• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

धर्मलाई साम्राज्यवादी वा प्रतिक्रियावादी स्वार्थमा उपयोग गर्नु गलत : मसाल

"सन्दर्भ मन्त्री किराँतीको अभिव्यक्ति "

  •   शनिबार, पुष ०७, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले कुनै पनि धर्मलाई साम्राज्यवादी वा प्रतिक्रियावादी स्वार्थमा उपयोग गर्नु गलत भएको बताएको छ ।

    Advertisement

    पार्टीको धारणा छ : हिन्दु धर्मलाई राजतन्त्रको पक्षमा प्रयोग गर्नु वा इसाई धर्मलाई साम्राज्यवादी स्वार्थको पक्षमा उपयोग गर्नु गलत हो ।

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस ६ गते शुक्रबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले यस्तो धारणा व्यक्त गरेको हो ।

    वक्तव्यमा पार्टीले कुनै पनि धर्मको पक्ष वा विपक्षमा धारणा व्यक्त गर्नु धर्मनिरपेक्ष मुलुकमा सामान्य भए पनि मन्त्री किराँतीको इसाई धर्मको विरोध गर्नु संविधान नमान्नु हो† त्यस्तो गर्नु देशद्रो हो† त्यस्तालाई जेल हाल्नुपर्छ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको किटानी गरिएको छ ।

    गत पुस ४ गते बुधबार एउटा कार्यक्रममा दिएको मन्त्री किराँतीको अभिव्यक्तिलाई राजावादी शक्तिहरूले उपयोग गर्न खोजेकोमा पनि पार्टीले विरोध गरेको छ ।

    पार्टीले भनेको छ– “त्यसका साथै कट्टर हिन्दुवादी र राजावादीले उनको भनाइलाई तिलको पहाड बनाएर देशमा धार्मिक तनाव वा साम्प्रादायिक वातावरण तयार पार्ने र त्यसरी राजतन्त्रको पुनस्र्थापना वा नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि गरिरहेको प्रयत्नलाई पनि हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ ।”

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “मन्त्री सुदन किराँतीको वक्तव्यलाई लिएर धेरै टीकाटिप्पणी र विवाद भइरहेका छन् । त्यसबारे हाम्रो पार्टीको दृष्टिकोण स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।

    नेपालको संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ । त्यसकारण नेपालमा कुनै धर्मलाई अपनाउनु धार्मिक स्वतन्त्रताभित्र आउने विषय हो । त्यसैले नेपालमा कसैले कुनै धर्मलाई स्वीकार गर्दछ भने त्यसलाई हाम्रो पार्टीले विरोध गर्दैन तर त्यस सन्दर्भमा हाम्रो जोड यो कुरामा छ कि कुनै पनि धर्मलाई कुनै साम्राज्यवादी वा प्रतिक्रियावादी उद्देश्यको पूर्तिको लागि उपयोग गर्ने कुरालाई हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ । त्यही प्रकारले नेपालमा हिन्दु धर्मलाई राजतन्त्रको पुनस्र्थापनाका लागि उपयोग गरे जस्तै इसाई धर्मलाई पनि कुनै साम्राज्यवादी उद्देश्य पूरा गर्न प्रयोग गर्ने जस्तो कुनै कुरालाई पनि हाम्रो पार्टीले गलत मान्दछ र विरोध गर्दछ ।

    मतमतान्तरका कारणले देशमा कैयौँपल्ट साम्प्रादायिक स्थिति उत्पन्न भएको वा साम्प्रादायिक दङ्गा भएकासमेत कैयौँ उदाहरण हाम्राअगाडि छन् । त्यस सिलसिलामा सबैभन्दा उल्लेखनीय कुरा यो रहेको छ कि राजावादीले हिन्दु धर्मको कुरा उठाएर नेपालमा राजतन्त्रको पुनस्र्थापना गर्ने र नेपाललाई हिन्दु राष्ट्र गराउने अभियान चलाइरहेका छन् । त्यो अहिले देशको अत्यन्त गम्भीर समस्या बनेको छ ।

    यस सन्दर्भमा केही समयपहिले धरानबाट सुरु भएको एउटा धार्मिक विवादलाई लिएर कट्टर हिन्दुवादी वा राजावादीले देशका कैयौँ भागमा साम्प्रदायिक तनाव पैदा गर्न प्रयत्न गरेका तथा साम्प्रादायिक दङ्गासमेत भएका घटना उल्लेखनीय छन् । त्यो क्रममा कतिपय स्थानमा हिन्दुमुस्लिम दङ्गासमेत भएका थिए । अहिले मन्त्री किराँतीका अभिव्यक्तिलाई पनि त्यही प्रकारको रूप दिनका लागि प्रयत्न भइरहेको प्रयत्नप्रति पनि हाम्रो ध्यान छ ।

    धार्मिक स्वतन्त्रताको अर्थ कुनै धर्मको पक्ष वा विपक्षमा विचार प्रकट गर्नु, कुनै धर्म मान्नु वा नमान्नु पनि हुन्छ । त्यसअनुसार कसैलाई हिन्दु धर्म वा इसाई धर्मको पक्ष वा विपक्षमा विचार प्रकट गर्ने स्वतन्त्रता पनि हुन्छ । सत्तामा भएका कतिपय मानिसले हिन्दु मन्दिर वा तीर्थमा गएर देविदेवताको पूजा गर्ने वा त्यसका पक्षमा विचार प्रकट गर्ने गरेका कैयौँ उदाहरण पाइन्छन् तर त्यो कारणले देशमा कुनै विवाद हुँदैन र त्यसलाई स्वभाविक रूपमा नै लिइन्छ । यदि अहिले मन्त्री किराँतीले इसाई धर्म वा इसामसिहका पक्षमा कुनै विचार प्रकट गरे पनि त्यो नेपालको संविधान र धार्मिक स्वतन्त्रताअन्तर्गत आउने कुरा हो र त्यसबारे कुनै आपत्ति प्रकट गनुपर्ने विषय होइन तर उनको इसाई धर्मको विरोध गर्नु संविधानको विरोध गर्नु हो† त्यसो गर्नु देशद्रोह हो र त्यस्ता व्यक्तिलाई जेल हाल्नुपर्छ भन्ने उनको अभिव्यक्ति संविधानले दिएको मौलिक अधिकार, धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रतासमेत सित मेल नखाने कुरा हो । हामीले त्यस प्रकारको अभिव्यक्तिलाई गलत मान्दछौँ र त्यसको विरोध गर्दछौँ । तर त्यसका साथै कट्टर हिन्दुवादी र राजावादीले उनको भनाइलाई तिलको पहाड बनाएर देशमा धार्मिक तनाव वा साम्प्रादायिक वातावरण तयार पार्ने र त्यसरी राजतन्त्रको पुनस्र्थापना वा नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि गरिरहेको प्रयत्नलाई पनि हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ ।

    जे होस्, यस प्रकारका धार्मिक विवाद उठाएर देशभित्र परस्परको सद्भावना खलबल हुने, साम्प्रदायिक तनाव पैदा गर्ने वा त्यसका आडमा प्रतिक्रियावादी उद्देश्य पूरा गर्ने जस्ता कुनै पनि प्रयत्नलाई हामीले गलत मान्छौँ र त्यस प्रकारका प्रयत्नको भत्र्सना गर्दछौँ ।”

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.