• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

भारतमा अलपत्र परेका नेपालीको व्यवस्थापनबारे मूल प्रवाहका ६ सुझाव


  •   आइतबार, चैत २३, २०७६ मा प्रकाशित
  • नयाँ दिल्ली । मूल प्रवाह अखिलल भारत नेपाली एकता समाजले भारतमा लकडाउनको अवस्थापछि हजारौं नेपाली मजदुर संकटमा परेको भन्दै चिन्ता जाहेर गरेको छ । ठुलो संख्यामा नेपाली नागरिक समस्यामा परिरहँदासमेत नेपाल र भारत सरकारले वेवास्ता गरेको भन्दै मूलप्रवाहले दुवै देशका सरकारप्रति निन्दा गरेको छ ।

    Advertisement

    अध्यक्ष दुर्गाबहादुर केसीले आइतबार एक विज्ञप्ति प्रकासित गरी देशको सीमासम्म पुगेर पनि नेपालीहरु घर जान नपाएका र भारतीय पक्षले उचित व्यवस्थापन नगरेको भन्दै उनीहरुको तत्काल उचित व्यवस्गथपान गर्नसमेत माग गर्नुभएको छ ।
    भारतका विभिन्न स्थामा रहेका तथा सीमानामा अलपत्र परेका नेपालीहरुको उचित खानपान, बस्ने व्यवस्था र उपचारका लागि मूलप्रवाहले दुवै देशका सरकारसँग ६ बुँदे मागसमेत प्रस्तुत गरेको छ ।

    यस्तो छ, विज्ञप्ति
    ‘यतिवेला विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरसको समस्याले विश्वका सम्पूर्ण मानव जातिलाई अत्यन्तै त्रशित र भयभित बनाएको अवस्था छ । यो परिवेशमा रोजगारका लागि भारतका विभिन्न शहरहरुमा छरिएर रहेका नेपाली श्रमजिवीहरु आफ्नो देशमा फर्कन चाहिरहेका छन् । कैयौंले ८ सय किलोमिटर भन्दा पनि धेरै लामो यात्रा तय गरेरै भए पनि आफ्नो प्यारो मातृभूमिको सीमाहरूसम्म पुगेका छन् । तर यसरी सीमासम्म पुगेका नेपालीहरूले ठूलो सङ्ख्यामा कष्ट उठाउनु परिरहेको छ ।

    सीमानासम्म पुगेर पनि अलपत्र परेका ती नेपालीहरूको अवस्थालाई लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गम्भीर रूपमा लिएको छ र त्यसबारे चिन्ता प्रकट गर्दछ । हामीले पहिलेदेखि नै उक्त समस्यालाई समाधान गर्नुपर्ने आवश्यकताप्रति जोड दिंदै आएका छौँ । तर त्यो समस्याको अहिलेसम्म नेपाल तथा भारत सरकारले सही समाधान गर्न नसकेको कुराप्रति घोर निन्दा प्रकट गर्दछौं ।

    हामीले आफ्नो देशबाट टाढा प्रवासी जीवन विताउन वाध्य नेपालीहरूको स्थिति झन् भयावह छ । प्रायः नेपालीहरू ढावा, रेस्टुरेन्ट, होस्टल, पिजी, कान्टीन जस्तै असंगठित क्षेत्रमा कार्यरत भएको हुँदा लकडाउनको अवधीमा ति बन्द भएकोले आर्थिकको अभावले गास÷बासको समेत समस्या भोग्नु परेको कुरा पहिले नै स्पष्ट गरिसकेका छौँ ।

    यो अवस्थामा नेपालीहरु बेखर्ची भई स्थिति भयावह बन्दै गइरहेकाले नेपाल सरकार एवं भारत सरकारको यस विषयमा ध्यानार्षण गराउँदै समाधानको उचिल पहलका लागि अनुरोध गर्दै आएका छौं, पुनः यस विषयमा दुबै देशका सरकारहरु समक्ष उचित समाधानको लागि ध्यानाकर्षण गराउँछौं ।

