काठमाडौं । प्रहरीले ५२ तोला चाँदीसहित बाराबाट दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने अन्दाजी वर्ष ३५ को गुजराज विक ९स्कुटी चालक० र स्कुटीमा पछाडी सवार सुनसरीको ईटहरी नगरपालिका–३ बस्ने अन्दाजी वर्ष २४ को बद्री विक रहेका छन्।
प्रहरीका अनुसार माघ ८ गते जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा प्रहरी चौकी पथलैया, बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा१–०२–०२७ प १८५१ नं। को स्कुटीलाई रोकी चेक जाँच गर्दा उनीहरुको साथबाट सो परिमाणमा चाँदी बरामद भएको हो।
अन्दाजी मूल्य १ लाख १३ हजार १ सय ७० रूपैयाँ बराबरको फर्जी विल भएको ५३ तोला चाँदीको विभिन्न गरगहना रहेको प्रहरीले जनाएको छ।
जसमा बरामद सामानमा औँठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान, गणेश लकेट ७० थान रहेका छन्।
उनीहरुमाथि थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।