• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सके देशप्रतिको दायित्व पूरा गर्नू छोरा, नसके…


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • बाबु छोरा टेलिफोन संबाद

    Advertisement

    छोरा : हेल्लो बाबा…? हेल्लो…? बाबा… म नानी बोलेको क्या विदेशबाट, सुन्नु भएन ?

    बाबु : ए नानीकी आमा विदेशबाट नानीले फोन गरेको रहेछ की क्या हो ? उसैको फुटो देखिएको थियो तर आबाज सुनिँदैन त ..!

    आमा : खै फोन यता ल्याउनु होस त । किन सुनिएन त अघि भर्खर छोरीसित म त्यही फोनमा बोलेकी । फोन ठिकै थियो त ।

    बाबु …। बाबु बोलेको पो रहेछ त। यति प्रकष्ट आबाज पनि कस्तो नसुन्नु भएको त ? बाबु सञ्चै छस् ? कति बेला भो त्याहाँ खाना खाइस् की नाई ? अँ साँच्ची तँ मासुको निक्कै भोगी छस् त्यहाँ मासु पाइन्छ की नाई कुन्नी ? पाइएन भनेर जत्बा तत्बाको मासु नखानु नी । पाएसम्म खसीको खानु नपाए पनि कुखुरा भन्दा तल त नझरेस् नी। आफ्नो धर्म कर्म त छोड्न हुन्न है पृथ्वीको पल्लो छेउऐ गए पनि।

    छोरा : हाहाहा हा..। बुढीमाऊ, यहाँ त मासु यति पाउँछ की तरकारी भन्दा पनि सस्तो पो पर्छ त। मेरो चिन्ता नगर्नु मज्जाले खाएको छु आमा।

    आमा : त्यही त नी मलाई तेरै सुर्ता लाइरहनी सन्चो बिसन्चो के छ ? खाइस् की खाइनस् मात्र हुनी । तेरा बालाई पैसै मात्र चाहिन्छ क्या । आज बिहान पनि साहु थरका राइलाबा आइर्थे । तेरा बा र उनी पल्लो पटाहामा के के भनेर झोकाझोक गर्दै थिए । उनी निस्केपछिबाट तेरो फोन हेरेर बसेका तेरा बा । फोन आउँदाखेरि केही सुन्दैनन का । आजकल तेरा बा बैरा जस्तै भएका छन्, म यो फोन आबाज सार्हो गरेर बा थिम लगिदिन्छु एक छिन पख्छस्, फुर्सदमा छस नी ?

    छोरा : छैन छैन फ्री छु फोन लग्दिनु ।

    आमा : ए बुढामाऊ.. तपाईंका कान पनि टाल्लिएकै छन् का यति प्रकष्ट सुनिएको छ त ? पत्तै नपाउने, लौनुहोस् बाबुले फोन गरेको हैच, आज त चार आखर म पनि बोलेँ । आबाज सुन्दा पनि यसै यसै काखैमा छ जस्तो हुनी । पढे लेखा मुन्छेले त यतै सानो तिनो जाइर खाए पनि त हुनी नी । जति धेरै पढाओ उति टाढा जानी झन् फर्केरै नआउलान् की भन्ने पिर लाग्नी, दुख काटेर छोराछोरी पढाएर पनि कामै रहिन्छ बिनस्वादै…।

    बुवा : नानी सन्चै छस् ? कान पनि कम सुन्ने भएको छु आजकल, तेरो खबर के छ ? घर फर्किने सुरसार गरे छैनस् र अझै ?
    तँ घर छोड्दा सन्तान टाढिँदै छ भन्दाको बिरक्ती त गहिरो थियो तर पनि गए पछि यो गर्छु र उ गर्छु भन्ने तेरा फुई, अनि स्वर्ग कै इन्द्रको भेटीको पोका लिएर आउँछ जस्तो गरेर फुर्किने गाउका टाठाबाठाहरूका गढगढाहट सुने देखेको म बिचरो पनि घरमा सुनैको सुली लाग्छ भने लागोस् न त भनेको । ति हावामा उडाएका सपनाका बेलुन फुटुन् की उडुन् त्यति बिघ्न ध्याउन्न होइन मलाई । केक्कानै लाबन्ड्य देशको राजा हुम् भन्दै निस्केको तँ मरे ज्युँदाको खबर पनि उतैबाट फोन आए मात्र बोल्न पर्ला भनेर कुर्न पर्दा भने घरी घरी त यही ठाँडो पनि फोर्दीऔं झैँ जंग चलेर आउने । अनि के छ त तेरो नयाँ मेलो मेसो ?

