• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

देशको राजनीतिक अवस्था र युवा विद्यार्थीको भूमिका


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • गणेश आचार्य

    Advertisement

    अहिले देशको राजनीतिक अवस्था अत्यन्तै तरल छ । हुन त प्रायः नेपालको राजनीतिमा बिगतदेखि नै यहि भनिँदै आएको छ । तर अहिलेको अवस्था त्यो भन्दा झनै जटिल छ । बिगतमा देशमा रहेका विभिन्न प्रतिगामी, यथास्थितिवादी र बाह्य स्वार्थका कारण त्यो अवस्था हुन्थ्यो भने अहिले त्यसका अलबा अन्य समस्याहरु पनि थपिएका छ्न् । जस्तो राजनीतिक सचेतनामा कमि आएको छ, अराजकता वृद्धि भएको छ, बेरोजगारीले सीमा नाघेको छ, भ्रष्टाचार चुलीएको छ, कम्युनिस्ट भनौदाहरूबाटै जनतामाथी ठूलो घात भएको छ, साम्राज्यवादीहरूको प्रभाव वैधानिक रुपमै बढिरहेको छ, जनतामा चरम रुपमा निराशा बढेको छ ।

    यो अवस्थामा देशमा यही हुन्छ भनेर भन्न सक्ने अबस्था छैन । त्यसैले यतिबेला देश बिगतमा भन्दा धेरै अन्योल र तरलताको अवस्थामा छ । यो अवस्थाबाट मुलुकलाई कसरी अगाडि बढाउने ? नेपालको अग्रगामी राजनीतिक आन्दोलनमा युवा विद्यार्थीहरूको अहम भूमिका रहेको छ । के त्यो भूमिका अहिले पनि कायम छ ? या युवा विद्यार्थीको आकर्षण कता छ ? अब युवा विद्यार्थीले के गर्नु पर्छ ? कसरी मुलुकलाई अग्रगामी बाटोमा अगाडि बढाउन सकिन्छ ? यो यतिबेलाको महत्त्वपूर्ण र चुनौतीको विषय हो । यहि विषयमा यहाँ समान्य चचर्चा गर्ने कोशिस हुनेछ ।

    नेपालमा अहिले गणतन्त्र स्थापना भएको छ । तर त्यसले आफ्नो असली पहिचान स्थापित गर्न सकिरहेको छैन । यो व्यवस्थाका विभिन्न खाले विरोधीहरुले गणतन्त्रको विरोध गर्नु स्वाभाविक हो तर अहिले आम नागरिकको स्तरबाट पनि गणतन्त्रको विरोध भैराखेको छ । त्यो किन भइरहेको छ ? यो झनै गम्भीर सबाल हो । के ती सबै मानिसहरू गणतन्त्र खराब व्यस्था नै हो भनेर विरोध गरेका हुन त ? त्यसो हैन । गणतन्त्रका सञ्चालक वा सरकार सञ्चालकहरुले जनभावना अनुसार काम गर्न सकेनन् । हिजो पञ्चायत हुँदाको सरकार, बहुदल पछिको सरकार, राजा हुँदाको सरकार र अहिलेको सरकारमा तात्विक भिन्नता हुन सकेन । जसका कारण जनतामा निराशा आएको हो ।

    सरकार सञ्चालहरू आफू नेतृत्वमा हुँदा देश बनाउने होइन सत्ता र स्वार्थको अवसर मिलेको मात्र सम्झे । आफूलाई जनयुद्धको हिमायती भनेको पार्टीका नेताहरु समेत विकास, समृद्धि र सुशासनको हैन व्यक्तिगत पुँजी आर्जनको प्रतिस्पर्धामा लागे । जसका कारण गणतन्त्रको बदनाम भएको छ । नेतृत्व गलत हुँदा व्यवस्थाको हैन नेतृत्वको विकल्प खोज्ने हो । त्यो व्यवस्था गलत हुँदा प्रतिगामी हैन अग्रगामी व्यवस्थाको विकल्प खोज्ने हो । समाज विकासको र समाजशास्त्रको नियमले पनि त्यही भन्छ ।

