काठमाडौँ । कोरोना भाइरस (कोभिडा–१९) को चौथो सङ्क्रमित सुदूरपश्चिमको धनगढीमा भेटिएका छन । कोरोना सङ्क्रमित ती व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएएको छ ।
Advertisement
हाल उनको अवस्था सामान्य रहेको बताइएको छ । उनी ३४ वर्षका नेपाली पुरुष हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत्र १४ गते शुक्रबार आएको रिपोर्टमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रवक्ता देवकोटाका अनुसार काठमाडौँ उपत्यकाबाहिर देखिएको यो पहिलो कोरोना सङ्क्रमण हो । ती व्यक्ति दुबई (युनाइटेड अरब इमिरेट्स) बाट आएका हुन् । उनी यही चैत ११ गते अस्पताल भर्ना भएका हुन् ।