    छोरा : मेरो सबै ठिक छ बुवा हजुर, खासमा किन फोन गरेको भनेनी.. भर्खर मात्र मेरो घरको ऋण स्वीकृत भयो । यहाँ पनि खर्च बढ्ने मेसो भयो, बाबु नानी पनि स्कुल जाने समय हुँदैछ । हामी यहाँबाट खर्च पठाउन नसक्ने, त्यहाँ हजुरहरू कमाउन नसक्ने । राइलाबा आएका थिए भन्दै हुनुहुन्थ्यो आमा । त्यही बाँकी बक्यौतालाई त आए होलान् नि.. । दुवैतिर खर्च बढ्यो केही नयॅा सोच बनाउन पर्यो भनेर फोन गरेको बुवा हजुर।

    बुवा : कति बेला खर्च पठाएको छु बुझी लिनुहोला भन्दै फोन गर्ला भन्दा के भन्दै छस हँ ? मरेका बाउआमाको नाम काढेर गाली गर्दै थियो राहिला साहुले । तँ जस्ता फटाहाको रज होइन मेरो रजबाट जन्मेको हो आफ्नो ज्यान अडना राखेर पनि पठाउँछ केटोले, त्यतिबेला तिम्रो साऊँब्याज फाल्दिन्छु भन्दै मुख भरीको जबाफ दिएर पठाएको छु बिहान मात्रै । के सुनाउँदै छस् हरूवा गोरूका छेरूवा दाउका काहानी, बरू भन् कुनै बज्रपात पर्यो र तेरो जीवनमा ? बाउ हुँ सुन्न सक्ने हिम्मत छ सुन्छु ।

    छोरा : त्यस्तो केही होइन बुवाहजुर, देशको स्थिती जान्नु भएकै छ ‘जब’ को ग्यारेण्टी छैन, सोसियल सेक्युरिटी छैन, जताततै पोलुसन नै पोलुसन मात्र छ, सहयात्रीहरू पनि सबै यतै आइपुगेका छन्, फेरि ति बच्चाहरूको फ्युचर पनि त हेर्नु पर्यो । बुहारी म काम गरेर खान सक्दिन भनिरहन्छे, अब म देश फर्केर यि सबै मिलाउन सक्ने होइन । यहाँ सबै सुबिधा उपलब्ध छ । सेलरी पनि राम्रो छ । अब घर भएको छ छिट्टै बुहारी र नानीबाबुलाई पनि यहीँ सिफ्ट गर्छु । भाषा साषाका हिसाबले हजुरहरूलाई गार्हो हुन्छ फेरि घरमा तपाईहरूसँग बस्ने कोही हुँदैन । मेरो साथीको बुवा आमा आउनु भएको ३ महिना बसेर फर्किनु भो । हामी पनि यहाँ सेटल भएपछि हजुरहरूलाई पनि घुमाउन ल्याउन मिल्छ । म त भन्छु त्यो पुर्खेउली सम्पत्ति जे जती पर्छ बेचौँ । हजुरहरूलाई पनि पायक पर्ने ठाउँमा एउटा फ्लाट लिएर राख्छौँ । औषधि उपचारको लागि पनि सजिलो हुने, हामी आउँदा भेटघाटलाई पनि सजिलो हुन्छ । सबै भन्दा उत्तम विकल्प यही नै हुनेछ । हजुले सहमती जनाए मात्र म त एक हप्तामा नेपाल आउने थिएँ । चाँजो पाँजो मिलाएर फर्किन्थें हुन्छनी..? बुवा हजुर…?

    बुवा : नानी फुर्सदमा छस् ? एउटा दुइटा कुरा सोध्नु छ समय निकालेर सुन्छस् ?

    छोरा : भन्नु बुवाहजुर के सोध्न खोज्नु भो ?