    लकडाउनले भारतका कैयौं कलकारखाना, होटल, रेस्टुरेन्ट बजार आदि व्यावसायीक स्थलहरु बन्द भएका छन् । जसले त्यहाँ कार्यरत कर्मचारी एवं दैनिक वेतन भोगी मजदुरहरुको जिवीकोर्पाजनमा समस्या पैदा भएको छ । यसले गर्दा एकातिर बेरोजगारी छ भने, अर्को तिर खान–बस्नको समेत समस्या उत्पन्न भएको छ । साधन श्रोत विहीन नेपाली श्रमजीवीहरुको अवस्था अत्यन्तै दयनीय बन्दै गइरहेको छ ।

    यसले गर्दा श्रमजिवीहरु कार्यस्थलबाट आफ्नो गाँउ तर्फ पलायन गरिरहेका छन् । स–साना बालबच्चा सहित सयौं किलो मिटर पैदल हिंड्दै आ–आफ्ना गाउँ तिर जाने होड नै मचिएको छ । यस्तो समस्याहरुबाट केही असामाजिक तत्वहरुले व्यक्तिगत फाइदा उठाउने कोशिस पनि गरिहेका छन् ।

    केही दिन पहिला दिल्लीबाट सञ्चालित कुनै एउटा ट्रावल्सले बुटवल पु-याउने भनि अत्याधिक भाडा लिएर करिब १०५ जनालाई एउटै बसमा लोड गरेर दिल्लीबाट बुटवलका लागि हिंडालेको तर सुनौली बोर्डरमा लगेर छाडेको घटना अगाडि आएको छ । त्यसरी लगिएको मानिसहरु करिब २ दिनसम्म सुनौली बोर्डरको १० गजामा भोकै प्यासै बाच्न बाध्य भएको घटनाप्रति हामीले दुःख व्यक्त गर्नुका साथै त्यसप्रकारको गतिविधिमा समलग्न ट्रावल्सलाई आवश्यक कानुनी कारवाही गरिनु पर्ने दुबै देशका प्रशासनहरुसँग माग गर्दछौं ।

    अहिले भारतका विभिन्न सीमामा करिब एक हजार नेपालीहरू आएर अलपत्र परेका समाचारहरु विभिन्न माध्यमहरुबाट बाहिर आएका छन् । १० गजामा आएर यसी अलपत्र परेकाहरूका लागि आवश्यकतानुसार खानपिन, उपचार, उनीहरूसित मानवीय व्यवहार गर्न हामी दुबै देशका सरकारहरु समक्ष माग गर्दछौं । उनीहरूलाई नेपालमा ल्याएर आवश्यकता अनुसार क्बारेन्टाइनमा राख्ने व्यवस्था गर्नका लागि हामी नेपाल सरकारसित माग गर्दछौँ ।

    नेपाल र भारतका सरकारहरू वा विभिन्न स्तरका पदाधिकारीहरूका बीचमा दुवै देशहरूका एक–अर्का देशहरूमा बसेका नागरिकहरूलाई जो जहाँ छ त्यहीँ आवश्यक व्यवस्था गर्ने पनि समझदारी भएको छ । त्यो समझदारी विश्वस्वास्थ्य सङ्गठनको प्रोटकल अनुसार नै छ ।

    तर यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षित भएको छ कि भारती पक्षबाट त्यो प्रोटकल वा समझदारीलाई इमान्दारितापूर्वक पालन भइरहेको छैन । त्यसले भारतमा बसोबास गरेका नेपालीहरूको जो जहाँ छन् त्यहीं नै उनीहरूलाई आवश्यक व्यवस्था गर्नेभन्दा उनीहरूलाई नेपालको सीमामा पठाउने काम नै बढी गर्ने गरेको छ ।

