• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कम्युनिस्ट पार्टीका सदस्यको विश्वदृष्टिकोण


  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    दार्शनिक चिन्तनको महत्त्वपूर्ण लक्षण ज्ञान प्राप्त गर्ने चाहना हो । त्यो ज्ञान र अज्ञानता, अन्धविश्वास र स्वतन्त्र चिन्तन, धर्म र विज्ञान आदिबिचको अन्तरविरोध हो । दर्शन वर्गीय दृष्टिकोणभन्दा अर्को हुन सक्दैन । दर्शनन आफ्नो समयको बौद्धिक सारतत्व र संस्कृतिको सजीव आत्मा हो । दर्शनको सामाजिक भूमिका र कार्यभार एउटा वर्गको आधारभूत हितलाई त्यही वर्गको स्वार्थअनुकूल संसार फेर्ने प्रयत्नलाई निर्देशक सिद्धान्त दिने हो ।

    घटना र सामाजिक व्यवस्था समाजको निम्न अवस्थाबाट उच्च अवस्थातिर अगाडि बढिरहेको हुन्छ । मानव चेतना मानव समाजको इतिहाससँग सम्बन्धित भएकाले आदर्शवादी शक्तिको प्रभावमा रहने र भौतिकवादी हुन नसक्ने गर्दछ । वस्तुमा परिवर्तन भइसकेको हुन्छ । चिन्तनमा पुरानो छाप रहिरहने हुनाले दुवैबिच द्वन्द्व चलिरहन्छ । आदर्शवादमा विश्वासको मात्र र भौतिकवादमा विश्वास र प्रमाण दुवैको उपयोग गरिन्छ ।

    मान्छेले मान्छेलाई हेर्ने र अन्तरविरोधलाई समाधान गर्ने निश्चित उद्देश्यसहितको परिवर्तन आवश्यक छ । विरोधी वर्गको अस्तित्व र विरोधी वर्गबिच एकता भएपछि मात्रै अन्तरविरोध सुरु भएर सङ्घर्ष भएपछि समाप्त हुन्छ । एउटा सङ्घर्षबाट समाप्त भएको अन्तरविरोध झन् उच्च स्तरमा खडा हुन्छ । विरोधी वर्ग रहेसम्म अन्तरविरोधको वर्गीय रूप पनि रहिरहन्छ ।

    संसारको व्याख्या गर्नेभन्दा बदल्ने काम मुख्य हो । त्यसैले व्यावहारिक कृयाकलापको बढी महत्व हुन्छ । बाहिरी संसार र मानव चिन्तन दुवैमा परस्पर विरोधी पक्षबिच एकता भएको हुन्छ । सङ्घर्षको स्तर, विरोधी प्रवृत्तिको महसुस र सङ्घर्षको गतिअनुसार समाधान गर्ने उपाय निश्चित हुन्छ ।

    पहिलेको गुणात्मक परिस्थितिबाट अर्को गुणात्मक परिस्थितिसम्मको सङ्क्रमणको नाम विकास हो । उदय र विकास भइरहेको नयाँ नै अजेय हो । वस्तुमा भएको अन्तरविरोधको नियमलाई ठोस रूपमा बुझ्न सक्नु सर्वोपरी महत्व हुन्छ ।

    सामाजिक घटना र सामाजिक व्यवस्था समाजको निम्न अवस्थाबाट उच्च अवस्थातिर र साधारणबाट जटिल अवस्थातिर अघि बढिरहेका हुन्छन् । उदीयमान शक्तिले अस्तित्वलाई अगाडि बढाइरहेको हुन्छ । उदीयमान त्यही हो जसले भविष्यको प्रतिनिधित्व गर्छ । प्रत्येक जीवित शरीर भएको वस्तु कुनै समयमा जे हो, त्यो भन्दा भिन्न पनि हो । तर्कशास्त्र र द्वन्द्ववादबाहेक अरू परिवर्तन भइसकेका हुन्छन् । चिन्तनको विज्ञान पनि एउटा एतिहासिक विज्ञान हो । धेरै प्रयत्न गर्दा पनि अनियन्त्रित शक्ति, योजनाअनुसार सञ्चालित शक्तिभन्दा बढी शक्तिशाली भएका छन् ।