    बुवा : भन्छन् मान्छे जन्मेपछि पहिलो उसको अस्तित्व उसको रूवाईले अर्थाउँछ । अनि सिकाई प्रकृया पनि त्यहीँबाटै शुरू हुन्छ अरे सबैको । तर यि सबै अर्कोको सहयोग र बेहोशीमा । ८ वर्षको उमेरमा गरिदिएको ब्रतबन्ध, त्यो सँगै शुरू भएका नित्य कर्मको चुनैती, गुरूकुलिन शिक्षाको थालनी मेरो मानसपटलमा संग्रह भएका यादहरूको पहिला पाठ हुन् । हाम्रा किताब सिमित थिए बेद पुराण, महाभारत, रामायण, गिता, चण्डी कुरान, बाइबल, देबीभागबत, यस्तै यस्तै…।

    विद्याको लागि गुरूको पास रहन पाउनु खानदानी परिवारको भाग्यमानी सन्तान मात्र हुने गर्दथ्यो । बाँकी सबै घरका जेष्ठ सदस्यका मुखबाट सुनाइने धर्मका कुरा, हाम्रो जन्म भूमीलाई दुष्मनहरूको आक्रमणका बेला हाम्रा पुर्खाले देखाएको वीरताको गाथा, भोगाइका कथा, काहानी, श्लोक, घरपरिवार चलाउन बनाइएको संस्कार, र बेला मौकामा घरमा लगाइने पूजा पाठमा पुरेतद्वारा कथा वाचन हाम्रा शिक्षा, ज्ञानका श्रोत थिए । जीवनका आदर्श थिए । सम्पत्तिको नाममा पुख्र्यौली सम्पत्ति, अधिया, बन्दकी, पशुपालन, खेती किसानी यिनै भित्र हाम्रा जिन्दगी जन्मिन्थे, हुर्कन्थे, सकिन्थे । यसैलाई नै जीवनलीला मानिन्थ्यो । तेरो मामा घरतिर त पशुहरू लिएर लेक जाने चलन हुन्छ । हजुरबा पनि भैँसी लिएर बुकीमा गोठालो बस्न जाने गर्नु हुन्थ्यो ।

    एक पटक कुरा हो, म ससुराल गएको दिन उहाँ औल झर्ने दिन परेको रहेछ । अजंगको खर्पन, खर्पनभित्र लेक बस्दा संगालेको घ्यू, भिरमा लडेको, कहिले गोठमा आएर चितुवाले घाइते बनाएर छोडेको भेडा काटेर आगोमा सुकाएर बनाएको सुकुटी, भिर मौरीको मह, लेकमा हुने टुसा, चिप्लेकिरा पोलेर सुकाएर पिसी बनाएको ओखती खर्पनभित्र राखेर त्यो माथी लुगा फाटा, लुगाफाटा माथी भर्खर जन्मेको भैँसीको पाडा राखेर कोही गोठाला अघि अघि त कोही गोठाला ति पशुको पछि भएर आएको मैले पनि देखेको छु ।

    उहाँलाई भेट्दा हिउँदको काँक्रो सरी फुटेका खुट्टा, तिनै चरबाट रसाएका रक्त धारा, कोदोको पकाएर राखेको ढिडोसँग मिल्ने गाला, ननुहाएर थाउनिएको कपाल, बासना छोडेको शरीर बोक्दै आउनु भएको ससुराबाले ‘ज्वाईंसाहेब त्यो नाती केटालाई चोखो नपरेको भात त खुवाउनु भएको त छैन नी ? यी मैले ल्याएको एक धार्ने यो घिऊ, यो सुकुटी, मासुभन्दा ज्यान हाल्छ र यो लेकको पाहुर मह र टुसा लगिदिनु ल । हाम्रो जिन्दगी यस्तै भैँसी गोठालो भएर बिते पनि त्यो नाती केटालाई चाहीँ जिम्मालका छोरासँगै पढाएर ठूलो मान्छे बनाउने हो है ज्वाईं । खर्च नपुग्दा छोरीलाई माइत पठाइदिनु होला घ्यू बेचेको पैसा जम्मा गरेको हुन्छु दिएर पठाऔंला’ भन्दै गोठको कोसेलीको पोका मेरो हातमा थमाइ दिँदा उहाँको त्यो बुकीमा खर्कको बसाई, साथीमा तिनै चौपाया, भोटे कुकुर, आफ्नोमा त्यही मान्द्रोको बलाडभित्रको दिनचर्या, यी क्षणहरू सम्झिँदा मै पनि भावुक भएको थिएँ । तर उहाँको अनुहारमा चारधाम तीर्थ गरेर फर्केको तीर्थालुको भन्दा बढी आत्मसन्तुष्टी, अनुहारमा आत्मविश्वास र जागरूकता सजिलै देख्न सकिन्थ्यो । त्यही पाहुर खाएर हुर्केको नाती होस् है तँ ।

