• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

स्टालिनमा व्यक्तिपूजा वा प्राधिकारको भावना थिएन : भट्ट

"स्टालिनको एक सय पैतालिसौँ जन्मजयन्ती "

  •   बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विश्व सर्वहारा वर्गका विचारक तथा नेता जोसेफ स्टालिनमा व्यक्तिपूजा वा प्राधिकार नभएको बताउनुभएको छ ।

    Advertisement

    अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) द्वारा २०८० पुस ५ गते तदनुसार डिसेम्बर २१, २०२३ बिहीबारका दिन आयोजित “कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्था र स्टालिन” विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

    स्टालिनको एक सय पैतालिसौँ जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा मन्तव्य राख्दै उहाँले त्यससम्बन्धी केही उदाहरण प्रस्तुत गर्नुभयो ।

    ‘स्टालिनलाई खुसी पार्न विभिन्न पदक दिने प्रयासलाई उहाँले चाटुकारिता ठान्नुहुन्थ्यो’ उहाँले भन्नुभयो– ‘त्यस्तै, विभिन्न सैनिक समारोहमा बेग्लै कपडा सिलाइदिने, कुनै कार्यक्रममा जाँदा उहाँलाई सुन जडिएको फर्निचर तयार गरिदिने, उहाँका बालकथा प्रकाशन गर्न खोज्नेलाई पनि उहाँले चाटुकारिता बताएर अस्वीकार गर्नुहुन्थ्यो ।’

    मन्तव्यको क्रममा महासचिव भट्टले स्टालिनमा प्राधिकार वा व्यक्तिपूजा होइन, आफैप्रति पनि निर्मम हुने प्रकारको भावना रहेको तथ्य प्रस्तुत गर्नुभयो ।

    ‘स्टालिनकी पहिलो पत्नी टाइफाइडबाट बित्नुभयो । उनीबाट जन्मेको छोरा याकोबसित हिटलरले जर्मन सैनिक साट्न खोज्यो तर स्टालिनले यस्तो प्रस्ताव कहिल्यै पनि स्वीकार गर्नुभएन । फलस्वरूप जर्मनी सेनाले याकोवलाई मारिदिए’ उहाँले भन्नुभयो ।

    राजमो नेता भट्टले स्टालिनकी अर्की पत्नी पार्टीभित्रको अन्तरसङ्घर्षप्रति सहज हुन नसकेर आत्महत्या गरेको स्मरण गराउँदै उनकी छोरी स्वेतलानाको नकारात्मक भूमिकाले गर्दा स्टालिनको बदख्वाइँ गर्न साम्राज्यवादीहरूलाई मदत पुगेको स्पष्ट पार्नुभयो ।

    ‘स्टालिनकी छोरी स्वेतलाना लेखिका थिइन् । उनले एउटा पुस्तक लेखिन् । अर्को पुस्तक उनको नाममा अरूले लेखिदिए’ उहाँले अगाडि भन्नुभयो– ‘यी दुवै पुस्तकमा स्टालिनप्रति प्रशस्त मात्रामा भ्रामक तथ्य प्रस्तुत गरिएकाले त्यसैमाथि आधारित रहेर साम्राज्यवादीले स्टालिनको बदख्वाइँ गरे ।’

    सोभियत सङ्घका संशोधनवादी नेता निकिता ख्रुस्चेभले स्टालिनमाथि आक्रमण गरेर सिङ्गो सर्वहारा वर्ग र उनीहरूको समाजवादमाथि आक्रमण गरेको इतिहासले पुष्टि गरिसकेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘ख्रुस्चेभले बदनियतपूर्ण तरिकाले स्टालिनमाथि आक्रमण गरेका थिए । सुरुमा त्यसको प्रभावमा माओत्सेतुङ पनि पर्नुभयो तर पछि माओले त्यो विचार सच्याउनुभयो र भन्नुभयो– माक्र्सवादी–लेनिनवादी विचारधाराका दुईओटा तरबार छन्, लेनिन र स्टालिन । स्टालिनको तरबार फ्याँकियो भने लेनिनको तरबार पनि फ्याकिँने छ ।’

    मन्तव्य राख्दै नेता भट्टले पछिल्लो समयमा ट्राटस्कीका विचार आरसिपी अमेरिका र रिमले पनि बोकेको स्मरण गर्नुभयो ।

    उहाँले विस्तारपूर्वक भन्नुभयो– ‘एउटा देशमा मात्रै समाजवादको विकास हुन नसक्ने, फासिवाद विरोधी संयुक्त मोर्चाको धारणा गलत भएको, स्पेन युद्धमा सहयोग नगर्नु गलत भएको, सन् १९४१ को सोभियत युद्ध गलत भएको, दोस्रो विश्वयुद्धको चरित्र पहिलो विश्वयुद्धको जस्तै भएको, कमिन्टर्न विघटन गर्नु गलत भएको र सर्वहारा अन्तर्राष्ट्रवादबारे गलत धारणा राखेको जस्ता जुन आरोप ट्राटस्कीले स्टालिनमाथि लगाएका थिए, त्यही विचारलाई आरसिपी अमेरिका र रिमले बोकेको थियो ।’

    उहाँले त्यही तरिका अपनाउँदै रिमले निष्काशित गरे पनि नेकपा (मसाल) को सिद्धान्तनिष्ठ यात्रा यथावत् रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

    सम्बोधनको क्रममा नेता भट्टले स्टालिन खालि व्यावहारिक नेता मात्र नभएर विचारक पनि भएको दाबी गर्नुभयो ।

