• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

‘नरुनू आमा’ गीतको समीक्षात्मक टिप्पणी


  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
  • थुमराज ढुङ्गाना ‘सरगम’
    जनताका आधारभूत आवस्यकताहरू न्युनतम रुपमा पनि पूरा हुन नसकेको अवस्था र समाजमा वर्गीय विभेद कायम रहिरहेको अवस्थामा उपेक्षित वर्गहरूले न्यायको लागि आवाज बुलन्द गर्नु स्वाभाविकै हो तर त्यसको लागि जनता सचेत हुनै पर्छ । जबसम्म जनता सचेत हुँदैनन् तबसम्म जनताले आफ्नो हक–अधिकार प्राप्त गर्न सक्दैनन् ।

    देशमा प्रजातन्त्र प्राप्तिका लागि सङ्घर्षरत र प्रजातन्त्र प्राप्ति पश्चातको सुरुका दिनहरूसम्म त्यस्ता अभियान्ताहरू जनताकाबीचमा निकै लोकप्रिय र सम्मानित हुन्थे तर सायद प्रजातन्त्र वा गणतन्त्रको अत्यन्तै दुरुपयोग भएका कारण ती अभियान्ताप्रति पनि सम्मानभाव घट्दै गइरहेको छ ।

    Advertisement

    देश समाज र जनताका लागि निस्वार्थरुपमा काम गर्ने व्यक्तिहरूलाई पनि नचिन्नु ज्यादै दुःखद पक्ष हो । यस्तो हुनुमा देश र जनताको पक्षमा राजनीति गर्ने व्यक्तिहरू नितान्त व्यक्तिगत स्वार्थमा लाग्नाले र राजनीतिलाई सेवाका रुपमा नभएर पेसाका रुपमा लिनुले गर्दा हो । यहीकारणले वर्तमान समयमा अधिकांश राजनीतिज्ञलाई जनताले घृणित दृष्टिकोणले हेर्ने गर्छन् ।

    यस्तो खराब राजनीति र खराब चिन्तनका कारण मानिसहरूमा सामाजिक भावना हराउँदै गएको छ । देश र जनताका लागि निस्वार्थ  भएर काम गर्ने नेताहरू पनि कम हुनु र जनतामा पनि समाजिकभावना हराउँदै जानुले शोषक वर्गले शोषित वर्गलाई झन् शोषण गर्ने वातावरण बनिरहेको छ । एकातिर देशमा मनोरञ्जनका नाममा छाडा सँस्कृतिको बिगबिगी छ भने तमाम मानिसहरू छाडा सँस्कृतिको शिकार बनिरहेका छन् ।

    छाडा गीतहरूले व्यवसायिक रुप लिएकाले प्रायः सबै कलाकारहरूले यसैलाई व्यवसायिक रुपमा लिएका छन् । तर यस्ता छाडा गीतहरूले समाजमा विसङ्गति तथा विकृति फैलाइरहेका हुन्छन् । जनता त्यसैको शिकार बनिरहेका हुन्छन् भने छाडा गीतहरुको शिकार बनेका जनता चेतनशील हुँदैनन् । त्यस्ता मानिस शोषकहरूको शोषणमा परेका हुन्छन् ।

    रक्तिम सांस्कृतिक अभियान जिल्ला समिति रौतहटले देश र जनताको स्थिति परिवर्तनका लागि क्रान्ति आवस्यक परेकाले जनता सचेत गराउँदै क्रान्तिमा कफन बाँधेर होमिने योद्धाले आफ्नो आमालाई रोएर बाटो नछेक्न अनुरोध गरेको अत्यन्तै मार्मिक गीत प्रकाशनमा ल्याएको छ ।

    ‘नरुनु आमा’ शीर्षकको गीतका विषयमा केही दृष्टिकोण प्रस्तुत गर्न आवस्यकता देखिएकाले केही विचारहरू प्रस्तुत गरिएको छ ।

    माया प्रेमका छाडा गीतले व्यवसायिक रुप लिएको अवस्थामा यस्ता गीतको साहारा लिएको भए वर्तमानमा जनवादी कलाकारहरूले पनि आफू राम्रै तरिकाले बाँच्ने आधार लिन सक्थे तर आफूमा कलााकारिताको व्यवसायिक क्षमता हुँदाहुँदै पनि जनवादी कलाको क्षेत्र रोज्नुका कारणले यस्ता कलाकारहरू सम्मानित र लोकप्रिय कलाकार भएर बाँच्ने अवस्था छैन ।