    मध्यम वर्गीय कृषिमा आधारित हाम्रो परिवार, हिजो हजुरबुवा पेशागत हिसाबले पनि पूजा पाठ कर्मकाण्ड गराउने भएकोले जता जाँदा पनि जजमानहरू हुनुहुन्थ्यो र बुवा कै छोराको परिचयले पनि सामाजिक माया तथा सद्भाब पाएर हुर्केँ, आर्थिक सम्पन्नता ठिकै रहे पनि दिनहुँ पुजापाठबाट आउने घ्यू ,चामल, फलफुल र सिदाले पनि खानपिनमा दुःख पाइन, सानैदेखि बुवाको नैतिक शिक्षा, सु–संकार, आध्यात्मिक वातावरणमा हुर्केकोले पनि होला, शिक्षित र सामजिक ब्यक्तित्व बन्ने हुटहुटी ममा अन्तर्निहित थियो । बुवाको बुढ्यौलीसँगै आस्तै आस्तै कर्मकाण्डको धन्दा पनि बन्द भो परिवारको सारा जिम्मेवारी म माथी आयो । मेरा सपना अधुरै हुने भए भन्ने भयो त्यति बेलैदेखि मैले मनमनै एक संकल्प गरेको थिएँ की ‘मैले मेरा सपना पुरा गर्न नसके पनि जीवनमा सबै खालको दुःख कष्ट खप्कीसँग जुध्न, सहन किन नपरोस् तर यो केटालाई सबैका लागि बाँच्ने र बचाउने मान्छे बनाउने छु।’

    यो संकल्प गरे सँगै बुवाको देहबसान, परिवारको जिम्मेवारी र दैवले लिएका परीक्षाको फेरिस्त त कुनै दिन भेटमै बिस्तारमा बताउँला । तेरा लागि के गरिन मैले ? चार चौरास काटेर स्कुलको पढाई सिध्याएँ । क्याम्पस पढ्छु भनिस् र सहर पसिस भएको घर जेथा सिधत्र्याएँ । स्वतन्त्रताको आन्दोलनमा होमिइस् यता म टाठाबाठाको आँखाको कसिंगर बनेँ । भुइँमान्छेको मुक्तिदाता बन्न यो गर्छु र ऊ गर्छु भनिस् ऋणको भारी बोकाइस् समयमा फिर्ता गर्न नसक्दा आफन्तले बेइमानीको पहरी गुथाइदिए सहन सकिन बसाई सरें । पढाई पूरा गर्छु भन्दा यति ठूलो आर्थिक लगानी भयो, मेरो प्रमाणपत्र मेरो क्षमतालाई राज्यले चिन्न सकेन, सम्बोधन गर्न चाहेन मेरो समाजले मलाई बुझ्न सकेन विदेशबाट आकर्षक तलब भत्ता भीआईपीको दर्जा र सुबिधा सहित प्रस्ताव आएको छ । थोरै समयमै यि सब अप्ठ्यारा सुल्झाएर छिट्टै फर्किन्छु यो अवसरलाई छोड्न मिलेन भनिस् मुटुमा गाँठो पारेर मौनता साध्यौं । सबै बन्दोबस्त मिलाउँदै छु मिलाउँदै छु भनिस् पत्याउदै गयौं । अब भन्दैछस् परिवार यतै सार्न पर्यो खर्च पुगेन भएको बेचौं..? साँच्ची तँ के गर्न गएको रे…? के कमाउन गएको रे..? हेक्का छ नानी तँलाई ?