    त्यो कुरा विशेषत युवा विद्यार्थीहरूले जनतामा स्थापित गर्ने हो । अहिले युवाहरुमा नै ज्यादा निराशाको अवस्था छ । युवाहरुमा निराशा र आबेगको हैन उत्साह, जाँगर र यथार्थताको राजनीति हुन जरुरी छ । अहिले युवाहरू निराशाकै कारण गलत राजनीति पकडेको अवस्था छ । त्यो अवस्थाबाट युवा विद्यार्थीलाई जोगाउन जरुरी छ ।

    देशमा अहिले स्थापना भएको गणतन्त्र प्राप्तिको लागि नेपाली युवा विद्यार्थीहरुको ठूलो योगदान छ । अखिल (छैठौं) (तात्कालिक अखिल एकीकृत), ले नै नेपालको गणतन्त्र प्रप्तिको आन्दोलनमा सबभन्दा पहिला गणतन्त्रको नारा पास गरेको थियोे । त्यसपछि क्रमशः सम्पूर्ण विद्यार्थी संगठनहरू गणतन्त्रको नारामा आएका थिए । युवा विद्यार्थीको आयोजनामा देशब्यापीरुपमा राजतन्त्रको असान्दर्भिकता र गणतन्त्रको सान्दर्भिकताको विषयमा प्रवचन कार्यक्रमहरू भए । मिनि जनमत संग्रहहरू नै भयो । त्यसले पनि राजतन्त्रको असान्दर्भिकता पुष्टि गरायो । त्यसैले आम जनताको बीचमा अब राजतन्त्रको सान्दर्भिकता छैन । यो अब हामीले राख्नु हुँदैन भन्ने जनमत वृद्धि हुँदै गयो । त्यो सँगै आन्दोलन पनि घनिभूत रुपमा अगाडि बढ्यो र राजतन्त्रको अन्त्य भयो । गणतन्त्र स्थापना भयो ।

    अहिले विद्यार्थी संगठनहरूको त्यो स्तरको सक्रियता छैन । क्याम्पसमा पढ्ने विद्यार्थीहरूमा समेत हिजोका स्कुलमा अध्ययन गर्ने बेलाका विद्यार्थीहरुमा जति राजनीतिक चेतना छैन । अहिले राजनीतिक अध्ययनबाट हैन कि कुनै कुन्ठा र अभिस्ट पूरा गर्न सामाजिक सञ्जालमा व्यक्त भएका कुराका आधारमा दृष्टिकोण बनाउने प्रचलनको विकास भएको छ । विकल्प के हुन सक्छ र त्यसले देशलाई दीर्घकालीन रुपमा के प्रभाव दिन सक्छ भन्ने आधारमा हैन तत्काल के गर्दा आफ्नो आक्रोश मेटिन्छ, त्यही आधारमा राजनीतिक विचार र दल चयन गर्ने प्रचलन बढदो क्रममा छ । यो देश र जनताको लागि राम्रो कुरा होइन । अझ जोड गरेर भन्दा युवा विद्यार्थीमा यस्तो कमजोर प्रकारको सोच, विचार र प्रवृत्ति हुनु देशको लागि झनै दुःखको कुरा हो । हामीले दुनियाँको राजनीतिक आन्दोलनको इतिहास हेर्दा युवाहरु नै अग्रगामी आन्दोलनको हिस्सेदार भएको पाउँछौँ । नेपालको राजनीतिक आन्दोलनको इतिहास पनि त्यहि छ । तर आजको नेपाली राजनीतिको ट्रेन्ड व्यवसायिक बनेको छ ।

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दशरथ रंगशालामा नयाँ शक्ति पार्टीको घोषणा गरे । तर त्यो पार्टी आज कहाँ पुग्यो त्यसको कुनै टुंगो छैन । रवीन्द्र मिश्रहरूले साझा र विवेकशील पार्टी निर्माण गरे । त्यो पार्टी कहाँ पुग्यो ? त्यसको पनि कुनै टुंगो छैन । सुरु सुरुमा युवाहरू र बौद्धिक भन्नेहरु सबैले नयाँ शक्तिको गुणगान गर्थे । पछि तराजु पार्टीको पनि त्यही वर्गले गुणगान गथ्र्यो । तर आज त्यो पार्टी कहाँ छ ? यसै गरि अहिले त्यही प्रवृत्ति रास्वपामा देखिएको छ । यो पनि स्थायी कुरा हैन ।

