• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लगन, अनुशासन, सङ्गठन र दृढता


  •   शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    क्रान्तिकारीमा हुनैपर्ने चारओटा विषय लगन, अनुशासन, सङ्गठन र दृढता हुन् । तिनीहरूलाई सबैभन्दा पहिलो आवश्यक गुण लगातार लागिरहनुपर्ने लगन हो ।

    एक जना क्रान्तिकारीले उसको जीवनभर राज्यसत्ताको चास्नीमा नडुबिकन आफ्नो जीवनको अन्तिम अवस्थामा आफ्नो जीवनको सकेसम्मको बढी भाग श्रमजीवी शोषित–उत्पीडितको मुक्तिका लागि खर्च गर्न सकेँ भनेर आफैले गौरव मान्ने अवस्थामा गयो भने मात्रै पनि ऊ महान् व्यक्ति हुन सक्छ । त्यसो भन्नुको कारण निरन्तरतासँगको महत्त्व बताएको नै हो ।

    व्यक्तिहरूले आफूलाई क्रान्तिकारीको कित्तामा पार्न मन पराउँछन् । छोटो समयका लागि त्याग, बलिदान पनि उनीहरूले रुचाउने विषय हुन् तर समस्या त्यही निरन्तरतामा छ । उनीहरूलाई क्रान्तिकारी कामको पुरस्कार आवश्यक पर्छ । बलिदानको कुरा गर्दा सहिदमा नाम दर्ता हुने ग्यारेन्टी चाहिन्छ । आफ्नो नेतृत्व स्वीकार गरिदिने शर्त तेर्साउँछन् । यी सबैको स्वाभाविक नतिजा निरन्तरतामा अवरोध आइपर्छ र उनीहरूको काम अस्थायी हुन्छ । छोटो समयको अथवा अल्पकालीन प्रकृतिको हुन्छ ।

    मैले पनि पहिले पहिले त क्रान्तिकारी पार्टीमा कस्सिएर काम गरेको हुँ तर यसले वा उसले मलाई यो अवस्थामा ल्याउन बाध्य बनायो भन्ने भनाइ राख्ने गर्छन् । त्यसकारण समस्या निरन्तरताको अथवा लागिरहने अभ्यासको हो । अनुकूल हुँदा धेरै समय र प्रतिकूल भए थोरै समय छुट्याएर काम गरिरहनु सबैभन्दा बढी महत्त्वको विषय हो । यो नभई नहुने र हुनैपर्ने पहिलो महत्त्वपूर्ण गुण हो, अरू बहानाबाजीको अर्थ लाग्दैन ।

    लगनशीलतामा बाधा पार्ने दुईओटा आवश्यकताका कारण छन् ।

    पहिलो सामान्य आवश्यकता पूरा गर्नमा आउने समस्याको कारण हो । त्यो गरिबी, अशिक्षा आफ्नो योग्यताअनुसार गर्ने काममा प्रतिस्पर्धा हुनाले आधारभूत आवश्यकता पूर्तिमा समस्या प्राविधिक सिप नहुने, शारीरिक कामको थोरै पारिश्रमिकबाट खर्च चलाउनुपर्दा समय र वचत रकम हुन नसक्ने गरी आइपरेको समस्या हो ।

    दोस्रो हो– उपभोक्तावादी संस्कृतिको जालोमा जेलिएर उम्कन नसक्ने गरी कुलतमा परेको अवस्था । स्वास्थ्य र श्रमशक्तिलाई नोक्सान पुग्ने गरी आफैले जानी जानी वा नजानेर गर्ने बानीको विकास† जस्तै : बढी रक्सीचुरोट खानुका साथै खर्च नगरे पनि हुने वस्तुमा रकम खर्च गर्ने उपभोक्तावादी संस्कृतिको शिकार बनेको अवस्था ।

    यी दुईबाहेकको महत्त्वपूर्ण पक्ष आफ्नो जीवनको मूल्य आफैले थाहा पाउन नसक्ने कारण पनि हो । वयस्क जीवन धेरै वर्ष नहुने हुनाले समय बेकारमा खेर जान दिनुहुन्न । केटाकेटीमा हुर्काउने जिम्मा अभिभावकको, बुढेसकालमा स्याहारसुसार गर्ने जिम्मा छोराछोरीको तर वयस्ककाल त सबै आफैले गर्ने जिम्मा भएको अवस्थामा त सबै आफूले गर्नैपर्ने हो । त्यस्तो आफ्नो महत्त्वपूर्ण समय खेर फाल्ने अथवा पूरा उपयोग नगर्ने हो भने त्यो जीवनको मूल्य नबुझेकै हो ।