    छोरा : बुवाले त चित्त पो दुखाउनु भो क्यार, के गर्ने बुवाहजुर , देशमा ठूल ठूला परिवर्तन भए राज्यमा विकास र रोजगारको मुल फुट्छ भन्दा, समतामुलक समाज बन्छ भन्दा, अमन चयनको जीवन ब्यतित गर्ने वातावरण बन्छ भन्दा पत्यायौं हामी पनि होमिएऔं । तर ब्यवस्था फेरिए पनि अवस्था फेरियन, आवस्यकता बढ्दै गए, जिम्मेबारी बढ्दै गए । सपनाहरू त सबै तुहिए नै आफूले उच्च शिक्षा हासिल गर्दा लागेको ऋण तिर्न नै पनि देश छोड्नु आवस्यकता थियो । तर अहिले यतै अलाप्पिनु बाधययता भन्नु पर्ला किनकी अब हाम्रो जीवन शैली र आदत यति धेरै बदलिएको छ की पुनः त्यही समाजमा आएर घुलमिल हुन असम्भव प्रायः भइसक्यो यसका लागि क्षमा माग्न चाहान्छु ।

    बुवा : नानी, बाबाले भन्यो भनेर झर्को नमान्, अब समाज कहाँ रह्यो र ? राज्यले लगानी गरेका र परिवारले खर्चेर विद्वान बनाएकाहरू राज्यले हामीलाई धान्न सकेन भन्दै युरोप अमेरिका मै बस्ने, अलि अलि पढेका र अलि अलि सम्पत्ति भएका धितो राखेर जापान, कोरिया, अष्ट्रेलिया पस्ने, त्यो भन्दा तल ठूलो धितोराख्न नसक्ने खाडी जाने …। तिनका परिवार रेमिट्यान्सबाट आएको पैसाले सुख किन्न भन्दै सदरमुकाम पसे त्यसले पुगेन ठूला शहर पसे । पुगेन युरोप अमेरिका पस्न मरिहत्ते गर्दै छन् । हिजो गाउँ शून्य बनाए आज शहर मसानघाट बन्दै छ ।

    अरूले त जे जाने त्यही गरे । तँ यति धेरै पढाएको र मैले कान फुकेको पढेलेखा मुर्खले हरियो पार्कमा कालो चश्माले आँखा छोपेर, खुट्टा र मुख बंग्याएर फोटो खिच्ने अनी नेपाल र नेपालीलाई गाली गरेर सत्तो सरापेर, छेउ न टुप्पाको अंग्रेजी मिसाएर बिहान बेलुकै त्यो फेसबुक हो की के बुकमा हाल्छस रे त ? के यति बिघ्न खप्की काटेर तलाई विद्वान बनाएको आफ्नैप्रति घृणा जगाउन, नकारात्मक फैलाउन हो ?

    तैँले आड लागेर खिचेको शालिकको कथा किन लेख्दैनस.. ? तँ बसेको राज्य निर्माणको इतिहास किन पढ्दैन् ? नांगा शालिकका फोटो राख्नेले तिनले रचेको इतिहास, गरेको विद्रोहको गाथा किन अध्ययन गर्दैनस् ? कसले र कसरी तिमीहरूको मातृभूमीलाई स्वर्गको टुक्रा बनाइदिएछन् ? स्वर्गबाट इन्द्रले सम्पत्तिको भकारी पठाइदिएछन् की ? किन सोध्ने हिम्मत गर्दैनस् त्यहाँका मानिसलाई कसरी तिमीहरू विकसित भयौ र तिम्रो देश धनी भयो भनेर? किन विदेशमा जिन्दगी यसरी चल्दै छ भन्दै बिहान बेलुका गर्ने आफ्नो कामको भिडियो, फोटो बनाएर नराखेर २०औँ तलाको टावरमा चढेर डार्लिङसँग रोमान्टीक मुडमा टहलिँदै भनेर फेसबुक भरी पोष्टाएर देशमा बाँकी रहेका जनलाई पनि भड्काउने मात्रै गर्छस हँ ? तँलाई देशले चिनेन विदेश भासिइस् । भोलि ति प्युसा नाती नातिनाले हामिलाई अमेरिका मन परेन भन्लान कुन ग्रह पठाउँछस् त ?