    हाम्रो देशको राजनीतिक आन्दोलनको ट्रेन्ड किन स्खलित हुँदै गइरहेको छ ? यो गम्भीर चिन्ताको विषय हो । त्यसमा पनि युवाहरुको अराजक, गैरजिम्मेवार र विचारविहीन राजनीतिक संलग्नता झनै खतरनाक कुरा हो । अहिले सत्ता सञ्चालनको केन्द्रमा भएका राजनीतिक दलहरुको व्यक्ति नाफामुखी राजनीति नै आजको राजनीतिक आन्दोलन भित्रको निराशाको कारण हो । तर बिडम्बना नेपाली जनताले र स्वयम् आफैंले वैकल्पिक भन्न रुचाउने दलहरू त्यो भन्दा ज्यादा नाफामुखी व्यावसायिक राजनीतिमा लागेको देखिन्छ । त्यसको ज्वलन्त उदाहरण रास्वपा र हाम्रो नेपाली पार्टी हो । जसरी व्यापारीहरूले आफ्नो व्यवसायमा जनजनमा स्थापित नाम र ट्रेडमार्क प्रयोग गरेर नाफामुखी व्यवसाय गछ्र्न्, त्यसैगरी गत स्थानीय चुनावमा स्थापित स्वतन्त्र शब्द र लौरो चुनाव चिह्न हुने गरेर पार्टी नै बने । स्वतन्त्र शब्द प्रयोग गरेर रास्वपा बन्यो भने लौरो चुनाब चिह्न हुने गरेर हाम्रो नेपाली पार्टी बन्यो । राजनीतिमा यो भन्दा भद्दा व्यवसायिक मानसिकता केही हुदैन । यो विषय आजका युवा विद्यार्थीहरूले विशेष रुपमा ग्रहण गर्न जरुरी छ ।

    राजनीति पनि एक विज्ञान र वैज्ञानिक बिधिबाट अगाडि बढ्ने विषय हो । लहड र नाफालाई केन्द्रमा राखेर आउने राजनीतिक कुराहरु स्थायी हुन सक्दैनन् । कुनै विचार, दर्शन र रणनीति बेगर आउने कुराहरू पनि पानीको थोपा सरी हराउदँछ्न् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दशरथ रंगशालामा नयाँ शक्ति पार्टीको घोषणा गरे । तर त्यो पार्टी आज कहाँ पुग्यो त्यसको कुनै टुंगो छैन । रवीन्द्र मिश्रहरूले साझा र विवेकशील पार्टी निर्माण गरे । त्यो पार्टी कहाँ पुग्यो ? त्यसको पनि कुनै टुंगो छैन । सुरु सुरुमा युवाहरू र बौद्धिक भन्नेहरु सबैले नयाँ शक्तिको गुणगान गर्थे । पछि तराजु पार्टीको पनि त्यही वर्गले गुणगान गथ्र्यो । तर आज त्यो पार्टी कहाँ छ ? यसै गरि अहिले त्यही प्रवृत्ति रास्वपामा देखिएको छ । यो पनि स्थायी कुरा हैन । यहाँ न कुनै विचार छ, न कुनै सकारात्मक पृष्ठभूमि छ, न आधारभूत जनताको हित अनुकुलको कुरा छ, नत त्यो वर्ग र विचारको सहभागिता छ । राजनीति रहर, लहड र आक्रोशमा हैन नीति, विचार र दर्शन सहित त्यागको भावनाले चल्ने कुरा हो । त्यसै लहडका आधारमा चल्ने राजनीतिमा जनताहरु अलमल हुँदासम्म देशमा राजनीतिक स्थायित्व हुन सक्दैन । राजनीतिक रुपमा स्थायित्व नहुँदासम्म देशमा विकास पनि हुन सक्दैन । त्यो कुरामा आम जनतामा सही समझदारी भयो भने मात्र देशले विकास, समृद्धि र सुशासनको लय पकड्ने छ ।

