काठमाडौँ । नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कलेजले २०८० मङ्गलबार एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
सूचनाअनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ ।
कलेजले निकालेको सूचनाअनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्ने छन् ।
कलेजको शैक्षिक, सेवागत र प्रशासनिक ब्यवस्थापन बलियो बनाउँदै लैजान विषयगत दक्ष जनशक्ति माग गरिएको हो । योग्यता पुगेका नागरिकले कलेजको फेसबुक पेजमा क्लिक गरी विस्तृत जानकारी लिन सक्ने छन् ।
दरखास्त इमेलमार्फत पठाउनुपर्ने छ । सर्ट लिस्टमा परेकालाई कलेजले अन्तर्वार्ताका लागि सम्पर्क गर्ने छ ।