बागलुङबजार । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य दिलबहादुर दर्जी तथा राजमो शुभचिन्तक बलबहादुर दमाई, रामबहादुर दमाई, सकसबहादुर दर्जी र तुलबहादुर दमाईकी आमा खैसरा दमिनीको निधनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
२०८० मङ्सिर २७ गते पाँचौँ दिन बागलुङ जैदीस्थित घरमा सो कार्यक्रम सम्पन्न भएको हो ।

राजमो केन्द्रीय सल्लाहकार अमर थापा र जिल्ला सदस्य ठाकुर शर्माले उक्त कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य लीलादेवी शर्मा, जिल्ला अध्यक्ष तिलक थापा, जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदी, राजमो नेताहरू दिलबहादुर श्रीस, जिल्ला सदस्य ठाकुर शर्मा, जैमिनी नगर सदस्यहरू शिव पौडेल, नरिश्वर आर्चाय, मनबहादुर सुनारलगायतका नेता तथा कार्यकर्ताले पनि श्रद्धाञ्जली दिनुभएको थियो ।
जैमिनी नगरपालिका वडा नं। ७ जैदी निवासी खैसराको ८९ वर्षको उमेरमा गत मङ्सिर २३ गते दुखद निधन भएको थियो ।