    मान्छेले मान्छेलाई हेर्ने निश्चित विश्वदृष्टिकोणमा परिवर्तन गर्न आवश्यक छ । जुन परिस्थितिमा त्यहाँ विरोधी पक्षको स्थान रहेको छ, त्यसको आधारमा मात्रै त्यहाँ सङ्घर्षको स्वरूप निर्धारण हुन्छ । परस्पर विरोधी पक्षबिच एकता भएकाले अन्तरविरोध समाप्त भएर नयाँ रूपमा नयाँ अन्तरविरोध अगाडि बढ्ने सिलसिलामा सर्वहारा विश्वदृष्टिकोणले काम गर्दै जान्छ । पहिले घटेको घटनाको कारणले निश्चित ठाउँ, निश्चित अवस्था, निश्चित गति र निश्चित सामाजिक चेतनामा परिवर्तन भइसकेको हुन्छ । निरन्तर अगाडि बढिरहने पक्षले आत्मसात गरेको क्रान्तिकारी स्वरूप मात्रै सधैँ रहन्छ । परिवर्तनमा स्थायी मानिने वस्तु मात्र होइन, मानव मस्तिष्कमा पर्ने तिनीहरूको बिम्बमा पनि अगाडि बढेको अग्रगतिले आफ्ना लागि बाटो बनाउँछ ।

    विश्वास पनि गर्ने, प्रमाण पनि जुट्ने भए मात्र सही ज्ञान हुन्छ । सही ज्ञानका आधारमा गरिने विश्लेषण सही हुन्छ । भौतिकवादी विश्वदृष्टिकोण बनाउन विश्वास र प्रमाण दुवैको उपयोग गरिन्छ । तथ्य र प्रमाणका साथ गरिएको विश्लेषण भौतिकवादी विश्लेषण हो ।

    समाजमा व्यापक श्रम विभाजन भएको छ । त्यही श्रम विभाजनले गर्दा संसारका धेरै मान्छे आआफ्नो जिम्मा र क्षेत्रमा सीमित भएका छन् । मानवले मानवलाई हेर्ने र अन्तरविरोधलाई समाधान गर्न आवश्यक छ । स्वतन्त्रता आवश्यकताको अनुभूति हो । आफ्नो वर्गीय हैसियत आफूलाई जानकारी नभएसम्म आफ्नो मुक्तिका लागि गर्नुपर्ने कामको जानकारी हुन्न । विरोधी पक्षको स्थान रहेको परिस्थिति निश्चित भएपछि मात्रै सङ्घर्षको स्वरूप निर्धारण हुन्छ । विकासको निश्चित चरण निश्चित समय र निश्चित परिस्थितिको कारणले अस्तित्वमा आएको हो । कुनै पनि वस्तु अन्तिम निरपेक्ष र पूर्ण हुन सक्दैन । क्रान्तिकारी स्वरूप आफै निरपेक्ष हो ।

    मानिसले भाववादी भएर ती प्रवृत्तिको अनुसरण र स्वीकार गर्नाको कारण आदर्शवादी शक्तिको प्रभावमा भएकाले र भौतिकवादी हुन नसकेकाले हो । प्रकृतिमा स्थायी प्रतीत हुने वस्त मात्र होइन मानसिक बिम्बमा पनि अग्रगतिले आफ्नो लागि बाटो बनाउँछ । मौलिक विचारलाई शब्दमा स्वीकार गर्नु एउटा र मामुली पक्ष हो । त्यसलाई व्यापक रूपमा प्रयोग गर्नु त्योभन्दा महत्त्वपूर्ण र कठिन काम हो । चिन्तनको विज्ञानमा परिणाम र लक्ष्य अनुरूपताको मापदण्डलाई हेर्दा सबैभन्दा विकसित पक्षमा समेत ठुलो अन्तर छ । माक्र्सवादी–लेनिनवादीले कम्युनिस्ट पार्टीका सदस्यमा क्रान्तिकारी सर्वहारा विश्वदृष्टिकोण बनाउन विशेष जोड दिन्छन् । एउटा क्रान्तिकारीको मुख्य गुण पार्टीको काममा निरन्तरता हो । मृत्युको दिनसम्म आफ्नो सैद्धान्तिक अवस्थामा दृढ रहेर मिहिनेतकश जनताको सेवामा अगाडि बढिरहने हो ।

