कैलाली । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा गङ्गाराम चौधरी निर्विरोध चयन भएका छन् । लामो रस्साकस्सीपछि प्रतिनिधि सभा सदस्य चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।
Advertisement
कैलालीको टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा अध्यक्षमा रेशम चौधरीसहित २५ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा गङ्गाराम चौधरी, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्म चौधरी, नेता ठाकुरसिंह थारुले दाबी गरेका थिए ।
अन्तिममा थारुले उम्मेदवारी फिर्ता लिए पनि भौतिक पूर्वाधार मन्त्री रहेका चौधरीले फिर्ता लिन मानेका थिएनन् । उनलाई अन्य जिम्मेवारी दिने सर्तमा महासचिवको जिम्मेवारी गङ्गाराम चौधरीलाई दिइएको पार्टीका अध्यक्ष रेशमलाल चौधरीले बताए ।