• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अपहरण वा शरीर बन्धकसम्बन्धी कानुनी व्यवस्था


  •   शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
  • सन्जीवकुमार श्रेष्ठ ##

    Advertisement

    विषय प्रसङ्ग नेपालको संविधान, मुलुकी फौजदारी संहिता–२०७४, विभिन्न ऐन, कानुनी नियममा अपहरण वा शरीर बन्धकसम्बन्धी विभिन्न कानुनी प्रावधान कोरिएको होला तापनि यस लेखमा मुलुकी फौजदारी संहिता–२०७४ मा अपहरण वा शरीर बन्धकसम्बन्धी कानुनी व्यवस्थाबारे मात्र चर्चा गरिने छ ।

    हाम्रो देशलगायत भारत, चीन, जापान अन्य देशमा यससम्बन्धी फरक फरक कानुनी व्यवस्था रहेका छन् तापनि हाम्रो देशको मुल कानुन संविधानबाट सिर्जित मुलुकी अपराध संहिता–२०७४ को भाग–२ को परिच्छेद–१७ मा अपहरण वा शरीर बन्धकसम्बन्धी विभिन्न कसुरजन्य कार्यलाई अपराधीकरण कसुर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ । उक्त परिच्छेदमा उल्लिखित कसुरजन्य कार्यमध्ये दफा २११, २१२, २१३, २१४, २१५, २१६, २१७ र २१५ मा उल्लेखित कसुर, कसुर गर्ने कसुरदारलाई गर्नुपर्ने कैद र जरिवानाको व्यवस्था गरिएको छ ।

    उक्त फौजदारी संहितामा अपहरण तथा शरीर बन्धक कसुर भनेको के हो भनी खोतल्दा कसैले कुनै व्यक्तिलाई अपहरण गर्न वा गराउनुहँुदैन । यदि कसैले कुनै व्यक्तिलाई बलप्रयोग गरी, धम्की दिई, छलकपट गरी, डरत्रास र जोरजुलुम गरी, हातहतियार देखाई, नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई, यात्रा गरिरहेको सवारीसाधन कब्जा गरी वा नियन्त्रण लिई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण गरेको मानिने छ भनी उल्लेख छ ।

    बालबालिका वा शारीरिक अपाङ्ग भएको, अरूको आश्रयमा रहेबसेको, मानसिक रोगको कारण होस नरहेको व्यक्तिलाई निजको संरक्षक वा बाबाआमाको मञ्जुरीबिना जबरजस्ती कुनै ठाउँमा लगेमा पनि अपहरण गरेको मानिने रहेछ ।

    त्यस्तै कसैले कसैको शरीर बन्धक लिनुहुँदैन । यदि कुनै व्यक्तिलाई निजको मन्जुरीबिना वा बालबालिका र होसठेगान नभएको व्यक्ति भए निजको संरक्षक बाबुआमाको मन्जुरीबिना बलप्रयोग वा हातहतियारको आडमा छलकपट, नसालु पदार्थ वा मादक पदार्थ खुवाई, यातायात साधन कब्जा गरी नियन्त्रण राखेमा समेत शरीर बन्धक लिएको मानिन्छ भने मानसिक रूपमा अशक्त व्यक्तिलाई निजको संरक्षक वा निजको बाबुआमाको मन्जुरी नलिई निजको हितका लागि उपचार, निगरानी र नियन्त्रणमा राखिएको अवस्थामा शरीर बन्धक लिएको मानिने छैन ।

    माथि उल्लेख भएअनुसार अपहरण वा शरीर बन्धक भनेको के हो भन्ने कुरा स्पष्ट रूपमा बुझिन्छ ।