    कोही कम प्रतिशत कम्युनिस्ट भए पनि उसको दृष्टिकोणलाई उठाएर सकृय र अनुशासित पार्दै बढी प्रतिशतको कम्युनिस्ट बनाउन सकिन्छ र बनाउँदै जानुपर्छ । एउटा कम्युनिस्टले आफ्नो पार्टीजीवनमा र क्रान्तिकारी सङ्घर्षको दौरानमा कैयौँ प्रकारका बाधा कठिनाइको सामना गरिरहनुपर्छ । त्यस्तो कुनै अवस्थामा विचलित हुनुहुन्न । कम्युनिस्टमा क्रान्तिप्रति समर्पणको भावना हुनुपर्छ, तब मात्रै हजारौँ वर्षदेखि कायम रहेको शोषणप्रधान व्यवस्थालाई समाप्त पारेर साम्यवादी समाज स्थापना गर्न सकिन्छ ।

    पार्टीका धेरै सदस्यहरू निम्नपुँजीवादी दृष्टिकोणसहित आएकाले सर्वहारा दृष्टिकोण अपनाउन कठिन हुन्छ । हाम्रो प्रयत्न बढीभन्दा बढी सर्वहारा विश्वदृष्टिकोण बनाउनमा र दिक्षित पार्नमा नै हुनुपर्छ । सर्वहाराले जीवन निर्वाहका सबै साधन गुमाइसकेर श्रमशक्ति मात्र बाँकी रहेको हुन्छ । गुमाउन हत्कडी र जित्न सके सबै संसार उसको हुन्छ । उनीहरू सामूहिक रूपले काम गर्न अभ्यस्त पनि हुन्छन् ।

    निम्नपुँजीपति वर्गमा क्रान्तिकारी स्पिरिट र अनुशासन दुवैको कमी हुन्छ । व्यक्तिगत प्रकारका उत्पादन प्रणालीसित सम्बन्धित भएकाले उनीहरूको झुकाव व्यक्तिवादिता र अराजकतातिर नै बढी हुन्छ । व्यवहारमा जनवादलाई भन्दा केन्द्रीयतालाई पालना गर्न कठिन हुन्छ किनभने आफ्नो इच्छाका विपरीत भए पनि महाधिवेशन, केन्द्रीय समिति, उच्च समिति वा बहुमतको निर्णय मानेर काम गर्नुपर्ने हुन्छ । छलफलमा स्वतन्त्रताभन्दा काममा एकताको सिद्धान्त पालन गर्न कठिन हुन्छ ।

    रुस र चीनमा भएका प्रतिक्रान्तिका घटनाले बताउँछ कि कम्युनिस्ट आन्दोलनमा विश्वदृष्टिकोणको प्रश्नको धेरै महत्त्व हुन्छ । सर्वहारा दृष्टिकोण सर्वहारा वर्गको विकसित रूप दुधबाट घिउ निस्के जस्तै रूप हो । एकातिर, पुँजीवादी प्रणालीबाट हुने विभिन्न लाभबाट बञ्चित हुने आशङ्का, अर्कोतिर पुँजीवादी विचारको असरले मजदुरमा गैरक्रान्तिकारी विचारले घर जमाउँछ । क्रान्तिकारी सिद्धान्त र भौतिक परिस्थिति दुवैले एकार्कोलाई प्रभावित पार्दछन् । त्यस्तै, वर्गीय चरित्र र विश्वदृष्टिकोण दुवैले पनि एकार्कालाई प्रभावित पार्दछन् ।

