काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले काठमाडौँ जिल्ला समिति गठन गर्दै चौथो साहित्यिक पदयात्रा सम्पन्न गरेको छ ।
२६ स्रष्टा तथा कलाकारको सहभागितामा नुवाकोटको ककनीदेखि गुर्जेभन्ज्याङसम्म २०८० पुस २७ गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।
पदयात्रामा ८ वर्षीय सान्वी तथा सुहेम, १२ वर्षीय सङ्घर्षको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा भीष्म जोशी, ऋतु केसी, समष्टि बुढा, ध्रुव बस्याल, सान्वी जोशी र मालता बेल्बासेले कविता वाचन गर्नुभएको थियो ।
त्यस्तै, हेमराज आश्रम, समीर सिंह, कविता चौधरी, नेत्र राना, साहिल थापा, पूजा बेल्बासे, मदन पाण्डेले र सुहेम पुनले गीत प्रस्तुत गर्नुभएको थियो ।
कविता केसी, घनश्याम न्यौपाने, दीप गोले, सङ्घर्ष न्यौपानेले साहित्य तथा संस्कृतिका बारेमा अनुभूति प्रस्तुत गर्नुभएको थियो ।
संयोजक ऋतु केसी
पदयात्राकै क्रममा ऋतु केसी संयोजक रहनुभएको अन्पाको काठमाडौँ जिल्ला समिति गठन गरिएको थियो ।
समितिको सदस्यहरूमा मेस्मा पुन, समष्टि बुढा, मालता बेल्बासे, नेत्र राना, मदन पाण्डे, पूजा बेल्बासे, साहिल थापा, कविता केसी, हरि सर्तुङी, कविता चौधरी, निलम सिञ्जाली र ध्रुव बस्याल रहनुभएको छ ।