    बरु यसको ठीक उल्टो नेपालमा जनवादी कलाकारहरू चर्चाको विषय बन्न सकेका छैनन् । यहाँ माया प्रेमका छाडा गीत प्रकाशन गर्ने कलाकारहरू सम्मानित छन् तर जनवादी सर्जकहरूलाई देश र जनताले चिन्न सकेका छैनन् । तर पनि जनवादी कलाकारहरू हिम्मत नहारेर जनतालाई सचेत बनाउने महान अभियानमा लागेकै छन् । यस्तै आफूमा कलाकारिताको क्षमताको विकास गरेका निस्वार्थी युवा जनवादी गायक तथा कलाकार हेमराज आश्रमले मीठो स्वरमा उक्तगीतको भावलाई न्याय हुने गरी गीत गाउनु भएको छ ।

    • रक्तिम सांस्कृतिक अभियान रौतहटले ल्यायो ‘नरुनू आमा’ (भिडिओ)

    उहाँका हालसम्म करिब पाँच दर्जन जति जनवादी गीतहरू स्वयम् आफैले सिर्जना गरेका म्युजिक एरेञ्ज गरेकाअत्यन्तै मार्मिक मर्मस्पर्शी गीतहरु प्रकाशन भइसकेका छन् । मीठो स्वरमा सजिएको उक्त गीतको सङ्गीत तथा एरेञ्ज पनि स्वयम् हेमराज आश्रमले नै गर्नु भएको हो । उक्त गीतको शब्द रचना भने दीप गोले तामाङले गर्नु भएको हो । गीतको उत्पादक आश्रम म्युजिक प्रालि हो भने मुर्चुङ्गा डिजिटल स्टुडियो अनामनगरमा रेकर्ड गरिएको र कुशलतरिकाले सञ्जय श्रीपालले ध्वनि सम्पादनगर्नु भएको हो ।

    गीतको स्थायी :
    नरुनु आमा बलेनी सरी आँसुको धारा बगाई 
    क्रान्तिको बाटो हिँड्दै छु आमा अदम्य जोसले हरेस नखाई

    देश र जनताको पक्षमा निस्वार्थ रुपमा आन्दोलन वा क्रान्तिमा लाग्नु साहसिक कदमहो । क्रान्तिमा लागेका योद्धाहरूको व्यक्तिगत सम्पत्ति पनि सकिँदै जान्छ । जहान परिवारले समेत दुःख पाउँछन् । क्रान्तिमा हिंडेका व्यक्तिहरूलाई परिवारका सदस्यहरुले समेत नहिँड्न दबाब दिन्छन् । तर पनि देश र जनताको मुहार फेर्न हिँडेका व्यक्तिहरु कसैको दबाबलाई स्वीकार गर्दैनन् । बरु सम्झाएर हिँड्छन् । हिँड्ने बेलामा आमा लगाएत परिवारका सदस्यहरु रोएर बाटो छेक्छन् ।

    आफ्नो व्यक्तिगत समस्या, पारिवारिक समस्यालाई टाढै राखेर निडर बनी क्रान्तिमा लाग्नु पर्छ भनी गीतले सन्देश दिन खोजेको छ । वर्तमान समयमा मानवीय आवस्यकता दिनप्रतिदिन बढिरहेको छ । नेपालमा खराव राजनीति काकारण उद्योग कलकारखाना शून्यताको स्थितिमा छन् । शिक्षा व्यवहारिक, प्राविधिक तथा व्यवसायिक नभएर सिद्धान्त मामात्रै आधारित छ । सोही कारणले बेरोजगारी र गरिबीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।

    यस्तो बिकराल स्थितिका विरुद्ध सङ्घर्ष नगरेर युवाशक्ति वैदेशिक रोजगारका लागि विदेश पलायन भइरहेका छन् । एकातिर मनोरञ्जनका नाममा छाडा गीतहरुले देशका जनताहरु खाइरहेको छ । मुठ्ठीभरका पूँजिपतिहरुसँग अर्थतन्त्र केन्द्रित हुँदैछ । सर्वहाराहरुको सङ्ख्या बढ्दै छ । सर्वहारा तथा शोषित वर्गहरुलाई सचेत गराउँदै शोषितलाई न्याय दिलाउन क्रान्तिको दिशामा तमाम युवावर्गहरू लाग्नु पर्छ ।

    पहिलो अन्तरा :
    हिँडेको छु म कफनबाँधी जङ्गल झाडी लडाईंको बाटोमा
    न्यायको निम्ति लड्दै छु आमा यो आफ्नै धर्ती माटोमा

