• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रादेशिक अस्पतालमा रगत नि:शुल्क


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • धुलिखेल । नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट प्रादेशिक अस्पतालले भर्ना भएका बिरामीलाई आवश्यक पर्ने रगत नि:शुल्क रूपमा उपलब्ध गराउन ब्लड बैङ्कको सुरुआत गरेको छ ।

    Advertisement

    नगरपालिकाका प्रमुख कुन्साङ लामाले २०८० माघ १८ गते बिहीबार एक कार्यक्रमका बिच ब्लड बैङ्कको शुभारम्भ गर्नुभएको हो ।

    अस्पतालले ब्लड बैङ्कका लागि आवश्यक पूर्वाधार व्यवस्थापन नभएका कारण करिब एक वर्ष ढिला भएको जनाएको छ । चालु आर्थिक वर्षको छ महिनापछि बिहीबारदेखि अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत नि:शुल्क उपलब्ध गराइने भएको हो ।

    बागमती प्रदेश सरकारले २०७९ चैतमा तयार गरेको कार्यविधिअनुसार जिल्ला स्वास्थ्य कार्यालयले मेथिनकोट अस्पतालमा भर्ना भएका बिरामीका लागि आवश्यक पर्ने रगत नि:शुल्क उपलब्ध गराउन सम्झौता गरेअनुसार ब्लड बैङ्कको स्थापना गरिएको जनाइएको छ ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालका अनुसार ब्लड बैङ्क सञ्चालनसँगै आकस्मिक रूपमा दुर्घटना भएका बिरामीका लागि तथा अन्य अवस्थामा बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ । ब्लड बैङ्कको स्थापनापछि सबै प्रकारका रोगको रगत परीक्षण तथा अन्य सेवा उपलब्धसमेत गराउने उद्देश्य रहेको जनाइएको छ ।

    त्यस्तै अस्पतालमा ओपिडी, आकस्मिक तथा शल्यक्रियासहितको सेवा सुरु भइसकेको छ । मिर्गौला रोगीका लागि डायलासिस सेवालाई पनि निरन्तरता दिइएको छ । विसं २०६६ मा स्थापित अस्पतालमा हाल दैनिक एक सयभन्दा धेरै बिरामीलाई सेवा दिने गरिएको छ । अस्पतालले आगामी फागुन ५ गते आफ्नो स्थापनाको अवसरमा सिटिस्क्यान सेवा सुरु गर्ने योजना बनाएको छ ।

    अस्पतालमा ब्लड ब्याग र रक्त परीक्षणका लागि आवश्यक शुल्क जिल्ला स्वास्थ्य कार्यालयले रेडक्रस काभ्रेपलाञ्चोकको ब्लड बैङ्कमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । कार्यालयले यसै अवसरमा जिल्लास्थित रेडक्रसको ब्लड बैङ्कमा पनि उक्त सुविधा उपलब्ध गराउने जनाएको छ ।

    अस्पतालले सघन कक्ष (आइसियु) र नवजात शिशुको सघन कक्ष (एनआइसियु) सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ ।

    प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीयमा स्तरोन्नति गराइएको उक्त अस्पताल १५ बाट ५० श्ययामा व्यवस्थित गरिएको छ ।

    अस्पतालमा हाल हृदयाघातका बिरामीका लागि पहिलो चरणको खोप नि:शुल्क उपलब्ध गराइँदै आएको छ भने मानसिक रोगको उपचार, हाडजोर्नी, बालरोग विशेषज्ञ तथा सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि नि:शुल्करूपमा उपलब्ध गराउँदै आएको छ । (रासस)

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.