काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सको आफ्नो अन्तिम खेलमा भारतसँग पराजित हुँदै नेपाली युवा टोलीले विश्वकप यात्रा टुङ्ग्याएको छ।
Advertisement
यू१९ विश्वकपमा नेपाल लगातार तेस्रो पटक भारतसँग पराजित भएको हो। यसअघि सन् २००० मा भएको पहिलो भेटमा नेपाल नेपाल ८ विकेटले पराजित भएको थियो। त्यस्तै सन् २०१६ मा भएको दोस्रो भेटमा नेपाल ७ विकेटले पराजित भएको थियो।
शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपाल भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित हुँदै विश्वकप यात्रा सकाएको हो।
नेपालमाथिको जितसँगै भारतिय युवा टोली भने समुह ए को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ।