काठमाडौं । रुसी सेनामा आवद्ध थप एक नेपाली युवकको ज्यान गएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको हो ।
Advertisement
प्युठान नगरपालिका उपप्रमुख एवम् नेपाली कांग्रेस, प्युठानका उपसभापति देवेन्द्र वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्।
हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ। यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो।
परराष्ट्रका अनुसार रुसी सेनामा करिब दुई सय नेपाली छन्। चार जना युक्रेनी सेनाको बन्धक रहेको मन्त्रालयले जनाएको छ।