• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अक्टोबर समाजवादी क्रान्ति


  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    पेरिसनजिकै लेनिनले खोल्नुभएको पार्टीस्कुलले प्रगतिशील मजदुरलाई राजनीतिक शिक्षा प्रदान गर्नमा निकै ठुलो भूमिका खेलेको थियो । लेनिनको वैज्ञानिक र ठोस माक्र्सवादी विश्लेषणका कारणले जार शासनको अन्त गरेर समाजवादी व्यवस्था स्थापना गर्न सम्भव भएको हो । जारशाही जेल तथा निर्वासनबाट भागेर आई प्रवासमा बस्न बाध्य भएका रुसी मजदुरहरू लेनिनले खोलेको स्कुलमा भर्ना हुन्थे । उनीहरूलाई माक्र्सवादी क्रान्तिकारी सिद्धान्त अध्ययन गराइन्थ्यो । त्यहाँ उनीहरूले श्रमिक आन्दोलनको निर्देशनकला सिक्दथे । लेनिनको नेतृतवमा बोल्सेभिकहरू श्रमिक जनताको वास्तविक स्वाधीनता प्राप्त गर्न हुने भावी लडाइ तयारी गर्ने गर्दथे ।

    मार्च १९१२ मा लेना नदीको निकटवर्ती क्षेत्रमा रहेका सुनखानीका मजदुरले हडताल सुरु गरे । ४ अप्रिलको दिन तीन हजारभन्दा बढी मजदुर आप्mना माग पेस गर्न सुनखानीको मुख्य अफिसतिर लागेका थिए । मालिकले डाकेका सेनाको गोलीबाट रगतले मुछिएको हिउँमा दुई सय सत्तरीओटा मृत लास र दुई सय पचास जना घाइते लडेका थिए ।

    लेना स्वर्ण क्षेत्रमा भएको त्यस हत्याकाण्डको खबरले रुसका सबै इमान्दार मान्छेलाई व्यथित र क्रुद्ध तुल्याएको थियो तर जारशाही मन्त्री मार्कोभले “सधैँ यस्तै हुने गर्दथ्यो र भविष्यमा पनि यस्तै हुने छ” भनेका थिए ।

    धेरैजसो सहरमा हड्तालको आयोजना गर्दा हडतालीको सङ्ख्या तीन लाखसम्म पुगेको थियो । सन् १९१२ को मे दिवसको उपलक्ष्यमा लाखौँलाख विरोध प्रदर्शन गरे । बोल्सेभिकद्वारा नेतृत्व गरिएको जनसमूहको एकीकृत क्रियाकलापको अगाडि घोर दमन र क्रान्तिकारीमाथि गरिने सम्पूर्ण अत्याचारको पनि केही लागेन ।

    लेनिनले लेख्नुभयो– “अखिल रसियाली सर्वहारा वर्गको भव्य मे हड्ताल र यस हड्तालसँग सम्बन्धित प्रदर्शन, प्रचारबाजी तथा मजदुरसमक्ष गरिएको क्रान्तिकारी भाषणले स्पष्ट रूपमा देखाएका छन्, अब रुसले क्रान्तिकारी उभारको क्षेत्रभित्र प्रवेश गरिसकेको छ ।”

    बोल्सेभिक अखबार प्रावदाको पहिलो अङ्क मे ५, १९१२ मा प्रकाशित भएर महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

    सन् १९१३ मा रुसभरि एकैपटक बाह्र लाख बहत्तर जना मजदुरले हड्ताल गरे भने सन् १९१०–१४ बिच तेह्र हजारभन्दा बढी किसान आन्दोलन भए ।

    अगस्त १, १९१४ मा विश्व साम्राज्यवादी युद्ध सुरु भयो । जारशाही सरकारले मजदुरको क्रान्तिकारी आन्दोलन दबाउन यस मौकाबाट फाइदा उठायो । युद्धरत सरकार र बुर्जुवा पार्टीले यो युद्ध राष्ट्रियता बचाउनका लागि लडिँंदै छ र जनतालाई पितृभूमिको रक्षा गर्न आह्वान गरे । लडाइँको सुरुमा रुसमा ४० लाखजति र युद्धावधि सन् १९१४–१९१८ सम्म डेढ करोड मानिस सेनामा लिइएका थिए ।

    १८८९ मार्चमा गठन भएको रसियाली जनवादी मजदुर पार्टीको मिन्समा सम्पन्न पहिलो महाधिवेशनमा नौ जना प्रतिनिधिले भाग लिएका थिए । त्यो नै बोल्सेभिकको सुरु अवस्था थियो ।

