• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

खाम भाषाबाट बनेका रुकुमका केही स्थानको नामबारे


  •   शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
  • सत्यनारायण श्रेष्ठ ##

    Advertisement

    मध्यमाञ्चलदेखि सुदूरपश्चिमबाट पनि केही पश्चिमसम्मका चार जात र छत्तिस वर्ण, सबै जातका हाम्रा पुर्खाले खाम बोलेका रहेछन् भन्ने ज्वलन्त नमुना हाम्रा गाउँबस्ती, वनपाखा, हिमाल, पहाड, तराई, नदिनाला र दहका नामले पनि प्राकृतिक र भौतिक प्रमाणका रूपमा पुष्टि गरिरहेका छन् भन्ने केही प्रमाणको जानकारी यहाँ दिइएको छ ।

    १) खाममा : र्‍ही + गुम + दह – खाम शब्द विकास भई रुगुम दह भयो । रुगुमबाट पनि विकास भएर २०१८ सालदेखि तत्कालको नयाँ संरचनाको ७५ जिल्लामध्येको साविक रुकुम जिल्ला नामाकरण गरिएको हो ।

    खास कुरामा : खानेपानी + उच्च + दह – उच्च खानेपानी दह भनेको हो । त्यहाँका मान्छेलगायतका घरपालुवा जनावरसमेतले त्यहीँ दहको पानी २०६५ सालसम्म खाने गर्थे ।

    २) खाममा : चाउ + बाङ – हाल चाउ शब्द विकास भएर चौबाङ भनियो ।

    खास कुरामा : राम्रो + चौर – राम्रोचौर भनेको हो ।

    नोट : वि.सं. १९९६ सालमा तत्कालीन राणा सरकारले जनताबाट कर उठाउने नीति बनाउने क्रममा जनताका नाममा जग्गा दर्ता गराउँदा स्थानीय तालुकदार, बिर्तावाल र सल्यान गौँडाका प्रतिनिधिले कुनै आधार नभएको चौकाबाङ गाउँ नामकरण गरेका थिए । चौकाबाङ भएकोमा फेरि पनि विकास भई चौखाबाङ हुँदै छ ।

    ३) खाममा : साँ + क + दह – साँकदह विकास भएर साँखदह हुँदै छ ।

    खास कुरामा : छायाँ + नजिक + दह – छायाँ (ऐना) नजिक दह भनेको हो ।

    नोट : पहिला ऐना पत्ता नलाग्दै यही दहमा हातमुख धुएर ऐनाको रूपमा आप्mना छाया हेर्ने गर्थे । त्यसकारण यस दहको नाम पनि साँकदह रहन गएको हो भन्ने हालसम्मको ठहर छ ।

    ४) खाममा : म्होसिउ + कोई – हाल म्होसिउ शब्द विकास भई मुसिकोट भनिन्छ ।

    खास कुरामा : लुकेको + डाँडो – लुकेको थुम्को वा डाँडो भनेको हो ।

    ५) खाम : नौ + दोहा – नौदोहा हो । हाल नौ दोहो शब्द विकास भई नदुवा र लदुवा भनिन्छ ।

    खास कुरामा : नौ + बाटो – नौओटा बाटो भेट भएको चोक भनेको हो ।

    ६) खाममा : आठ + बिस + कोट – हालसम्म पनि आठबिसकोट नै भनिन्छ ।

    खास कुरामा : ८ + २० + डाँडो – एक सय साठी जनसङ्ख्या भएको तालुक वा डाँडो भनेको हो ।

    नोट : राजतन्त्रको शासन र राणा सरकारको समयमा राज्यले जनतालाई बिसभन्दा माथि जानकारी दिने नीति थिएन । त्यसैले १६० जनसङ्ख्या भएको तालुकको नाम जनसङ्ख्याको आधारमा आठबिस राखियो । पन्चायतकालमा नामकरण गर्दा उच्च डाँडोलाई पनि थपेर अहिलेसम्म पनि आठबिसकोट नगरपालिकाले परिचित छ ।

    ७) खाममा : झुल् + खे – हाल खे शब्द विकास भई झुलिखेत भनिन्छ ।

    खास कुरामा : सुइरोे + खेत – सुइरो जस्तो तिखो डाँडोको काखमा धान खेती गर्ने जग्गा भनेको हो ।

    ८) खाममा : बाँकी + कोई – विकास भएर बाँफीकोट भनिन्छ ।

    खास कुरामा : अछट्टै/अलक्कै + डाँडो/थुम्को – छुट्टै/अलक्कै डाँडो वा ठुम्को भनेको हो ।

    ९) खाममा : स्या + र्‍ही + गाउँ – खाम विकास भएर सेरीगाउँ भयो ।

    खास कुरामा : मृग + पानी + बस्ती – मृग पानी बस्ती हो ।

    १०) खाममा : स्या + बाङ – अहिलेसम्म पनि स्याबाङ नै भनिन्छ ।

    खास कुरामा : मृग + चौर – मृगचौर भनेको हो ।

    ११) खाममा : ट््या + खोला – विकास भई टेवाखोला भनिन्छ ।

    खास कुरामा : भ्यागटो + नदी – भ्यागुटो पाइने नदी भनेको हो ।

    १२) खाममा : हो + ल – विकास भई हिल भन्ने गरिन्छ ।

    खास कुरामा : त्यहाँ + छ – त्यहाँ छ भनेको हो ।

    १३) खाममा : होल + तरा – अहिलेसम्म पनि होलतरा नै भन्ने गरिन्छ ।

    खास कुरामा : उतै + तिर – त्यहाँ वा उतैतिर भनेको हो ।

    १४) खाममा : ला + छि + कोट – हाल लाछि शब्द विकास भई राजकोट भएको हो ।

    खास कुरामा : बाघ + घाँस + डाँडो – बाघ र घाँस हुने थुम्को वा डाँडो भनेको हो ।

    १५) खाममा : छि + बाङ् – हालसम्म छिबाङ गाउँ नामले परिचित छ ।

    खास कुरामा : घाँस + चौर – घाँसचौर भनेको हो ।

    १६) खाममा : खार + नेटा – हाल खार शब्द विकास भई खारा नेटा हुँदै छ ।

    खास कुरामा : बिच + डाँडो – बिच डाँडो वा अन्तरको डाँडो भनेको हो ।

    १७) खाममा : भ्या + र्‍ही + खोला – हाल खोला शब्द विकास भई भेरी नदी भएको छ ।

    खास कुरामा : धेरै + पानी + नदी – धेरै पानी वा धेरै पानी जम्मा भएको नदी भनेको हो ।

    १६) खाम : बसेकोलाई चुँव : भन्छन् चुँव विकास भएर हाल चुन भएको हो ।

    शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.