    अब उक्त अपराध गरेमा के कस्तो सजाय हुने रहेछ ? त्यसतर्फ पनि हेरौँ ।

    यदि कहिँ कसैले कानुन विपरीत कसैको शरीर बन्धक वा अपहरण गरेमा हुने सजाय कसैले कसैको ज्यान लिने, कुटपिट गरी चोट पुर्‍याउने, जबरजस्ती करणी वा अप्राकृतिक मैथुन गर्ने, मानिस बिक्री गर्न वा दास बनाउने वा इच्छा विरुद्ध जबरजस्ती काममा लगाउने, वेश्यावृत्तिमा लगाउने, यातना दिन कुनै कार्य गर्न गराउन बाध्य बनाउने, मुक्ति रकम लिनेका वा अन्य कसुर हुने अन्य कुनै काम लगाउने उद्देश्यले अपहरण वा शरीर बन्धक लिएमा सातदेखि १० वर्षसम्म कैद र ७० हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना र अन्य उद्देश्यले गराएमा तीनदेखि पाँच वर्षसम्म कैद र ३० हजारदेखि ५० हजारसम्म जरिवानासमेत हुन्छ ।

    अपहरण वा शरीर बन्धकमा अझ थप सजाय समेत हुने छ† जस्तै : अपहरण गरी शरीर बन्धक लिनेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र एक लाखदेखि एक लाख ५० हजारसम्म जरिवाना हुने छ ।

    त्यस्तै, अपहरण र शरीर बन्धक लिइसकेपछि कानुनबमोजिम कसुर मानिने अन्य कसुर गरेको रहेछ भने त्यसमा अझ थप सजाय हुने छ भने अपहरण र शरीर बन्धकको कसुर सङ्गठित रूपमा कसैले गरे/गराएको रहेछ भने सो कसुरमा थप दुई वर्ष कैदसजाय हुने छ ।

    कसैले कसैलाई अपहरण वा शरीर बन्धक राख्न, कसुर गर्न दुरुत्साहन, आदेश दिनुहुँदैन । यदि कसुर भएमा मुख्य व्यक्ति कसुरदारलाई भएसरहको सजायसमेत हुने छ । कसैले अपहरण वा शरीर बन्धकको कसुर गरी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरी अन्य कसुर गर्ने वा कसुरदार गिरोहलाई समात्न/पक्रन सहयोग गरेमा अदालतले निजलाई कम सजाय गर्न सक्ने छ ।

    क्षतिपूर्तिको हकमा
    अपहरण वा शरीर बन्धक लिएको कानुनबमोजिम ठहरेमा जसले अपहरण वा शरीर बन्धक लिएको हो, सो पीडकबाट पीडितले उचित क्षतिपूर्तिसमेत भराइलिन पाउने छ । यदि पीडित व्यक्तिको मृत्यु भएमा निजको नजिकको हकदारले क्षतिपूर्ति भराइलिन पाउने कानुनी व्यवस्थासमेत रहेको छ ।

    उजुर गर्ने हदम्यादको सम्बन्धमा
    शरीर बन्धक लिई कसैको ज्यान लिएमा जहिलेसुकै उजुर गर्न पाउने छ भने अन्य कसुर भएगरेमा भएगरेको मितिले दुई वर्ष उजुर गर्नुपर्ने छ । अपहरण वा शरीर बन्धक लिएको कसुरमा भने पीडित कसुरबाट मुक्त भएको मितिले छ महिनाभित्र उजुर गर्नुपर्ने छ नत्र उजुर नलाग्ने कानुनी व्यवस्था रहेको छ ।

    अभिलेख अदालत
    सर्वोच्च अदालतबाट यस सम्बन्धमा समय समयमा विभिन्न नजिर प्रतिपादन भएको छ, जसमध्ये केही नजिर हेरौँ ।

    नेपाल कानुन पत्रिका निर्णय नम्बर ९८८९, अपहरण तथा शरीर बन्धक भाग २०५९, साल २०७४, महिना माघ, अङ्क १० फैसला मिति २०७४ भदौ ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट फैसला भएको छ ।

    मुलुकमा कानुन तथा व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न, विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायबिचको सुसम्बन्ध तथा शान्ति कायम गर्न, फौजदारी कसुर निवारण र नियन्त्रण गर्न र तत्सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गरी समयानुकूल फौजदारी कसुरसम्बन्धी संहिताको व्यवस्था गर्न बनेको ऐन हो ।

