• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. सर्वदलीय बैठक जारी

  • ९. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लिखतको अर्थ र लिखतसम्बन्धी कसुर


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • सञ्जीवकुमार श्रेष्ठ ##
    नेपाली भाषामा एक उखान छ, “लिखितमको अगाडि बखितमको केही लाग्दैन ।” यसको अर्थ लिखत कागजको अगाडि मुख वा मौखिक बोलीको केही अर्थ छैन भनी बुझिन्छ । त्यसैले हरेक व्यवहार गर्दा लिखतको महत्त्व छ भन्ने बुझ्न सकिन्छ ।
    आखिरीमा लिखत भनेको के हो ? यसका विभिन्न परिभाषा हेरौँ ।

    Advertisement

    ल डिक्सनरीमा भनिनएको छ :Court Document means a document issued by the parties relative to proceedings and includes affidavits, applications, claims forms, exhibits, judgments, orders, summons and witness statement.

    त्यस्तै, टोपबहादुर सिंहको कानुन शब्दकोशमा “लिखत” भन्नाले अक्षर, अङ्क, चिह्नका साधनद्वारा अभिलेख गरिएका मामिला, जो प्रमाणस्वरूप पेस हुन सक्दछन् । यस अर्थमा लिखत भनेको लेख छापिएका, लिथो गरिएका वा फोटो खिचिएका शब्द, साप्ली, ढुङ्गा जसमा अङ्क, अक्षर खोदिएका र कुँडिएको हुन्छ । तस्बिर, फोटो, नक्सा, योजना, अङ्क, अक्षर, ढुङ्गा, जवाहरात (रत्न) वा काठको साथै कागज वा बोक्रामा लेखिएको कुँदिएका कुरा हुन सक्छन् । दुई पक्षका बिच भएको कुनै सम्झौताका शर्त आदि लेखिएको लिखितपत्र भनी उल्लेख गरिएको छ ।

    अझ मुलुकी देवानी कार्यविधि संहिता–२०७४ को दफा २८ मा “लिखत” भन्नाले घर व्यवहारमा हुने सबै किसिमका लेनदेन व्यवहार, सम्पत्ति हस्तान्तरण वा धितो बन्धक दिने गरी भएको लिखत, धमपुत्र वा धर्मपुत्रीसम्बन्धी लिखत, करार, अख्तियार दिएको लिखत, अख्तियारनामा, मन्जुरनामा वा त्यस्तै प्रकृतिका अन्य कागज, सरकारी कार्यालय वा सङ्गठित संस्थामा पेस हुने कुनै पनि लिखत, अदालतमा पेस हुने फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदन पत्र, निवेदनपत्र, दरखास्तलगायतका जुनसुकै लिखत, सरकारी कार्यालय वा सङ्गठित संस्थाबाट जारी हुने लिखत, कानुनी हक वा दायित्व सृजना गर्ने वा नगर्ने अन्य लिखत ।

    त्यस्तै, अपराध संहिता–२०७४ को परिच्छेद–२५ मा दफा २७६ को (२) (क) मा “लिखत” भन्नाले लिखतमा लागेको सही, औला छाप र लिखतमा जनिएको अङ्क, अक्षर, मिति वा अन्य कुनै ब्यहोरा सम्झनुपर्छ भनिएको छ ।

    कानुन व्याख्यासम्बन्धी ऐन–२०१० को दफा २ को खण्ड घ मा लिखत भन्नाले अक्षर अङ्क वा चिह्नद्वारा कुनै विषयलाई लेखपढ गर्ने कामको निमित्त प्रयोग हुन सक्ने वा प्रयोगमा ल्याउने मनसाय गरिएको उक्त साधनमध्ये एक वा एकभन्दा बढी साधनद्वारा कुनै वस्तुमा लेखिएको, प्रकट गरिएको तथा वर्णन गरिएको विषयलाई लिखत भनिन्छ ।

    प्रमाण ऐन–२०३१ को दफा (३५) लिखतको प्रमाण (१) को स्पष्टीकरणमा लिखत भन्नाले डिजिटल वा विद्युतीय अभिलेखमा रहेको कुनै विषय वा त्यसको छापिएको वा भण्डारण गरिएको अप्टिकल वा इलेक्ट्रा–म्याग्नेटिक स्वरूपमा रहेको वा प्रकाशित वा पुन: प्रकाशित भएको डिजिटल वा विद्युतीय सामग्री वा त्यस्ता सामग्रीका प्रतिलिपिलाई समेत जनाउँछ ।

    सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतको नियमावलीमा लिखतसम्बन्धी परिभाषा गरिएको छ† जस्तै : जिल्ला अदालत नियमावली–२०७५ को नियम २ को खण्ड (ठ) मा लिखत भन्नाले अदालतमा दर्ता हुन आएका फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदन पत्र, लिखित प्रतिवाद, मुद्दाको रूपमा कारबाही हुने निवेदन पत्र, लिखित जवाफ, निवेदनलगायतका अन्य कागजातलाई सम्झनुपर्दछ ।
    लिखतका प्रकार

    लिखत तीन प्रकारका सामान्यतया लिखत, व्यक्तिगत लिखत र सरकारी लिखत हुन्छन् । लिखतसम्बन्धी कसुर भनी मुलुकी अपराध संहिता–२०७४ मा परिच्छेद–२५ मा कीर्ते र जालसाजलाई एक परिच्छेदभित्र राखी दफा २७६ देखि २८३ सम्मका दफा उल्लेख भएका छन् । पहिलाको मुलुकी ऐनमा कीर्ते र जालसाजलाई छुट्टै महलमा राखी परिभाषा गरिएको देखिन्छ ।

