इस्लामावाद । पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआई) ले पार्टीको चुनाव चिह्न क्रिकेटको ‘ब्याट’ हटाउने निर्णय विरुद्ध पेसावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ ।
पिटिआई अध्यक्ष ब्यारिस्टर गोहर अली खानले शनिबार सो घोषणा गर्नुभएको हो ।
निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनका लागि पिटिआईलाई चुनाव चिह्न ‘ब्याट’ कायम राख्न नदिने निर्णय गरेको छ ।
पेसावर उच्च अदालतले निर्वाचन आयोगलाई कानुनअनुसार शुक्रबारसम्ममा पिटिआईको अन्तरपार्टी निर्वाचन र चुनाव चिह्नबारे निर्णय गर्न निर्देशन दिएको एक दिनपछि निर्वाचन आयोगको फैसला सुनाइएको हो ।
जियो न्यूजका अनुसार गोहरले अडियाला जेलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ‘ब्याट’ चिह्न पुन: प्राप्त गर्न पिटिआईको निवेदन मङ्गलबार कार्यालय समयको पहिलो प्रहरमा नै दायर गरिने छ ।
पेसाले वकिलसमेत रहनुभएका गोहरले भन्नुभयो– ‘पिटिआईको चुनाव चिह्न पुन: स्थापित गरिने छ ।’
पिटिआई नेताहरू आफ्नो पार्टीले निर्वाचन आयोगको प्रमाणित प्रतिलिपिको पर्खाइमा रहेको बताउनुभयो । (रासस/एएनआई)