    व्यक्तिगत सम्पत्तिवरिपरि नै सम्पूर्ण समाज, व्यवस्था, दर्शन, राजनीति, धर्म, नैतिकता आदि घुमिरहेका हुन्छन् । श्रमजीवी जनताले श्रम गरेर नै जीवन निर्वाह गर्नुपर्ने आवश्यकता हुन्छ । पेसेवर रूपमा नै क्रान्तिकारी बन्ने सम्भावना हुन्न । कोही चेतनशील अग्रगामी तत्त्व नै कम्युनिस्ट पार्टीमा सामेल हुन्छन् । उनीहरूमध्ये केही चुनिएका व्यक्ति मात्र पेसेवर क्रान्तिकारी बन्न सक्दछन् ।

    विश्वदृष्टिकोण पनि कुनै स्थिर कुरा होइन । निम्नस्तरबाट उच्च क्रान्तिकारी अवस्थाबाट पलायन र पतनको दिशामा जाने दुवै प्रवृत्ति हुन सक्छन् । क्रान्तिकारी बनाइराख्ने हाम्रो प्रयत्न हुनुपर्छ । स्थिति जति प्रतिकूल भए पनि आफ्नो सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक गतिविधिलाई अरू बढाएर कम्युनिस्ट आन्दोलन र समाजवाद विजय हुने कुरामा हामी विश्वस्त छौँ ।

    सर्वहारा वर्गीय विश्वदृष्टिकोणको समस्या समाधान गर्न नसकेको अवस्थामा पार्टी पतनको दिशामा बढ्दै जान्छ । त्यसैले संशोधनवादी वा बुर्जुवा वर्गको पार्टीमा रूपान्तरण हुनबाट पार्टीलाई बचाउन र सङ्गठनात्मक रूपले विसर्जनको अवस्थाबाट बचाइराख्न प्रयत्न गर्नैपर्छ । सच्चा बोल्सेभिक पार्टीको हैसियतले वास्तविकतालाई कमजोरी स्वीकार गर्ने र विश्वदृष्टिकोण बदल्ने काममा उच्च प्रयत्न गर्नैपर्छ । यो समस्या पार्टीको क्रान्तिकारी भविष्य र अस्तित्व रक्षाका लागि आवश्यकता अहिले पनि खडा भएको छ । यो कवल सैद्धान्तिक काम मात्र होइन, हाम्रो व्यवहारसित घनिष्ट रूपमा जोडिएको प्रश्न हो । यसको प्रकृति एकातिर, वर्गसङ्घर्षको दौरानमा स्पष्ट हुँदै जान्छ भने अर्कोतिर, हाम्रो व्यवहारले पनि सही र क्रान्तिकारी रूप लिन सक्छ । यो हाम्रो दार्शनिक समझदारीसँग घनिष्ट रूपले जोडिएको हुन्छ । द्वन्द्वात्मक भौतिकवादलाई अँगाल्ने र अभिधूतवादी चिन्तनबाट बच्न सक्ने हुनुपर्छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्त, समाज विज्ञान र वर्गसङ्घर्षका दौरानमा विकसित हुँदै जान्छ ।

    देशमा सर्वहारा वर्गको विकास नभएकाले पार्टी सर्वहारा वर्गको हुने तर त्यसको सङ्गठनात्मक स्वरूप र चेतनाको प्रकृति निम्नपुँजीवादी हुनु अहिलेको समस्या हो । त्यसैले सर्वहारा वर्गको पार्टीका जिम्मेवारी पूरा गर्न असमर्थ बनाएको छ । त्यसको निराकरण सर्वहारा विश्वदृष्टिकोणको विकासपछि मात्र हुन्छ । यो हाम्रो जीवन र व्यवहार पार्टीका राजनीतिक र सङ्गठनात्मक क्रियाकलाप, आन्दोलन आदिसित घनिष्ट रूपले जोडिएको प्रश्न हो ।

