जगदीश ढकाल, कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा अखिल नेपाल महिला सङ्घको नगर भेला सम्पन्न भएको छ ।
महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णकला भण्डारीको प्रमुख आतिथ्यमा २०८० माघ २७ गते शनिबार उक्त भेला सम्पन्न भएको हो ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसीराम सापकोटाको विशिष्ट आतिथ्य रहेको उक्त भेलामा राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सदस्य भीमप्रसाद देवकोटा र राजमो कोहलपुरका अधयक्ष तिलक पौडेलको पनि आतिथ्य रहेको थियो ।
भेलाको सञ्चालन लीला भट्टराईले, अध्यक्षता द्रौपदा पाण्डेले र स्वागत मन्तव्य ज्ञानुमाया रानाले गर्नुभएको थियो ।
अध्यक्षमा पाण्डे
भेलाले द्रौपदा पाण्डे अध्यक्ष रहनुभएको महिला सङ्घको नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा तारा शाही, सचिवमा लीला भट्टराई, कोषाध्यक्षमा राधा लामिछाने तथा सदस्यहरूमा पार्वती कार्की, ज्ञानुमाया राना र लक्ष्मी पौडेल रहनुभएको छ ।
समितिमा वैकल्पिक सदस्यको दुई स्थान रिक्तm राखिएको छ ।