काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक नेपालीको ज्यान गएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४, मान्खुका हरि अर्यालको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको वालिङ नगरपालिका–१४ का वडाअध्यक्ष राजु कुँवरले बताए।
Advertisement
अर्यालको गत नोभेम्बर २९ ९मंसिर १३० मा युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको हो ।
कुवँरका अनुसार अर्यालय नोभेम्बर २९ देखि बेपत्ता थिए। एक महिनापछि अर्यालको मृत्यु भएको खबर गाउँमा पुगेको हो।
अर्याल यसअघि नेपाली सेनामा कार्यरत थिए। तीन वर्ष सेनामा काम गरेका उनी राजीनामा दिएर रुसतिर लागेका थिए।