक सय ७१ रनको कीर्तिमानी साझेदारी बनाएका थिए । यो नै नेपालको कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो । जुन सोमवार भीम र अनिलले तोडे । दोस्रो विकेटका लागि भने ज्ञानेन्द्र मल्ल र आसिफले एक सय ३९ रनको कीर्तिमान साझेदारी गरेका थिए । अनिल र भीमले सोमवार नेपालका दुवै कीर्तिमान सुधार गरे । अनिलले १२४ बलमा १२ चौका र दुई छक्का प्रहार गरे ।

    भीमले १२९ बलमा ११ चौका र एक छक्का हिर्काए । पहिलोपटक नेपालका लागि दुई ब्याटरले शतक बनाएका हुन् । त्यसअघि आक्रामक शुरुवात गरेको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमायो । डिलन हेलिगरले कुशललाई बोल्ड गर्दै पहिलो विकेट दिलाए । ४.५ ओभरमा नेपाल ४५-१ को अवस्थामा थियो । त्यसपछि अर्का ओपनर अनिल र भीमले अविजित साझेदारी गर्दै ३३ बल अगावै जित सुरक्षित गराए । अनिल म्यान अफ दी म्याचसमेत भए ।

    क्यानडाका बलरले कुनैपनि समय नेपाली ब्याटरमाथि दबाब बनाउन सकेनन् र सहजै तेस्रो खेल गुमाउन पुग्यो । साहिद अहमदजाई, कप्तान साद र निखिल दत्तबाहेक अन्य बलर महँगा बने । नेपालका कप्तान रोहितकुमार पौडेल प्लेयर अफ दी सिरिज भए । त्यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभर खेल्दै दुई सय ३३ रनको मध्यम लक्ष्य प्रश्तुत ग¥यो । नेपालले शुरुदेखि नै कसिलो बलिङ गर्दै खुलेर ब्याटिङ गर्न दिएन । ओपनर नवनित धलिवालको ५० रन नै क्यानडाको सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।

    तेस्रो ओभरमा नै ओपनर आरोन जोनसनलाई ४ रनमै गुमाउँदा पाहुना टोलीको शुरुवात राम्रो हुन सकेन । डेब्युटेन्ट हेमन्त धामीले आरोनलाई डेभ खनालद्वारा क्याच गराए । तर अर्का ओपनर धलिवालले दोस्रो विकेटका लागि श्रीमान्थ विजयारत्नेसँग ४८ रनको साझेदारी गर्दै इनिङ उकासे । अर्का युवा बलर आकाश चन्दले श्रीमान्थलाई २२ रनमा पभेलियन फर्काए । लगत्तै निकोलस किर्तन ३ रनमै आउट भए र क्यानडा दबाबमा प¥यो । उनी अलराउण्ड कुशल मल्लले आउट गरे । धलिवालले चौथो विकेटका लागि हर्ष ठाकरेसँग २७ रनको साझेदारी गराए ।

    यो साझेदारीपछि क्यानडाले २७ औं ओभरमा सय रनको आँकडा पार ग¥यो । तर यसै ओभरमा ललितनारायण राजवंशीले धलिवाललाई आकाशद्वारा आउट गर्दै क्यानडालाई ठूलो झड्का दिए । धलिवालले ८२ बलमा पाँच चौका प्रहार गरे । त्यसपछि हर्ष र मध्य क्रमका निखिल दत्तबीच साझेदारी बन्यो । यो जोडीले पाँचौं विकेटका लागि ३१ रनको साझेदारी गरे । तर, कुशलले नै हर्षलाई २९ रनमा आउट गरे । दत्तले एक छेउबाट समाले र छैटौं विकेटका लागि श्रेयस मोभ्भसँग ५४ रनको साझेदारी गरे । तर डेब्युटेन्ट हेमन्तले मोभ्भालाई २९ रनमा आउट गर्दै व्यक्तिगत दोस्रो विकेट लिए ।

    त्यसपछि सातौं विकेटका लागि दत्त र कप्तान साद बिन जफरबीच २७ रनको साझेदारी बन्यो । ४८औं ओभरमा दत्त ४५ रनमा रनआउट भए । उनले ६२ बलमा दुई चौका र एक छक्का प्रहार गरे । कप्तान साद ३१ रनमा नटआउट रहे र क्यानडाले सम्मानजनक योगफल बनायो । नेपालको बलिङमा डेब्युटेन्ट हेमन्तले तीन विकेट लिँदा कुशलले दुई तथा ललितनारायण र आकाशले समान एक विकेट निकाल्दै क्यानडालाई मध्यम योगफलमा रोके । जुन योगफल नेपालले ४५ औं ओभरमा नै पूरा ग¥यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ च्याम्पियन नेपाललाई ट्रफी प्रदान गरे ।

    सोमबार, माघ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.