    युद्धको सुरुदेखि नै बोल्सेभिकले यो युद्ध अन्यायपूर्ण भएको र साम्राज्यवादीले आप्mनो निजी स्वार्थपूर्तिका लागि लडाइँ सुरु गरेका हुन् भन्ने कुरा बुझाउँदै आएका थिए । जारशाही सैनिक अदालतले बोल्सेभिक प्रचारकलाई मृत्युदण्ड दिने गर्दथ्यो । किसान र मजदुरले युद्धबारे थाहा पाउँथे ।

    जनताले बोल्सेभिकका “साम्राज्यवादी युद्धलाई गृहयुद्धमा परिणत गर !”, “युद्ध मुर्दावाद !”, “जार मुर्दावाद ” जस्ता नाराको समर्थन गर्न लागे । १९१७ को फेब्रुअरी महिनामा अब राजतन्त्र अरू बढी राख्न असम्भव छ भन्ने बुझेका रुसी बुर्जुवा वर्गका प्रतिनिधिले जार निकोलाई द्वितीयलाई गद्दी त्याग्न अनुरोध गर्न थाले । नयाँ गठन भएको सरकारमा चुनाव नभएसम्म अस्थायी रूपमा जमिन्दार तथा मिलमालिक सम्मिलित थिए । युगौँदेखि जनताको शोषण गर्दै आएको तानाशाही शासन ढलेको थियो । लेनिनले अस्थायी सरकारमाथि विश्वास नगर्न र सङ्घर्ष जारी राख्न आह्वान गर्नुभयो ।

    बोल्सेभिक पार्टीको इतिहासमा अवसरवाद विरुद्धको सङ्घर्षले ठुलो महत्त्व राख्दछ । अप्रिल ३, १९१७ का दिन लेनिन पेट्रोग्राड आइपुग्नुभयो । आफ्नो पहिलो भाषणमा पुँजीपति र जमिनदारको सत्ताको ठाउँमा श्रमिक जनताको सत्ता कायम हुनुपर्छ; अन्तमा “समाजवादी क्रान्ति जिन्दावाद !” भनेर भाषण टुङ्ग्याउनुभएको थियो ।

    अप्रिल ४ का दिन बोल्सेभिकको बैठकमा लेनिनले पार्टीको भावी कार्यक्रमको योजना प्रस्तुत गर्नुभयो ।

    त्यसमा यी माग सामेल थिए : १. जनताका अगाडि अस्थायी सरकारका कबुलको कपटी चरित्र स्पष्ट पार्नुपर्छ । २. सोभियतमा मेन्सेभिक र ऐसेरको गद्दारीको भण्डाफोर गरिनुपर्छ । ३. सोभियतलाई बोल्सेभिकको पक्षमा ल्याउनुपर्छ । ४. मजदुर र सैनिक डेपुटीका सोभियतले किसानलाई जमिन दिने र कलकारखानामा मजदुर नियन्त्रण कायम राख्दै रुसलाई युद्धबाट उम्काउनुपर्छ । ५. जनताको समर्थनसहित सोभियतले देशको सम्पूर्ण सत्ता आफ्नो हातमा केन्द्रित गर्नुपर्छ । सोभियतले यो काम गर्न सक्छन् । “सम्पूर्ण सत्ता सोभियतलाई” ।

    मजदुर, किसान र सैनिकबिच बोल्सेभिकको प्रभाव तीव्र गतिले बढ्न थाल्यो । प्रजातन्त्रसम्बन्धी सबै कुरा पन्छाएर अस्थायी सरकारले श्रमिक जनतामाथि प्रहार गर्न र बोल्सेभिकमाथि धरपकड गर्न सुरु गर्‍यो । लेनिनले गुप्तबासबाट निर्देशन गर्न सुरु गर्नुभयो ।

    अगस्त १९१७ मा बसेको छैटौँ पार्टी काङ्ग्रेसले सशस्त्र विद्रोहका लागि तयारी गर्ने प्रस्ताव पारित गर्‍यो । हर प्रकारको दमन हुँदाहुँदै पनि बोल्सेभिक पार्टी निरन्तर अघि बढिरह्यो । अप्रिल १९१७ मा असी हजार पार्टीसदस्य थिए भने जुलाईमा सङ्ख्या बढेर दुई लाख चालिस हजार पुगिसकेको थियो । अक्टोबर ७, १९१७ मा लेनिन भूमिगत रूपमा पेट्रोग्राड पुगेर दुई दिनपछिको केन्द्रीय समिति बैठकले छिटोभन्दा छिटो सशस्त्र विद्रोहको लागि तयार गर्ने निर्णय गर्‍यो । विद्रोहको नेतृत्व गर्न पेट्रोग्राद सोभियतअन्तर्गत सामरिक क्रान्तिकारी कमिटी गठन गरियो । बोल्सेभिक पार्टीका सक्रिय क्रान्तिकारी कार्यकर्ता निकोलाई पदभोइस्की अध्यक्ष मनोनित भए । सबै कलकारखाना तथा पेट्रोग्राडका सबै सैनिक टुकडीमा सामरिक क्रान्तिकारी कमिटीले आफ्ना प्रतिनिधि पठाए । लेनिनकै प्रस्तावअनुसार अक्टोबर २४ का दिन विद्रोह सुरु भयो ।