    कम्युनिस्ट पार्टी मिहिनेतकश जनताका सबैभन्दा अगाडि बढेका अग्रिम तत्त्वको राजनैतिक पार्टी हो । गैरसर्वहारा विश्वदृष्टिकोणका कारणले पार्टीको काममा पर्याप्त समय नदिने, व्यक्तिगत र पारिवारिक स्वार्थलाई प्राथमिकता दिने निष्कृय र पलायनको बाटो अँगाल्ने, जिम्मेवारी पूरा नगर्ने, राजनीतिकभन्दा व्यक्तिगत मित्रता, प्रतिष्ठा, लाभ, महत्त्वाकाङ्क्षा आदिद्वारा प्रेरित भएर काम गर्ने लक्षण देखा पर्दछन् । विश्वदृष्टिकोणका कारणले जनवर्गीय सङ्गठनभन्दा पार्टी सङ्गठनलाई गौण ठान्ने केन्द्रीय हितको तुलनामा इलाकीय हितमा जोड दिने आदि लक्षण पनि देखा पर्छन् ।

    हामीले समस्याको गहिराइमा गएर समस्यालाई बुझ्ने प्रयत्न गर्दा व्यावहारिक कारणले भन्दा बढी चिन्तनको गैरक्रान्तिकारी स्वरूपले गर्दा नै काम गरेको हुन्छ । केन्द्र बलियो नभए सबै पार्टी कमजोर हुन्छ । त्यसबाट जनवर्गीय सङ्गठन र आन्दोलन कमजोर हुन्छ । आर्थिक र कार्यकर्ताको समस्या समाधान हुन्न । विश्वदृष्टिकोणसँग क्रान्तिकारी परिस्थिति निर्माण गर्न परिश्रम नगर्ने सशस्त्र सङ्घर्षको तीव्र आकाङ्क्षा राख्ने तर आफ्नो निरन्तरतामा ध्यान नदिने आदि लक्षण देखिन्छन् । सिद्धान्तको अध्ययनमा कमीले त्यस्तो हुन्छ ।
    कम्युनिस्ट पार्टीले आफू नेतृत्वदायी भूमिकामा रहेर समाजवाद, साम्यवादको प्रचार गर्र्दै नयाँ जनवादी क्रान्तिको तयारी गर्ने गर्नुपर्छ ।

    पार्टी, सङ्गठन, आन्दोलन र कार्यशैलीलाई क्रान्तिकारी रूप दिनका लागि कार्यकर्ताको चिन्तन र विश्वदृष्टिकोणमा गुणात्मक परिवर्तन नल्याइकन सम्भव छैन । पार्टीसदस्यको सर्वहाराकरणको प्रश्न विशुद्ध सैद्धान्तिक मात्र नभई तात्कालिक व्यवहार, आन्दोलन र सङ्गठनात्मक क्रियाकलाप सबैमा नकारात्क असर पारेको छ । पार्टीसदस्यको दृष्टिकोण, चिन्तन र चरित्रको सर्वहाराकरण अनि माक्र्सवादी–लेनिनवादी चेतना विकासको कार्य एउटा लामो दीर्घकालीन र जटिल कार्य हो । प्रत्येक सदस्य र पूरै पार्टीमा बढीभन्दा बढी सर्वहाराकरणको प्रयत्न गर्दै जानुपर्छ । उच्चस्तरमा सर्वहाराकरण जति बढ्दै जान्छ, त्यति नै पार्टीका कामप्रति स्पष्टता, दृढता स्थायित्व र निरन्तरता हुँदै जाने छ । दुस्मन र अवसरवादीको खतरासित जुध्ने र प्रतिरोध गर्ने क्षमताको विकास गर्ने, त्याग र बलिदानको स्पिरिटको विकास गर्ने, अनुशासन र जिम्मेवारीको भावना बढाउने सबै काम चिन्तन र चरित्रमा सर्वहाराकरण भएका व्यवहार हुन् ।

    बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.