    आफ्नो मुक्ति सम्पूर्ण श्रमजीवी वर्गको मुक्तिसँग जोडिएको हुनाले एकल प्रयत्नबाट वर्ग मुक्ति हुन सक्दैन । आफूले गर्ने र गर्न सक्ने भनेको सम्पूर्ण श्रमजीवी वर्गको मुक्तिका लागि आफ्नो बढीभन्दा बढी योगदान थप्ने हो । त्यो भनेको आफ्नो श्रमबाट आफ्ना निम्नतम आवश्यकता पूरा गर्ने समय र श्रमशक्ति बचाएर वर्गीय मुक्तिका लागि बढीभन्दा बढी योगदान थप्ने नै हो ।

    अनुशासन भनेको नियम, कानुन, नैतिकताको मातहतमा बसेको अवस्था हो तर नियम, कानुन र नैतिकता सबै वर्गीय स्वार्थसँग जोडिएका हुन्छन् । अनुशासन वर्गीय हितसँग सम्बन्धित हुन्छ ।

    समाजमा लामो समयदेखि सम्पन्न र विपन्न वर्ग छन् । सम्पन्न वर्गको राज्यसत्ता छ । त्यसको सहयोगबाट सम्पन्न वर्गले आफ्नो सम्पन्नवर्गीय अधिनायकत्व लागु गर्छ । सम्पन्न वर्गको अनुशासन भनेको साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर श्रमजीवी वर्गलाई बढीभन्दा बढी काम घटीभन्दा घटी पारिश्रमिक दिएर पूरा गरी नाफा कमाउने हो । त्यसपछि आफ्नो विलासी जीवन र सेवासुविधाका लागि धेरै मजदुरको उपयोग गर्ने, आफूले कुनै काम गर्नुनपर्ने सम्पन्न वर्गको मुक्तिको अवस्था हो भने श्रमजीवी वर्गको मुक्ति उत्पादनका साधन चाहे प्रकृतिले सित्तैमा दिएका होउन् अथवा मानवश्रमबाट निर्माण गरिएका होउन्, सबै सामूहिक स्वामित्वमा गरेर कसैले कसैलाई नाफा कमाउने प्रयोजनमा उपयोग गर्न नपाएको अवस्था हो । सामूहिक स्वार्थका लागि सामूहिक श्रम गर्ने अवस्था विपन्न वर्गको मुक्तिको अवस्था हो । त्यसकारण परस्पर विरोधी सिद्धान्त, परस्पर विरोधी राजनीति र परस्पर विरोधी सङ्गठन तीनओटै क्षेत्रको आफ्नो वर्गीय स्वार्थअनुकूल हुने गरी अध्ययन गरेर त्यसैअनुसारको नैतिक अनुशासनमा बसेर काम गर्ने गर्नुपर्छ ।

    सबैभन्दा पहिले आफैले महसुस गर्नुपर्‍यो कि मैले श्रम खर्च गरेर थोरै पारिश्रमिकले आवश्यकता पूरा गरेको छु । त्यसपछि कम्युनिस्ट पार्टीको सदस्य भई अनुशासन पालना गरेर सङ्गठनको गुणस्तर र सङ्ख्या विस्तार गर्दै आन्दोलनबाट खारिएर जनताको नेतृत्व गर्ने योग्यता क्षमता बढाउँदै आफू र आफू जस्ता वर्गको मुक्ति सम्भव छ ।

    सङ्गठन आपसमा मिलेर वर्गीय स्वार्थका लाग सबैले काम गर्ने गठबन्धन हो । मजदूर वर्गको सङ्गठन सञ्चालन गर्ने तरिका जनवादी केन्द्रीयता हो । यो अध्ययन, आस्था, विश्वाससहित शोषणको जालो हटाउन प्रयास गर्ने सङ्कल्प एकताको प्रतीक हो । छलफलमा स्वतन्त्रता र काममा एकता गर्ने तरिका हो । सङ्गठनमा परस्पर विरोधी पक्षको एकता हुने भएको हुनाले परस्पर विरोधी पक्ष अल्पमत र बहुमत दुवै पक्षको विरोधले गतिशील हुन्छ ।

    सङ्गठनमा महत्त्वका हिसाबले सिद्धान्त पहिलो, राजनीतिक लाइन दोस्रो र सङ्गठन तेस्रो महत्त्वका हुन्छन् । सिद्धान्तमा द्वन्दात्मक र ऐतिहासिक भौतिकवाद, विश्वदृष्टिकोण, समाजवाद र साम्यवाद पर्छन् । राजनीतिमा दीर्घकालीन कार्यक्रमलाई अथवा सिद्धान्तलाई परिस्थितिअनुसारको तात्कालिक कार्यक्रमले सहयोग पुग्ने गरी एकातिर जनताको बिच राजनैतिक कार्यक्रमले जनता समेटेर आन्दोलन उठाउन सक्ने, अर्कोतिर, जनताका बिचमा काम गर्न सक्ने तालमेलसहितको राजनीति ठोस अवस्थाको ठोस विश्लेषणसहित निश्चित गर्न सक्नुपर्छ । माथिका दुवै पक्ष निश्चित गरेपछि सङ्गठन निर्माण र परिचालनको कुरा आउँछ ।