    लेनिनको नेतृत्वमा गठित विद्रोही हेडक्वाटर स्मोल्नी इन्स्टिच्युटमा राखिएको थियो । पेट्रोगादका सडकमा जताततै स्मोल्नी इस्न्टिच्युटतिर जान थालेका श्रमिकका सैनिक टुकडी देखिन्थे । स्मोल्नी इस्न्टिच्युट सैनिक शिविरमा परिणत भइसकेको थियो ।

    स्मोल्नी इस्न्टिच्युटका सबै प्रवेशमार्गमा पहरा लागेको थियो । काँटी कसिएका घोडा तयार थिए । ताप पनि ल्याइपुर्‍याइए । लालगार्ड टुकडीले युन्केरको कडा प्रतिरोधको सामना गर्दै छ भन्ने खबर आइपुग्दा उनीहरूलाई मदत गर्न बाल्टिक नौसैनिकको एक टुकडी छिटोभन्दा छिटो गरेर त्यहाँ पुर्‍याइयो । कुनै पनि हालतमा थामिनुहुन्न, अगाडि बढ्दै जानुपर्छ भन्ने सन्देश पनि सँगसँगै पठाइयो ।

    अक्टोबर २५ का दिन स्मोल्नीमा एकपछि अर्को खुसीका खबर आउन थाले । सहरको धेरैजसो भाग विद्रोही जनताको हातमा आइसकेको थियो । क्रान्तिको विजयका लागि शिशिर प्रसादमाथि कब्जा गर्न आवश्यक थियो । त्यसका लागि अस्थायी सरकारलाई गिरफ्तार गर्नुपर्ने थियो ।

    अस्थायी सरकारका मन्त्रीहरू शिशिर प्रसादको टेलिफोन काटिइसकेको तारसञ्चार सबै बन्द भएको एउटा कोठामा सम्पूर्ण राष्ट्रबाट अलग्गिएर बसेका थिए । शिशिर प्रसादको वरिपरि तत्काल लगाइएको बेरिकेडपछाडि करिब सात सय पचास जना अफिसर तथा युन्केर लुकेर बसेका थिए । उनीहरूका बन्दुक तथा मेसिनगन शिशिर प्रसादअगाडिको चोकतर्फ तेर्साएर राखिएको थियो । त्यो त्यही चोक थियो, जहाँ जनवरी ९, १९०५ मा मजदुरको शान्तिपूर्ण जुलुसमाथि गोली चलाइएको थियो । त्यस बेला जारसँग मजदुरहरू दयामायाको भिक माग्न गएका थिए भने अहिले जबर्जस्ती शक्ति आफ्नो हातमा लिएर कारबाही गर्ने बेला आएको थियो ।

    विद्रोहीले अस्थायी सरकारलाई आत्मसमर्पण गर्न अल्टिमेटम पठाएर कुनै जवाफ नआएपछि ढोका खोलेर भित्र खोजी गर्दा भेट्टिए ।

    त्यसपछि बोल्सेभिक क्रान्तिकारी विद्रोहको नेतृत्व गरिरहेका आन्तोनभ ओभोयन्कोले पेट्रोग्राद सोभियतका सैनिक क्रान्तिकारी समितिको तर्फबाट घोषणा गरे कि अस्थायी सरकार भङ्ग गरिसकिएको र उहाँहरू गिरफ्तारीमा पर्नुभएको छ ।

    अक्टोबर २५ को साँझपख शिशिर प्रसादमाथि हमला चल्दै गर्दा सोभियतको दोस्रो अखिल रसियाली महाधिवेशन सुरु भयो ।

