• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बाह्र वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • भीमदत्तनगर । खेलाडी उत्पादनको उर्वर भूमि मानिने कञ्चनपुरमा १२ वर्षपछि राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता भएको छ । यहाँ हाल तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता चलिरहेको छ ।

    Advertisement

    भलिबल, क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, कबड्डी, फुटबल, बक्सिङलगायत खेलका खेलाडी उत्पादनको थलोका रूपमा रहेको कञ्चनपुरमा यसअघि खेलकुद गतिविधि सुनसान जस्तै बनेको थियो ।

    विसं २०६८ मा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताका केही खेल कञ्चनपुरमा तथा बाँकी खेल कैलाली र डडेलधुरामा खेलाइएका थिए । त्यसयता कञ्चनपुरमा राष्ट्रिय प्रतियोगिता हुन नसकेको ओलम्पियन एवम् बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले बताए ।

    ‘छैटौँ राष्ट्रिय खेलकुदपछि यहाँ कुनै प्रतियोगिता भएनन्, कारण खेलाडी र खेलप्रेमी निराश थिए’ उनले भने ।

    भट्टले भन्नुभयो– ‘१२ वर्षपछि महेन्द्रनगरस्थित खुलामञ्चमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता भएपछि यहाँको खेलजगत् निकै उत्साही छ ।’

    उहाँले महेन्द्रनगरमा भइरहेको राष्ट्रिय भलिबल प्रतियोगितामा दर्शकको उत्साहले खेलाडीलाई हौसला प्रदान गरेको बताउनुभयो ।

    ‘कञ्चनपुरमा खेलकुदको इतिहास हेर्ने हो भने हरेक खेलका खेलाडी यहीँबाट उत्पादन भएका छन्’ उहाँले भन्नुभयो– ‘कञ्चनपुरकै उत्पादन दीपेन्द्रसिंह ऐरीले क्रिकेटमा विश्व कीर्तिमान बनाउन सफल भएका छन ।’

    सातओटा प्रदेश र तीनओटा विभागीय टोली गरी दशओटा टोलीको सहभागिता रहेको तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता उत्साहपूर्ण छ । प्रतियोगितास्थल खुलामञ्चमा दर्शकले भरिभराउ छ । एक दशक लामो समयपछि यहाँ राष्ट्रिय प्रतियोगिता भएपछि यहाँको खेलजगत् निकै उत्साहित बनेको राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बताउनुभयो ।

    ‘पछिल्लो दुई दशकयता सुदूरपश्चिमबाट राम्रो खेलाडी उत्पादन भइरहेका छन्’ उहाँले भन्नुभयो– ‘यस्ता प्रतियोगिताले खेलाडीको क्षमता निखार्न मदत गर्छ ।’

    यही भूमिको प्रशिक्षणमा उत्पादन भएका धेरै खेलाडी अहिले नेपाली सेना तथा नेपाल प्रहरीको विभागीय टोलीबाट खेल यात्रामा सक्रिय छन् ।

    नेपाली क्रिकेटमा परिचित खेलाडी विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, ललित भण्डारी, चन्द्र साउद, दिलीप नाथ, सञ्जीव जोरा, भीम सार्की, शेर मल्ल, लोकेश बम र धीरेन्द्र चन्द सुदूरपश्चिमले नै उत्पादन गरेका खेलाडी हुन् ।

    यहाँ खेलाडीको उर्वर भूमि भए पनि प्रशिक्षक अभाव र पूर्वाधार विकास हुन नसक्नु यहाँका स्थानीय बताउँछन ।

    ‘भलिबल होस् या क्रिकेट होस्, राष्ट्रिय टोली र विभागीय टोलीमा सुदूरपश्चिमकै खेलाडी छन्’ यहाँका स्थानीय नरेश जोशीले भन्नुभयो– ‘यहाँ खेलका पूर्वाधार निर्माण र राम्रो प्रशिक्षण भए अझै उत्कृट खेलाडी उत्पादन हुन आउन सक्छन् ।’ (रासस)

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.