    मुलुकी अपराध संहिता–२०७४ को लिखतसम्बन्धी कसुर हेर्दा कसैले पनि कुनै पनि कागज कीर्ते गर्न/गराउनु हुँदैन । आफूलाई वा अरू कसैलाई लाभफाइदा हुने, अन्य कुनै व्यक्तिलाई हानि, नोक्सानी वा क्षति पुर्‍याउने नियतले कुनै झुटा लिखत वा झुटा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुटा अंश वा भाग बनाउन काम गरेमा त्यस्तो कार्यलाई कीर्ते गरेको मानिने छ ।

    लिखतसम्बन्धी स्पष्टीकरण

    त्यस्तै, “लिखत” भन्नाले लिखतमा लागेको सही, औलाछाप र लिखतमा जनिएको अङ्क, अक्षर, मिति वा अन्य कुनै ब्यहोरा सम्झनुपर्छ भनिएको छ ।

    झुटा लिखत भन्नाले कस्तो कामलाई भनिन्छ ? हेरौँ ।

    जुन अधिकारी वा व्यक्तिले लिखत बनाएको, लेखेको वा सहिछाप गरेको होइन, त्यस्तो अधिकारी वा व्यक्तिले लिखत बनाएको, लेखको वा सहिछाप गरेको हो भन्ने विश्वास पार्ने किसिमबाट बेइमानीपूर्वक लिखत वा त्यसको अंश तयार गर्ने, विद्युतीय अभिलेख तयार गर्ने वा पठाउने, विद्युतीय अभिलेखमा डिजिटल संरक्षण गर्ने, बिनाअधिकार वा बेइमानीपूर्वक कुनै लिखत वा विद्युतीय अभिलेखमा कुनै कुरा थपी, केरी परिवर्तन गरी वा अन्य कुनै किसिमबाट व्यहोरा फरक वा नबुझिने पार्ने, मानसिक अस्वस्थताको कारणबाट होस ठेगानमा नभएको, मादक पदार्थ वा लागु पदार्थ सेवन गरेको वा छलकपटमा पारिएको कारणले कसैले लिखतमा लेखिएको कुराको मतलब बुझ्न सक्दैन भन्ने जानी जानी त्यस्तो व्यक्तिलाई लिखत बनाउन, सहिछाप गर्न वा लिखतमा लेखिएको कुनै कुरा बदल्न लगाउने, एक कामको लागि सहिछाप गरी लिफा, कागज वा छाप लिए/दिएकोमा त्यस्तो काममा नलगाई अकै प्रयोजनको लिखत खडा गर्ने वा सोमा लगाउनेसमेत कार्य झुटा लिखत बनाउने काम गैरकानुनी सम्झइने छ ।

    जुनसुकै लिखत भए पनि सो लिखत कीर्ते गर्न गराउनु हुँदैन । यदि उक्त कार्य कानुन विपरीत भएमा के कस्तो लिखत कीर्तेमा सजाय हुन्छ ? त्यतातिर पनि हेरौँ ।

    राष्ट्रपतिबाट प्रमाणीकरण भएको लिखत कीर्ते गर्नेलाई दस वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । त्यस्तै, प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको लिखत कीर्ते गर्नेलाई दस वर्षसम्म कैद र एक लाख रुपैयासम्म जरिवानासमेत हुने छ भने अदालतको फैसला वा आदेश कीर्ते गर्नेलाई आठ वर्षसम्म कैद र असी हजार रुपैयाँसम्म जरिवाना, अन्य सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने छ ।

    माथि लेखिएदेखि बाहेक अन्य कुरा कीर्ते गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने छ ।

    लिखत कीर्ते गरी सम्पत्ति प्राप्त गरेका हुने सजायमा कसैले कीर्ते गरी प्राप्त गरेको सम्पत्ति लिई मासिसकेको रहेछ भने निजलाई सजायको अतिरिक्त बिगोबमोजिमको थप जरिवानासमेत हुने छ । त्यस्तै, कसैले कीर्ते गरी कुनै सम्पत्ति प्राप्त गरेको रहेछ भने निजले त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता गर्नुपर्ने छ र त्यस्तो सम्पत्ति मासिसकेको रहेछ भने कसुरदारको अन्य जायजादबाट त्यसको बिगो धनीलाई भराइदिनु पर्ने छ ।

    कसैले पनि कीर्ते लिखत सद्देसरह राख्न वा व्यवहारमा ल्याउनु हँुदैन । यदि व्यवहारमा ल्याएमा कीर्ते लिखत हो भन्ने जानी जानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भई कसैले बेइमानीपूर्वक त्यस्तो लिखत सद्देसरह व्यवहार गर्ने नियतले साथमा राख्नु हुँदैन । यदि साथमा राख्ने वा व्यवहारमा ल्याएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने छ भने कीर्ते लिखत हो भन्ने जानी जानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भई कसैले त्यस्तो लिखत सद्देसरह व्यवहारमा ल्याएमा निजलाई त्यस्तो लिखत कीर्ते गरेसरहको सजाय हुने छ ।

    जोकसैले पनि कीर्ते लिखत बनाउने औजार बनाउन हुँदैन । यसलाई कानुनले निषेध गरेको छ । यदि कसैले कीर्ते लिखत खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्तो काममा प्रयोग हुन सक्छ भन्ने जानी जानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भई कीर्ते लिखत बनाउने छाप वा अन्य कुनै औजार बनाउन, मर्मत गर्न, खरिद गर्न, दिन लिन वा आफूसँग राख्नु हँुदैन । यस्तो अपराध गर्ने, कसुर गर्ने वा गराउने व्यक्तिलाई चार वर्षसम्म कैद र चालिस हजार रुपैयाँसम्म जरिवानासमेत हुने छ ।

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • २.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ३.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ४.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ५.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • ६.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ७.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ८.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.