    देशभरिका मजदुर सैनिक र किसानलाई तारद्वारा पठाइएको अपिलमा लेनिनले लेख्नुभयो– “मजदुर, सैनिक तथा किसानको व्यापक बहुमतसहित पेट्रोग्रादमा सम्पन्न मजदुर तथा नगररक्षक सेनाको विजयी विद्रोहको समर्थनसहित यस महाधिवेशनले आफ्नो हातमा सत्ता लिएको छ । अक्टोबर क्रान्तिले सर्वहारा वर्गलाई उत्पादनका साधनमाथि सामूहिक स्वामित्व कायम गर्ने र अधिकार स्थापित गर्ने गरेको थियो । महाधिवेशनको निर्णयअनुसार, इलाकामा सम्पूर्ण सत्ता मजदुर, सैनिक र किसान डेपुटीका सोभियतको हातमा आएको छ ।

    यिनै सोभियतले वास्तवमा क्रान्तिकारी व्यवस्था सुनिश्चित गर्ने अभिभारा आफ्नो हातमा लिने छन् ।”

    सोभियत सत्ताको लागि श्रमिक जनताको सुखसुविधाभन्दा बढी महत्त्वपूर्ण अरू कुनै उद्देश्य थिएन । जमिनमाथि जमिन्दारको स्वामित्व समाप्त पारियो । किसानले आफ्नो उपयोगका लागि पन्ध्र करोड हेक्टरभन्दा बढी जमिन नि:शुल्क पाए । जमिन्दारलाई बर्सेनि तिर्दै जानुपर्ने ७० करोड स्वर्ण रुबलको लगानीबाट पनि मुक्ति पाए । सम्पूर्ण जमिन, जङ्गल र जलस्रोतको राष्ट्रियकरण गरियो ।

    जनसङ्ख्याका बहुमत किसानले जमिन र स्वतन्त्रता पाए । सोभियतको महाधिवेशनले विश्वमा पहिलो श्रमिक सरकार सोभियत जनकमिसार परिषद् गठन गर्‍यो । भ्लादिमिर इल्यिच लेनिन सर्वसम्मतिले नयाँ सरकारको अध्यक्ष निर्वाचित हुनभयो ।

    समाजवादी व्यवस्था स्थापना गर्नुभन्दा त्यसलाई टिकाइराख्न झनै कठिन हुन्छ ।

    अक्टोबर २५ का दिन उद्घाटन भएको सोभियतको महाधिवेशनमा ६५० जना प्रतिनिधिमध्ये ४०० जना मात्र बोल्सेभिक थिए ।

    समाजवादको विकास मूल रूपमा उत्पादनमा लगाइने श्रमको किसिम, उत्पादन गर्ने प्राविधिक स्तर, उत्पादनका औजार र उत्पादित वस्तु वितरणको तरिका आदिमा भर पर्दछ ।

    यदि अक्टोबर क्रान्तिले रुसका मजदुर जस्तो नेता जनताको विश्वास प्राप्त गरिसकेका कार्यकर्ता र मजदुर–किसानबिच एकता भएको अवस्था हुने थिएन भने अक्टोबर क्रान्तिको विजय सम्भव हुने थिएन । अक्टोबर क्रान्तिले साम्राज्यवादीलाई उनीहरूको पुँजीबाट र रुसलाई दास बनाएर उसको भूभाग विभाजन गर्ने सबै योजना समेत विफल तुल्याइदियो । विश्वभरिका पुँजीपतिलाई रुसमा फैलिएको क्रान्तिको ज्वाला उनीहरूको देशमा पनि फैलिन सक्ने डर थियो । क्रान्ति अन्य देशमा पनि विस्तार हुन सक्ने कारण साम्राज्यवादीको थिचोमिचोबाट ती देशका श्रमजीवी वर्ग पिल्सिएर रहेका थिए । अक्टोबर क्रान्तिको सफलताले उनीहरूको आत्मबल बढाइदिएको थियो ।

    अक्टोबर क्रान्तिले साम्राज्यवादको अखण्ड प्रभुत्व खतम पारिदियो । विश्वको छ खण्डको एक खण्ड भूभागमा समाजवाद निर्माण सुरु भयो । विश्व मरणासन्न पुँजीवाद र विकासोन्मुख समाजवाद दुई विरोधी शिविरमा विभाजित भयो । विश्वभरिका श्रमिक जनताका लागि अक्टोबर क्रान्ति सङ्घर्षको एक महान् दृष्टान्त बन्न गयो । श्रमजीवी जनताले स्वतन्त्र भई सुखमा जीवनको निर्माण गर्ने र मान्छेले मान्छेलाई शोषण गर्न नपाउने बाटो अक्टोबर क्रान्तिले देखाउँदै थियो । लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टीले रुसी श्रमिक जनताको सङ्घर्षको नेतृत्व गरेका कारणले क्रान्तिको विजय भएको थियो ।

    बुधबार, पुष २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.