    सङ्गठन जनताका प्रतिनिधि सहभागी भएको राजनैतिक एकाइ हो । सङ्गठनमा आबद्ध कार्यकर्तालाई नेतृत्वले प्रशिक्षणको माध्यमबाट र स्वअध्ययनको तरिकाबाट उनीहरूलाई सबैभन्दा पहिले मुक्त गर्नुपर्छ । त्यो भनेको कुनै न कुनै उत्पादन कार्यमा सहभागी भएर त्यसको पारिश्रमिकबाट आफ्ना अत्यावश्यक निम्नतम आवश्यकता पूरा गर्ने अनि समय र पैसा बचाएर सामूहिक स्वार्थका लागि आफ्नो योगदान थप्नुका साथै त्यो कामलाई निरनतरता दिने, त्यसको अतिरिक्त जनताका बिचमा अझै श्रमजीवी जनताका बिचमा सुमधुर सम्बन्ध कायम गर्ने काममा पनि ढिला नगर्ने हो ।

    सङ्गठन ऐच्छिक संस्था हो । यो कसैको करबलले चल्ने चिज होइन । इच्छा जगाउन र जिम्मेवारी वहन गर्न, उत्सुक बनाउन नेतृत्वपङ्क्तिको महत्त्व रहन्छ । व्यक्तिले नेतृत्वलाई पढ्न पाउनुपर्छ र उसको दैनिकीमा आफ्नो दैनिकीलाई एकाकार गराउने प्रयत्नको सिलसिलामा एक जना असल नागरिकको जीवन जिउन, सिक्न/सिकाउन आवश्यक हुन्छ ।

    राजनीति सबैभन्दा महत्त्वपूर्ण यसकारणले हो, त्यसले सर्वसाधारण, श्रमजीवी जनताको मुक्तिका लागि आफ्नो जीवनको मूल्यसँग एकाकार गराउँछ र गराउनुपर्छ । त्यसैको लागि सङ्गठन हो । त्यसैको लागि नेता र कार्यकर्ता पनि हुन् । हामीले बुझेका छौँ, बुर्जुवा शोषणमा आधारित व्यवस्थामा मात्र नेता हुन्छन् र नेता यसकारणले महत्त्वपूर्ण व्यक्ति हो, उसले जनताको पिछडिएको चेतनास्तरबाट फाइदा उठाउने काम गर्नुको सट्टा जनतालाई सचेत र सङ्गठित भई आन्दोलनमा सहभागी गराएर आफ्नो मुक्तिका लागि आमूल परिवर्तन गर्नेसम्मका हुन सकुन् । त्यही काममा निरन्तर खट्ने व्यक्ति नेता हो ।

    नेता साम्यवादी व्यवस्था स्थापना नहुँदासम्म महत्त्वपूर्ण भूमिकामा रहन्छ । साम्यवादी समाजमा सबै नागरिक समान हुन्छन् । नेता भन्ने र नेता बन्ने काम समाप्त भइसक्छ तर वर्तमान समाजमा मान्छेले मान्छेलाई शोषण गर्ने जस्तो घृणित कामलाई कायम राखेर जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने उद्देश्यसहित आफू नेता भएको अभिनय गर्छन् । राज्यसत्ता सञ्चालनमा सहभागी हुने, वर्गसमन्वयको नाममा श्रमजीवी जनतामाथि निर्मम शोषण र दमन गर्ने, जनताबाट कर उठाएर आफ्ना आसेपासेलाई पोस्ने जस्तो निच काम गर्न नेता हुन्छन् ।

    दृढता नैतिकतासँग जोडिएको प्रसङ्ग हो । आफू नमुना बन्न निरन्तर प्रयत्नशील हुने कामसँग जोडिएको प्रश्न हो । कम्युनिस्ट पार्टीले जनतामध्येका श्रमजीवी समुदायको मुक्तिका लागि अगाडि बढ्ने सिलसिलामा दृढता व्यक्त गर्ने नैतिक आचरणलाई प्रोत्साहन गर्छ । शोषित–उत्पीडित जनताको शिर ठाडो पार्ने काममा आफ्नो सम्पूर्ण योग्यता, क्षमता उपयोग गर्छ ।