    अपहरण तथा शरीर बन्धक लिने अपराध सङ्गठित तबरले हुने गरेकाले त्यस्तो अपराधमा प्राय: एकभन्दा बढी व्यक्तिको संलग्नता रहेको हुन्छ । यस्ता प्रकृतिको अपराधमा विभिन्न व्यक्तिको विभिन्न भूमिका हुन सक्ने र मुख्य बारदात घटाउने स्थलमा वास्तविक रूपमा वारदातमा संलग्न व्यक्तिभन्दा कम सङ्ख्यामा व्यक्तिहरू उपस्थित भई बारदात घटाएको हुने तर यस्तो बारदातमा घटनास्थलमा नदेखिने व्यक्तिको भूमिका गौण वा सहायक नहुने, निजको भूमिका बारदात स्थलमा देखिने व्यक्तिको जत्तिकै वा अझै महŒवपूर्ण हुने देखिन्नछ ।

    अपहरणसम्बन्धी अपराध मानवता विरुद्धको अपराध भएको र त्यस प्रकृतिको अपराधमा संलग्न व्यक्तिको पृथक् पृथक् भूमिका रहने हुँदा बारदात स्थलबाट पक्राउ नपर्दैमा कसुरमा संलग्न रहेको छैन भनी निष्कर्षमा पुग्न नमिल्ने, अपहरित नाबालकलाई उद्धार गर्ने क्रममा भएको गोली हानाहानबाट दुई जनाको मृत्यु भई नाबालकको उद्धार गरी ल्याइएको तथ्य प्रहरी कर्मचारीको बकपत्रबाट समर्थित भइरहेकोमा जाहेरवाला र पीडितको बकपत्र नहुँदैमा कसुर नै स्थापित नभएको भन्न नमिल्ने देखिन्छ ।

    त्यस्तै, निर्णय नं. १०५३६, मानव अपहरण तथा शरीर बन्धक, भाग ६२, साल २०७७, महिना कात्तिक, अङ्क ७, फैसला मिति २०७६ फागुन ७, सर्वोच्च अदालतको संयुक्त इजलासमा प्रहरीले सवारी साधन नियन्त्रणमा लिई हतियारसहित अपहरणको कार्य सम्पन्न गर्न उद्यत रहेका खतरनाक प्रतिवादीलाई तत्काल नेचुरलाइज गरी अपहरणको कार्य सम्पन्न हुन नसकेको अवस्थामा अपराध पूर्ण भई अपहरण भइसकेको मान्न नमिल्ने (प्रकरण नं.१०) ।

    अपहरण तथा शरीर बन्धक लिने कार्यको उद्योग हुनमा अभियुक्तको त्यस्तो कार्य गर्ने मनसाय यथेष्ठ रूपमा प्रमाणित हुनुपर्दछ ।

    अपहरण गर्ने कार्यको तयारी पूरा भएको हुनुपर्दछ । अपहरण तथा शरीर बन्धक लिन त्यस्तो तयारी प्रर्दशन भई पीडितलाई नियन्त्रण वा कब्जामा लिने प्रयत्न भएको वा नियन्त्रण वा कब्जामा लिई उक्त कार्य पूरा गर्ने क्रममा कुनै एक्स्ट्रानस फ्याक्टरको हस्तक्षेप भएको वा अभियुक्त त्यस्तो कार्य गर्न ड्यान्जरर्स प्रोक्सिमिटी टू द एन्ड अर सक्सेसको नजिक पुगी असफल भएको हुनुपर्ने देखिन्छ ।

    उद्योगसम्बन्धी अपराधमा सजायको उद्देश्य अपराधीलाई मात्र दुरुत्साहन गर्ने नभई खतरनाक अपराधपूर्व गरिने आपराधिक कार्यलाई पनि दुरुत्साहन गर्नु भएकाले मुलुकी ऐन, अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको ५ नं. को ‘कसुर गरी नसकेको’ र मुलुकी अपराध संहिता–२०७४ को दफा ३४(१) को ‘कसुर गर्ने’ मनसायसहित पीडितलाई नियन्त्रण वा कब्जामा लिई एक्स्ट्रानस फ्याक्टरको रूपमा तत्कालै प्रहरीले हस्तक्षेप गरी पीडितलाई छुटाई अपहरणको कार्य पूर्ण हुन नसकेको अवस्थामा कसुर ड्यान्जरर्स प्रोक्सिमिटी टू द एन्ड अर सक्सेसको अवस्थामा मात्र पुगे तर कसुर गरी नसकेको अवस्था मान्नू भनी व्याख्या भएको छ ।

    शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.