    वर्तमान समयमा युवावर्ग विदेश पलायन भइरहेको अवस्थामा सचेत व्यक्तिहरु आफ्नै देशको माटोमा तमाम शोषित वर्गलाई न्याय दिलाउन टाउकोमा कफनबाँधेर हिड्नु पर्ने आवस्यकता छ । वृद्ध बाबा आमा तथा परिवारका सदस्यहरूलाई सम्झाउँदै तथा सचेत बनाउँदै निस्वार्थ तरिकाले देश र जनताकै खाँतिर लड्नु पर्ने आवस्यकताको बोध गीतले गराएको छ ।

    दोश्रो तथा अन्तिम अन्तरा :
    बिउँझाउँदै छु म उठाउँदै छ म सुतेका जनता सारालाई 
    गरिबको राज्य ल्याउनलाई आमा जीवन समर्पण सर्वहारालाई 

    राजनीतिप्रति घृणाको भावना जागेर अहिलेका जनताहरूले राजनीति गर्नु हुँदैन भन्ने मानसिकता लिएका छन् । अर्कोतिर साहित्य तथा नेपाली बजारका गीतहरू पनि अत्यन्तै छाडा प्रकृतिका छन् । यस्ता साहित्य तथा गीतहरु हेरेर र सुनेर जीवनको महत्वपूर्ण समय खर्च गरिरहेका छन् । अध्ययन तथा पठन संस्कृति समाप्त भएको छ । व्यक्तिले गर्नु पर्ने महत्वपूर्ण कामहरूसमेत नराम्रोसँग प्रभावित भएका छन् । जनतामा सामाजिक भावना पनि पूरै समाप्त हुँदै गएको छ ।

    अब यस्तो स्थितिले जनताहरु सचेत हुने कुरै हुँदैन, यस्ता असचेत मानिसहरुलाई पुँजिपतिवर्गले सजिलै शोषण गर्छन् । सचेत राजनीतिज्ञहरूले यस्ता असचेत जनताहरुलाई सचेत बनाउने र आफ्नो हकअधिकार आँफै प्राप्त गर्ने वातावरण सिर्जना गर्नु पर्छ । जनता सचेत नभएसम्म जनताकै लागि सङ्घर्ष गरेर गरिबको राज्य ल्याउँछु भन्नु दिवास्वप्न मात्रै हुने छ । गरिबको राज्य ल्याउनलाई अन्धकारमा सुतेका जनतालाई बिउँझाउने कुरा गीतले प्राथमिकताकासाथ उठाएको छ ।

    विश्व अहिले पुँजीवादतर्फ उन्मुख भएको छ । पुँजीवादी समाजमा पुँजिपतिवर्ग र सर्वहारा गरी दुई वर्ग हुन्छन् । पुँजिपतिहरुको कसरी हुन्छ पूजी सङ्कलन गर्ने मात्रै ध्यान हुन्छ । पुँजिपतिहरू तुलनात्मक रुपमा थोरै र कमजोर हुन्छन् र सर्वहारा तथा शोषित वर्ग धेरै र शक्तिशाली हुन्छन् । शोषितहरुसँग भएको पुँजीविस्तारै पुँजीपतिवर्गले आफ्नो बनाउँदै लैजान्छन् ।

    अन्ततः शोषित वर्गहरु विस्तारै सर्वहारामा परिणत हुन्छन् । यो पुँजीवादी व्यवस्थामा पुँजीपतिवर्ग र श्रमिक मजदुर किसान तथा सर्वहारा वर्ग हुन्छन् । पुँजपतिवर्गले शोषित वर्गको पुँजी विस्तारै आफूतिर खिचेपछि शोषित वर्ग स्वतःअस्तित्वको लडाईंमा लाग्छन् र थोरैको सङ्ख्यामा रहेका पुँजीपतिहरूलाई परास्त गर्छन् र बल्ल गरिबको राज्य आउँछ ।

    लडाईंको लागि स्वयम् पुँजीपतिवर्गले नै आधार तयार पार्दछन् । तर शोषित वर्गलाई सचेत र आन्दोलित बनाउने कार्यलाई जस्तोसुकै बाधा आइपरे पनि निरन्तरता दिनु पर्छ भन्ने सन्देश प्रस्तुत गीतले दिएको छ ।

    गीतका शब्दहरु अलि बढी खाँदिएको जस्तो अनुभूतिभएको छ भने गीत पनि साहित्य भएको हुँदा लक्ष्णार्थ र व्यञ्जनार्थ प्रकट हुने विभिन्न बिम्ब र प्रतिकको प्रयोगमा केही कमी देखिएको छ तर समग्रमा पाठक तथाश्रोताहरुले सहजै बोध गर्न सक्ने भाव स्वर र अभिनय सान्दर्भिक नै छ ।

    (लेखक रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।)

    New Nepali Patriotic Song 2080 / Narunu Aama / Raktim Rautahat / Deep Gole Tamang / Hemraj Aashram (youtube.com)

     

     

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.