    जनता इतिहासका निर्माता हुन् । त्यो काम जनता आफै सचेत र सङ्गठित नभएसम्म पूरा हुन सक्दैन । सचेत हुने भनेको भौतिक परिस्थितिको अवलोकन गर्ने मात्रै होइन; त्यसमा आमूल परिवर्तन गरेर आपूm र आफू जस्ता हजारौँहजारको सङ्ख्यामा रहेको श्रमजीवी जनसमुदायलाई राज्यसत्तामा बहाल गराउनेसम्म मात्र होइन; राज्यसत्तालाई नै समाप्त पार्नेसम्मको काममा आफ्नो अडान बलियो पार्ने काम दृढतासँग सम्बन्धित छ ।

    दृढता एकैछिन आवेगमा आएर गर्ने काम होइन, आफ्नो जीवन रहेसम्म निरन्तर प्रदर्शन गरिरहने काम हो । अनुकूल परिस्थितिमा उत्साहित भएर मात्र होइन, प्रतिकूल परिस्थितिमा पनि आफ्नो उद्देश्यलाई बचाएर अघि बढ्ने काम पनि दृढतासँग सम्बन्धित छ । यो व्यक्ति आफैले गर्ने काम हो । अरूलाई तँ दृढ हुनू भनेर उपदेश दिने काम होइन । सजिलै दृढ हुन सक्ने काम पनि होइन । अध्ययन, प्रशिक्षण, भाषण, सांस्कृतिक रूपान्तरणकारी कार्यक्रम आदिको सिलसिलामा जनताको राजनैतिक चेतनास्तर उच्च हुँदै जाने हो तर नेता र कार्यकर्ता सिद्धान्तको अध्ययन, राजनीतिक लाइन र सङ्गठनात्मक गतिविधि आदिको व्यावहारिक प्रयोगबाट क्रमश: जनताको अगुवाइ गर्ने अथवा जनताको मन जित्ने गरी परिष्कृत हुँदै जाने हो ।

    लगन, अनुशासन, सङ्गठन र दृढता—यी चारओटै विषय क्रान्तिकारी गुण अथवा क्रान्तिकारीतासँग सम्बन्धित विषय हुन् । यी चारओटा गुण व्यवहारमा लागु गर्ने काम गर्दासम्म व्यक्ति क्रान्तिकारी हुन्छ र छाड्यो भने गैरक्रान्तिकारी बन्ने र भन्ने अवस्थामा पुग्छ ।

    क्रान्तिकारीले गर्नुपर्ने कामको विकल्प भनेका पुँजीपति वर्गको राज्यसत्ताको विकल्पमा उत्पादक वर्ग अथवा किसान–मजदुरको राज्यसत्ता, निजी व्यक्तिगत स्वामित्वमा भएका उत्पादनका साधनको विकल्पमा सामूहिक स्वामित्व अथवा खेतिकिसानी गर्ने जग्गा सहकारीमा र औद्योगिक वस्तु उत्पादन गर्ने कारखाना सरकारी स्वामित्वमा लगेर उत्पादन गर्ने, कारखाना सरकारी स्वामित्वमा लगेर उत्पादन बढाउने दोस्रो विकल्प हो भने अर्को विकल्प राजनैतिक स्वतन्त्रता र समानताको ठाउँमा आर्थिक स्वतन्त्रता र समानता हो ।

    यी तीनओटै विकल्प एकैछिनमा अथवा थोरै व्यक्ति संलग्न भएर पूरा हुने काम होइनन् । यिनीहरू दीर्घकालीन प्रकृतिका काम हुन् । त्यस्ता महत्त्वपूर्ण काममा सहभागी हुने व्यक्तिले काम सुरु गर्दा विश्वदृष्टिकोण त्यो कामलाई प्रोत्साहन गर्ने सबैभन्दा पहिलो र सबैभन्दा प्रमुख विषय हो ।

    विश्वदृष्टिकोण भनेको मानव इतिहास गतिशील प्रकृति र घटनालाई हेर्ने हेराइ हो । त्यो भनेको हाम्रो उद्देश्यलाई वर्गसङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोग तीनओटै क्षेत्रमा सामूहिकताको आधार निर्माण गर्ने हो । हाम्रा कुनै पनि आवश्यकताका वस्तु एकल प्रयत्नबाट, हाम्रो कुनै पनि आवश्यकताका वस्तु एकल प्रयत्नबाट हाम्रो उपयोगमा आउने अवस्थामा पुगेका होइनन् । सामूहिक प्रयत्नबाट अथवा हजारौँहजार जनाको श्रम मिसिएका वस्तु हामीले प्रयोग गर्दछौँ । राजनैतिक सत्ता, धार्मिक सत्ता, वंशज अथवा परम्परागत सांस्कृतिक सत्ता आदिका कारणले त्यस्तो भएको हुँदा तिनीहरू सबैमा आमूल परिवर्तन गर्न आवश्यक छ ।

    शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.