    ‘स्टालिन खालि नेता मात्रै हुनुहुन्नथ्यो’ उहाँले भन्नुभयो– ‘स्टालिने माक्र्सवादको तीनओटै सङ्घटक, दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादको विकासमा योगदान गर्नुभयो ।’

    पुर्खाको चिहानबाट शक्तिआर्जन गर्न चाहान्छौँ : शर्मा

    कार्यक्रममा मन्तव्य राख्दै नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले स्टालिनको जन्मजयन्ती मनाउनुको अर्थ पुर्खाको चिहान उत्खनन् गरेर शक्तिआर्जन गर्नु भएको धारणा व्यक्त गर्नुभयो ।

    ‘हामी पुर्खाको चिहान उत्खनन् गरेर शक्तिआर्जन गर्न चाहान्छौँ’ उहाँले भन्नुभयो– ‘त्यसै सिलसिलामा स्टालिनलाई सम्झनु भनेको विश्व कम्युनिस्ट आन्दोलनको रक्षात्मक अवस्थाप्रति चिन्ता व्यक्त गरेर त्यसमा सुधार ल्याउन खोज्नु हो ।’

    नेता शर्माले स्टालिनले नै लेनिनवादलाई दह्रो गरी स्थापित गरेको धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो– ‘स्टालिनले नै लेनिनवादलाई दह्रो गरी स्थापित गर्नुभयो† फासिवादका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्थालाई विजयी गराउनुभयो† जातीय प्रश्नमा सही अवधारणा व्यक्त गर्नुभयो ।’

    त्यस्तै उहाँले आत्मनिर्णयको अधिकार कुन परिस्थितिमा लागु गर्न सकिन्छ भनेर स्टालिनले नै विश्व कम्युनिस्ट आन्दोलनमा ठोस प्रयोग गरेको धारणा पनि राख्नुभयो ।

    स्टालिनको सकारात्मक मूल्याङ्कन गरौँ : डा. भट्ट

    कार्यक्रममा मन्तव्य राख्दै नेकपा (एमाले) का नेता डा. दीपकप्रकाश भट्टले स्टालिनको नकारात्मक प्रचार मात्रै भइरहेको बताउँदै सकारात्मक पक्षको पनि प्रचार हुनुपर्ने बताउनुभयो ।

    ‘हाम्रो पुस्ताले स्टालिनको बारेमा खालि नकारात्मक कुरा मात्र सुन्यो’ उहाँले भन्नुभयो– ‘हामीले स्टालिनका सकारात्मक कुराको पनि जानकारी पाउनुपर्दछ । उहाँले रुसी मोडेलमा समाजवादको निर्माण गर्दाका सकारात्मक योगदानको प्रचार हुनुपर्दछ ।’

    नेता भट्टले नयाँ आर्थिक नीति लागु गर्दै गर्दा लेनिनको निधन भएपछि रुसमा समाजवादको निर्माण कार्य स्टालिनले नै गरेको बताउनुभयो ।

    ‘नयाँ आर्थिक नीति लागु गर्दै गर्दा लेनिनको मृत्यु भयो’ उहाँले भन्नुभयो– ‘त्यसपछि स्टालिनले आफ्नो शैलीमा सोभियत सङ्घको समाजवाद निर्माण गर्नुभयो ।’

    उहाँले ख्रस्चेभले स्टालिनको विद्रुपीकरण गरेको पनि बताउनुभयो ।

    ख्र्रस्चेभले स्टालिनलाई खुइल्याउन खोजे : पोखरेल

    प्रगतिवादी लेखक डी.आर. पोखरेलले कार्यक्रममा मन्तव्य राख्दै ख्रुस्चेभले स्टालिनलाई खुइल्याउन खोजेको आरोप लगाउनुभयो ।

    ‘संशोधनवादी कार्यदिशा अपनाएका ख्रुस्चेभले स्टालिनलाई खुइल्याउन खोजे’ उहाँले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीको नेतृत्वबाट हटाउन ख्रुस्चेभ लागिपरे† स्टालिनको निधनपछि उनका नाममा राखिएका नामहरू हटाउँदै गए† लेनिनसँगै राखिएको स्टालिनको चिहान हटाए र प्रकाशनमा स्टालिनका उद्धरण राख्न नपाइने घोषणा गरे ।’

    लेखक पोखरेलले स्टालिन भने लगातार वैज्ञानिक समाजवादको बाटोमा अगाडि बढेको बताउनुभयो ।

    ‘स्टालिन विश्वयुद्धको सङ्घारमा कृषिमा सामुहिकीकरण, औद्योगिकीकरण, सर्वहारा विदेशनीति, सर्वहारा अधिनायकत्व जस्ता नीतिप्रति प्रतिबद्ध रहे । त्यही कारणले रुस विश्वकै अग्रणी देश भयो† दोस्रो विश्वयुद्धमा सोभियत सेनाले हिटलरी फासिवादलाई हरायो’ उहाँले सार खिच्नुभयो ।

    अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षता तथा महासचिव भीष्म जोशीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई उपाध्यक्ष रामदेव पाण्डेले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा नेकपाका नेता लोकनारायण सुवेदी, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. कृष्णराज अधिकारी, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरिप्रसाद बुढालगायतको आतिथ्य रहेको थियो ।

    कार्यक्रमको अन्तमा सहभागीले राखेका जिज्ञासाको उत्तर अतिथि वक्ताहरूले दिनुभएको थियो ।

    बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.