    अहिले नेपालका सीमामा देखिएको समस्या भारतको त्यसप्रकारको गैरजिम्मेवार नीतिको पनि परिणाम हो । भारतभरमा रहेका नेपालीहरूलाई समूचित व्यवस्था गर्न नेपाल सरकारले भारत सरकारसँग गम्भीर प्रकारले वार्ता गर्न समेत आग्रह गर्दछौं ।

    वैश्विक महामारी कोरोना भाइरसले संसार भरी नै मानव जीवनलाई नै संकटमा पु¥याएको यो परिवेशमा पनि कतिपय व्यक्तिहरुले आफ्नो राजनीति स्वार्थ लिने र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको छविलाई धुमिल बनाउने कोशिस गरेको पाइएको छ । त्यस प्रकारको गतिविधिबाट हाम्रा सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक एवं शुभचिन्तकहरु सहजग र होशियार रहन अनुरोध गर्दछौं । साथै संकटको यो घडीमा सबै नेपाली दाजुभाई दिदी बहिनीहरूसँग धैर्यतापूर्वक यथास्थानमा रहन अनुरोध गर्दछौं ।

    वास्तवमा अहिलेको सङ्कटको घडीमा विश्व भरि छरिएका नेपालीहरूको समस्याप्रति ध्यान दिनु नेपाल तथा भारत दुबै देशका सरकारहरुको दायित्व हुन्छ र त्यो दायित्वलाई गम्भीरतापूर्वक निर्वाह गर्न हामीले नेपाल सरकारसित जोडदार माग गर्दछौँ ।

    १. नेपाल–भारत सीमानामा आएर अलपत्र परेकाहरूका लागि आवश्यकतानुसार खानपिन, उपचार, उनीहरूसित मानवीय व्यवहार गर्न हामी दुबै देशका सरकारहरु समक्ष माग गर्दछौं ।

    २. विश्वस्वास्थ्य सङ्गठनको प्रोटकल अनुसार नेपाल र भारतका सरकारहरू वा विभिन्न स्तरका पदाधिकारीहरूका बीचमा भएको समmदारीलाई कडाईपूर्व र इमान्दारीपूर्वक दुवै देशहरूद्वारा कार्यान्वयन गर्न माग गर्दछौं ।

    ३. भारतका विभिन्न स्थानबाट सीमासम्म पुगी समस्या भोगिरहेका नेपालीहरुलाई स्वास्थ्य परिक्षण गरि स्वदेश मैं आवश्यकता अनुसारको व्यवस्थापन गरियोस् ।

    ४. भारतका अधिकांस स्थानहरुमा ढावा, रेस्टुरेन्ट, होस्टल, पिजी, कान्टीन जस्ता असंगठित क्षेत्रमा कार्यरत नेपाली मजदुरहरुलाई खान, बस्नको व्यवस्था गरियोस् ।

    ५. यो महामारीको फैलिएको कोरोना संक्रमणको समस्याले भारतका विभिन्न स्थानहरुमा दैनिक ज्यालादारीमा कार्यरत नेपाली श्रमिकहरु आफ्नो स्वास्थ्य समस्यालाई लिए अत्यन्तै भयभित छन्, तत्काल उनीहरुलाई भयमुक्त हुने बाताबरण तयार गरियोस् ।

    ६. यो लकडाउनको परिवेशमा नेपाली श्रमजिवीहरु धमाधम आफ्नो मातृभूमि फर्किन चाहिरहेका छन्, विश्वस्वास्थ्य सङ्गठनको प्रोटकल अनुसार उनीहरुलाई जहाँ छन् त्यहीँ आवश्यक व्यवस्था गरियोस् ।’

    आइतबार, चैत २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने
    मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती मनाइँदै
    राजपुरामा मूल प्रवाहद्वारा रसुवाबाढीका मृतकप्रति श्रद्धाञ्जली
    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुँदै
    बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन
    उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.