    समाजले एक अर्कोलाई जोड्न संकृति निर्माण गर्यो, दोस्रोको अस्तित्व बोध गराउन आस्थाको प्रतिक भगवान माने । तिनै भगवानलाई पनि भिसा लगाएर उतै लगी मन्दिर खडा गरी कैद गर्ने अभियानमा छस् रे ! व्यवसाहिक कलाकारलाई लगेर नचाउँदैमा कला संकृतिको जगेर्ना हुन्छ भन्ने भ्रममा छस् रे ।

    हाम्रा कुल पुर्खाले भनेको सुनेको, प्रकृतिले सबै प्राणीलाई बराबर काम दिएर पठाएको हुन्छ रे ‘बाँच्नलाई खाऊ, लडेर बाँच, सन्तान छोडेर मर ।’ यिनै ३ कामको तारतम्य मिलाउन सक्ने चेतना र होस भएको थोरै मात्र जन्मन्छन् रे त्यो तँ बन्ने महत्कांक्षा किन लिँदैनस् ?

    हो देश उही तेरो ठुलीआमाको छोरो रामेले घर आएको बेला परम्परागत खेती किसानीको शैलीले हुँदैन अब कृषि क्रान्ती गर्नु पर्छ भन्दै फाँटमा, बारीमा, खरबारीमा डोजर चलायो गाऊँ नै थर्कमान गरायो । पुराना कुला कुलेसा भत्कायो, गोरेटा भत्कायो, डिल भत्कायो छेऊ भत्कायो देख्दा लाग्छ जहाज ग्राउन्ड बनायो । आँखाले एक छेऊ देखि अर्को छेऊ नदेखिने बनायो तर अब नयाँ के खेती गर्छ भन्ने बेलामा न त उसँग कुनै नयाँ बिज छ, न कुनै प्रविधीका मेसिन नै छन् । न कुनै खेतीको लागि मल नै छ । छ त केबल सन्नाटा छ, अलमलता छ किंकर्तब्यबिमुढता छ । जसले गर्दा छँदा छँदाको खेत पनि बन्जड खोरियामा परिणत भएको छ । झाडी मौलाएको छ।

    ब्यवस्था परिवर्तनको आन्दोलनपछि देश पनि त्यही हालतमा पुगेको छ । आज नेपाल आमालाई सृजनशिलताको बिज, अनुभवका प्रविधीयुक्त औजार, लगनशिलताका लागि तयार हातहरूको खाँचो छ । बरू तेरो फुर्सद छ भने ती खाले मान्छे जन्माउन जागरणका कथा लेख, चेतनाको साहित्य लेख, स्वभिमानका गीत गुनगुनाई, सृजनाका रड्ग भर, जीवन जगतका सत्य बाँड, जन्मभूमीप्रतिको मोह बढाइ, आशाको संचार गर, मानवताको चेत भर । होइन भने यो संसार भाँडमा जाओस् त्यो तँलाई दरकार भएन तेरो खुशी बाँच । तर त्यो के जाती बुकमा अन्टसन्ट बर्बराएर सबैलाई बिखलबन्द नपारिदे । तेरो मनखुशी गर। दोस्रोलाई बेबकुफ बनाउने धन्दा छोडिदे, सक्छस् कर्तब्य र दायित्व पुरा गर्ने दिशामा कलम चलाइ, सक्दैनस् अफबाह फैलाएर समय बर्बाद नगर । भगवान भरोसामा बाँचेका हामी यसैमा मरौंला । आफ्नो ख्याल राखेस्, अहिलेलाई फोन राख्छस् की त ?

    बाउछोराका गन्थन लामा भए खाना खान्छु भन्दै खान बसेकी तेरी आमा गल लागेर किक्काइ रहिछे, म पानी दिन जान्छु।

    (वाशु नेपाली, हाल जापान नेपाली एकता समाजमा आवद्ध हुनुहुन्छ ।)

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
    सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमा : श्रेष्ठ
    मल किन्न भारत गएका दुई नेपाली २२ दिनदेखि भारतीय जेलमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.