काठमाडौँ । नेपाली इन्जिनियरिङ कलेजका विद्यार्थीले १५ लाख बढीको अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गर्ने भएका छन् ।
कलेजका विद्यार्थी विप्लव पनेरू र भर्खरै स्नातक गरेका अनुप पौडेलसँगै पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका स्नातक चौथो वर्षका विद्यार्थी विश्व पनेरूले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदान प्राप्त गरेका हुन् ।
उनीहरूले ‘टेक्नोइकोनोमिक एनालिसिस अफ क्रायोजेनिक सिओ २ क्याप्चर प्रोसेस अफ नेपाल एन्ड इटस एप्लिकेसन’ शीर्षकको अनुसन्धान परियोजनाका लागि ११ हजार ८७५ डलरको अनुदान पाएका छन् ।
उनीहरू युनाइटेड इन्जिनियरिङ फाउन्डेसनको अनुदान कार्यक्रममा जलवायु समाधान परियोजनाका लागि स्वीकृत भएका हुन् ।
पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ फाउन्डेसन पाँच ठुला इन्जिनियरिङ सोसाइटीहरू: एआइसिएचई, आइइई, एआइएमई, एएससिईरएएसएमईको साझा कन्सोर्टियम हो । यो परियोजना एसियाबाट छनोट भएको एक मात्र परियोजना हो ।
यसबाहेक अनुदान कार्यक्रमको एक भागको रूपमा विश्वास र उनको टोलीलाई अमेरिकी इन्स्टिच्युट अफ मेकानिकल इन्जिनियर्सद्वारा एक हजार अमेरिकी डलरको प्रस्तावित दुई आवश्यक पाठ्यक्रम प्रदान गरिएको छ । यी पाठ्यक्रमले केमिकल इन्जिनियरिङको क्षेत्रमा उनीहरूको ज्ञान र सिपलाई थप वृद्धि गर्ने अपेक्षा गरिएको छ । पाठ्यक्रमले जलवायु समाधानमा योगदान पुर्याउन बहुमूल्य सिप र अन्तरदृष्टि प्रदान गर्ने छ ।
उनीहरूको परियोजना प्रतिवेदन चाँडै नै अमेरिकी इन्स्टिच्युट अफ मेकानिकल इन्जिनियर्सको सस्टेनेबल एनर्जी कोप्र्सले आफ्नो अन्तर्राष्ट्रिय डाटाबेसमा प्रकाशित गर्ने बताइएको छ ।