    पछिल्लो समयमा देशमा जुन प्रकारको राजनीतिक अवस्था बनेको छ, यसलाई सुधार गर्ने पनि युवा विद्यार्थीहरूले नै हो । मुलतः मार्क्सवादी राजनीतिद्वारा प्रशिक्षित युवा विद्यार्थीहरूले यसलाई सुधार गर्ने हो । मार्क्सवाद र द्वन्द्वात्मक भौतिकवाद पढेका युवा विद्यार्थीहरू नै हो यसरी राजनीतिमा देखिने उतारचढावलाई सहि ढङ्गले बुझेर समाज र राजनीतिलाई सहि बाटोमा डोहोर्याउने । जब युवा र विद्यार्थीहरूमा राजनीतिक सचेतना हुँदैन तब समाज अराजकतातर्फ भड्किन थाल्छ । त्यसैले आजको राजनीतिक आन्दोलनमा मार्क्सवादी युवा विद्यार्थीहरूको भूमिका बढेर गैरहेको छ । नयाँ पुस्तामा राजनीतिक सचेतना जाग्रित गराउने भनेको नै विद्यार्थी संगठनहरूले हो । त्यो सचेतना हिजोको तुलनामा अझै बढाउनु पर्ने अवस्था छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि विद्यार्थी संगठनका धेरै गतिविधिहरू तुलनात्मक रुपमा कमि हुनुकै कारण अहिले युवाहरुमा राजनीतिक सचेतना हुन नसकेको हो । त्यो कडिलाई जोड्ने दायित्व अहिलेका विद्यार्थी संगठनहरूको हो ।

    तत्कालको लागि राजनीतिक आन्दोलनमा अन्योलता र दिग्भ्रम पैदा भएतापनि विचारविहीन राजनीतिको कुनै भविष्य हुँदैन । साम्राज्यवादीहरू जति धेरै कम्युनिस्ट र माक्र्सवादी विचारको विरोध गरेपनि उनीहरूले त्यही आधारमा राजनीतिक ज्ञान लिने गरेका छ्न् । केही सिमित मान्छेले बहुसंख्यक मान्छेलाई स्वार्थको लागि चलाउने कुरा दीर्घकालीन हुन सक्दैन । आजको बुर्जुवा राजनीतिको प्रवृत्ति भनेको नै त्यही हो । जनतामा सचेतना आउने बेला त्यो कुरा टिक्ने छैन । त्यो कुरा युवा विद्यार्थीहरूले निरन्तरको राजनीतिक अभियान बाट बुझाउनु पर्दछ । त्यो बुझाउने क्रम केही समयको लागि अबरुद्ध भएको भएपनि अब हामीले त्यसलाइ तीब्र रुपमा अगाडि बढाउनु पर्दछ ।

    नेपालको विद्यार्थी आन्दोलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को अलग पहिचान स्थापित भएको छ । त्यो पहिचान बचाउँदै अबको विद्यार्थी आन्दोलनलाई परिमार्जन गर्दै अगाडि बढाउनु पर्दछ । विद्यार्थी आन्दोलनको मजबुतीले नै कम्युनिस्ट आन्दोलन र राजनितिक आन्दोलनलाई मजबुत बनाउने हो । जब वामपन्थी विद्यार्थी आन्दोलन कमजोर हुन्छ, तब देश र देशको राजनीतिक आन्दोलनले अराजकताको बाटो पकड्दछ । त्यो अराजकताबाट बचाउनको लागि पनि हामलिे विद्यार्थी आन्दोलन र संगठनलाई बलियो बनाउनु पर्दछ । अहिले जसरी अराजनीतिक र पस्चगामी विचारहरू राजनीतिक आन्दोलनभित्र प्रवेश गरिराखेका छ्न्, यी पनि स्थायी कुरा होइनन् । समाज विकासको नियमले पनि समाजलाई क्रमशः अराजकता र पस्चगमनतिर हैन, व्यवस्थित र अग्रगामी बाटोमा अगाडि बढाउँछ । त्यही मान्यताका आधारमा राजनीति आन्दोलन र युवा विद्यार्थी आन्दोलनलाई अगाडि बढाउने हो ।

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.