अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले पार्टी सदस्य तथा सामाजिक ब्यक्तित्व धनबहादुर खत्रीको सम्झनामा शोक सभा आयोजना गरेको छ ।
खत्रीको निधन भएको आज आठौं दिन पारेर राजमो जिल्ला समिति अर्घाखाँचीले शोक सभा गरेको हो ।
शोकसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले खत्री एक असल, इमान्दार व्यक्ति भएको भन्दै खत्रीको निधनले सिङ्गो समाज सहित राष्ट्रिय जनमोर्चालाई अतुलनीय क्षती भएको बताउनुभयो ।
आफ्नो जागिरे जीवनको समयमा पनि खत्रीले सेवाग्राहीलाई राम्रो सेवा सुविधा दिएर खुशी बनाएर पठाउने गरेको केसीले उल्लेख गर्नुभयो ।
मृतक खत्रीले कम्युनिस्ट आन्दोलनमा धेरै सहयोग गरेको भन्दै नेता केसीले राष्ट्रिय जनमोर्चाको अभियानमा उहाँले हरेक तहबाट सहयोग गरेको स्मरण गर्नुभयो ।

खत्रीको यही मंसिर ३० गते आफ्नै निवास डिहिडाडामा निधन भएको थियो ।
खत्री जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा लामो समय सेवारत रही सेवा निवृत हुनुभएको थियो । आफ्नो जागिरे जीवनका क्रममा देश र जनताप्रति वफादार रहेर सेवा प्रवाह गर्ने व्यक्तिको छवि बनाएका खत्रीको गच्छेघाटमा दाहसंस्कार गरिएको थियो ।
सन्धिखर्क –७ डिहिडांडास्थित खत्री निवासमा गरिएको शोकसभामा उहाँका परिवारजन, राजमोका नेता कार्यकर्ता, पत्रकार र स्थानीयको उपस्थिति रहेको थियो ।
