ढाकावाङ्ग । स्मृतिशेष कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान ढाकावाङ्गको भेला माघ १२ गते शुक्रबार हुने भएको छ ।
Advertisement
मङ्गलबार सम्पन्न प्रतिष्ठानको वैठकले आगामी माघ १२ गते शुक्रबार दिनको १ बजे तेस्रो भेला पिपलनेटामा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खड्कबहादुर थापाले बताउनुभएको हो ।
नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा तथा शिक्षाप्रेमी, समाजसेवी, विश्व मावि ढाकावाङ्गका तत्कालीन प्र.अ. बन्जाडेको सम्झनामा स्थापित गरिएको प्रतिष्ठानले तेस्रो भेला गर्न लागेको बताइएको छ ।
उक्त भेलाबाट नयाँ नेतृत्व चयन गरिने उपाध्यक्ष भुवानन्द भुसालले जानकारी दिनुभयो ।
बन्जाडेको २०६३ जेठ १६ गते ५८ वर्षको उमेरमा हृदयाघातका कारण असमायिक निधन भएको थियो ।