• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

त्रिविका कानुनी समस्याप्रति राष्ट्रिसभाको चासो


  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित कानुनका समस्याप्रति चासो राखेको छ ।

    Advertisement

    समितिको २०८० पुस २० गते शुक्रबारको बैठकमा ‘त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी आश्वासन’ विषयक छलफलमा प्रत्यायोजित विधायन ऐनले दिएको अधिकारबाहिर रहेर त्रिविका नियम, विनियमावली बनेको हुँदा विश्वविद्यालय सञ्चालन तथा व्यवस्थापनमा आएको समस्या सुधारमा पहल गर्न समितिले जोड दिएको हो ।

    समितिले विभिन्न मन्त्रालय र स्वायत्त संस्थाबाट निर्माण भएका प्रत्यायोजित विद्यायनको अध्ययन गर्ने क्रममा समितिअन्तर्गत गठित प्रत्यायोजित विद्यायन अध्ययन उपसमितिमार्फत केही समयअघि त्रिभुवन विश्वविद्यालय ऐन–२०४९ र सोअन्तर्गत निर्माण भएका केही प्रत्यायोजित विद्यायनको प्रारम्भिक अध्ययन गरेको थियो ।

    समिति सभापति मायाप्रसाद शर्माले अध्ययनबाट उक्त ऐनअन्तर्गत पाँचओटा नियम र नियमअन्तर्गतका केही विनियमावली, निर्देशिका, कार्यविधिलगायत प्रत्यायोजित विद्यायन नियमसङ्गत निर्माण नभएको बताउनुभयो ।

    ‘त्रिवि ऐनअन्तर्गत निर्माण भएका कानुन प्रत्यायोजित विधायन व्यवस्थापनको सिद्धान्तबमोजिम निर्माण नरहेको पाइएको छ, जसका कारण विश्वविद्यालय सञ्चालन तथा व्यवस्थापनमा समस्या आएको हो । यसको सुधारको पक्षमा समितिले छलफल व्यापक बनाउनुपर्छ’ सभापति शर्माले बताउनुभयो ।

    समिति सदस्य युवराज शर्माले त्रिविका समस्या समाधानका लागि नीतिगत तथा संस्थागत सुधार आवश्यक रहेको औँल्याउनुभयो ।

    बैठकमा समिति सदस्यले त्रिविभित्रका समस्यालाई सम्बोधन गर्न छलफल व्यापक बनाउनुपर्ने, शिक्षामा लगानी वृद्धि गर्नुपर्ने, सही मानवस्रोत, सही समयमा सही ठाउँमा राख्नुपर्ने, कानुनलाई समयसापेक्ष बनाउन अध्ययन गर्ने, पदाधिकारी आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग हुनुपर्ने, प्रवृत्तिमा सुधार गर्नुपर्ने, राजनीतिलाई नीतिमा परिर्वतन गर्नुपर्नेलगायत विषय उठान गर्नुभएको थियो ।

    त्रिविका प्राज्ञिक परिषद्का कार्यालयका सहप्रशासक यमनसिंह बोहराले त्रिविले गरेका निर्णय, कामकारबाहीप्रति विद्यार्थीको आक्रोशलाई सम्बोधन गर्न त्रिविका कानुनलाई नियमसङ्गत समयसापेक्ष बनाउन जरुरी रहेको बताउनुभयो । त्रिवि नेतृत्वमा भागबन्डा गर्दा समस्या झन् बल्झिँदै गएको उहाँको जिकिर छ ।

    त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले सरकार र त्रिभुवन विश्वविद्यालयबीच तादाम्यता मिलाउन आवश्यक रहेको बताउनुभयो ।

    “सरकाले त्रिविलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । मुलुकलाई आवश्यक पर्ने जनशक्तिको तथ्याङ्क यकिन गरी सोहीअनुरूपको जनशक्ति उत्पादन र व्यवस्थापनमा जोड दिई दुई पक्षबिच तादाम्यता मिलाउन आवश्यक छ’ उहाँले भन्नुभयो ।

    उहाँले विपन्न वर्गलाई छात्रवृत्तिको सुनिश्चितता गर्न, विश्वविद्यालयका यौन दुव्र्यवहारका घटनालाई नियन्त्रण गर्न कानुन आवश्यक रहेको जनाउँदै त्रिविभित्रको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    समितिले सोही विषयमा त्रिविका पूर्वपदाधिकारीबाट पनि जानकारी लिएको थियो ।

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.