• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विशद दाहालको निलम्बन फुकुवा गर्न शिक्षामन्त्रीले दिएको निर्देशन सुनिल शर्माले टेरेनन्


  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक सुनिलकुमार शर्माले शिक्षामन्त्रीको निर्देशन अटेरी गरेका छन् ।

    Advertisement

    शिक्षामन्त्री अशोककुमार राईले आवासीय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्बन फिर्ता गर्न काठमाडौँ विश्वविद्यालयलाई दिएको निर्देशनप्रति केएमसीका सञ्चालक शर्माले आपती जनाएका हुन्।

    मन्त्री राईले काठमाडौँ विश्वविद्यालयको सहकुलपतिको हैसियतमा डा. दाहालमाथिको निलम्बन फिर्ता गर्न मंगलबार विश्वविद्यालयलाई निर्देशन दिएका थिए।

    उनले प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै दाहालमाथिको कारबाही फुकुवा गर्न विश्वविद्यालयलाई निर्देशन दिएका थिए।

    शिक्षामन्त्री राईले डा.दाहालमाथिको निलम्बन फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिएर पदको दुरुपयोग गरेको आरोप शर्माले लगाएका छन्। उनले शिक्षामन्त्री राईको निर्देशनविरुद्ध कानुनी उपचारको खोजी गर्ने पनि बताएका छन्।

    दाहाललाई कलेजको नियम विपरित कार्य गरेकोमा निलम्बन गरिएको दाबी गर्दै शर्माले शिक्षामन्त्री राईले निलम्बन फुकुवा गर्न पत्राचार गर्नु पदको दुरुपयोग भएको दाबी गरेका हुन्।

    ‘आचरण विपरित कार्य गरेका एक जना विद्यार्थीलाई एक महिना निलम्बन गरेको विषयमा मन्त्रीजस्तो व्यक्तिले निलम्बन फुकुवा गर्न पत्र काट्नु गर्नु हास्यास्पद र लज्जास्पद विषय हो। शिक्षामन्त्रीको पत्रले हामीलाई कुनै फरक पर्दैन,’ शर्माले भने, ‘एउटा विद्यार्थीले आचरण विपरित कार्य गर्दा त्यसलाई बचाउन र संरक्षण गर्न शिक्षामन्त्री आफैं सक्रिय हुन्छन् भने त्यो हास्यास्पद विषय हो।’

    निजी स्तरबाट सञ्चालित काठमाडौं मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई स्वास्थ्य शिविरका नाममा विभिन्न स्थानमा जबरजस्ती लैजाने गरेको भन्दै डा. दाहालले त्यसको प्रतिवाद गरेका थिए।

    ३ दिनअघि मात्रै शिविरमा गएर फर्किएका उनलाई अस्पतालले अर्को शिविर पठाएपछि उनले शिविरमा नजाने अडान लिएका थिए । त्यसपछि गत बिहीबार अस्पताल प्रशासनले उनलाई निलम्बन गरेको हो ।

    डा. सुनिल शर्मा कांग्रेसका सांसद हुन् । शर्माले आफ्नो राजनीतिक फाइदाका लागि आवासीय चिकित्सकहरुको प्रयोग गरेको भन्दै उनीहरुले त्यसको प्रतिवाद गरेका हुन् । डा. दाहालले आवासीय चिकित्सकको नेतृत्व गरेका कारण अस्पतालले एक महिनाका लागि निलम्बन गरेको थियो ।

    ‘स्वास्थ्य शिविर सञ्चालन गर्ने कुरा नराम्रो होइन तर यहाँ व्यक्तिगत एजेन्डाका लागि शिविर सञ्चालन भइरहेको थियो। कोही मान्छेको राजनीतिक प्रचारप्रसार र दाउपेचका लागि हामी कतिञ्जेल प्रयोग हुने?’ डा. दाहालले प्रश्न गरे ।

    यतिबेला उनको निलम्बन फुकुवाको माग गर्दै केएमसीको गेटअगाडि दैनिक चिकित्सकहरुले प्रदर्शन गर्ने गरेका छन् ।

    बुधबार, पुष २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.