चन्द्रा श्रीस, काठमाडौँ ।
गुल्मी कालिगण्डकी गाउँपालिकाको–६ को उपल्लो कोरेङमा स्वास्थ चौकी शिलान्यास भएको छ ।
लुम्बिनी प्रदेश सांसद तारा थापा र कालिगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले २०८० माघ ३ गते बुधबार स्वास्थ चौकीको शिलान्यास गर्नुभएको हो ।
उक्त स्वास्थ्य चौकी भवन निर्माणका लागि रेडक्रस कालिगण्डकी शाखाले ६० लाख र कालिगण्डकी गाउँपालिकाले १८ लाख रकम वेहोर्ने जानकारी भएको छ ।
सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्री, नेपाली कांग्रेसका गाउँपालिका सभापति निम श्रीस, नेकपा एमाले गाउँपालिका अध्यक्ष रामजी ढकाल राजमो गाउँपालिका अध्यक्ष सूर्य क्षेत्री, कालिगण्डकी–६ का वडा अध्यक्ष पुरन थापा, गाउँपालिकाका इन्जिनियर सत्यनारायण रायलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमा नौमती बाजासमेत बजाइएको थियो ।