• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

यी हुन् त्रिविको दीक्षान्त समारोहमा पुरस्कृत हुने विद्यार्थी


  •   बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नाम सार्वजनिक गरेको छ ।

    Advertisement

    त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो। स्नातकोत्तर तहतर्फ चार जना उत्कृष्ट विद्यार्थीले दुई/दुई र स्नातक तहतर्फ एक जना उत्कृष्ट विद्यार्थीले दुई पदक तथा पुरस्कार पाएका छन्।

    कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार समारोहमा एक विद्यार्थीले तीन पदक तथा पुरस्कार प्राप्त गरे। मानविकी सङ्काय स्नातकोत्तर तहतर्फ अर्थशास्त्र विषयमा सर्वप्रथम हुने कपिल पौडेलले तीन पदक तथा पुरस्कार पाएका हुन्।

    विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अर्थशास्त्र केन्द्रीय विभागका पौडेलले ३ दशमलव ७७ सिजिपीए ल्याउँदै तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाएका छन्।

    यस्तै स्नातकोत्तर तह अंग्रेजी साहित्यमा ३ दशमलव ८५ सिजिपिए ल्याउँदै सारा मर्हजनले पनि दीक्षान्त पदक र पुरस्कार दुई पदक पाएका छन्। उनले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्ण पदक पाएका छन्।

    यस्तै, बालकुमारी कलेज चितवनकी ममता सापकोटाले पनि दुई पदक पाएकी छन्। व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तह (एमविएस)मा ३ दशमलव ८७ सिजिपिए ल्याउँदै उनले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाएकी हुन्।

    यसैगरी विश्वविद्यालय क्याम्पस कीर्तिपुरकी शिक्षा शास्त्र सङ्कायकी शर्मिला रिजाल र सोही क्याम्पसका मानविकी सङ्काय राजनीति शास्त्रका अभिनव आचार्यले पनि दुई/दुई वटा पुरस्कार पाएका छन्। एमएडमा गणित विषय लिई सर्वप्रथम भएका रिजालले हिमांशु दाहाल स्मृति नगर पुरस्कार र शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार पाएका हुन्। यस्तै एमए राजनीतिशास्त्र विषयमा सर्वप्रथम भएका आचार्यले ललितचन्द पुरस्कार र वडाकाजी मरिचमानसिंह पदक पाएका छन्।

    भाइस च्यान्सलर पदक गैरेलाई
    यसैगरी २०७८ सालको स्नातक तहतर्फको सात वटा दीक्षान्त पदक र पुरस्कारमध्ये दुईवटा पुरस्कार एकै जनाले पाएका छन्। स्नातक तहको भाइस च्यान्सलर पदक यसपटक स्नातक तहमा सर्वोकृष्ट अङ्क ल्याउने पक्लिहवा क्याम्पस पक्लिहवा भैरहवाकी अस्मिता गैरेले पाएका छन्। उनले ८८ दशमलव २२ प्रतिशत अङ्क ल्याएका थिए। भाइस च्यान्सलर पदक एक तोला सुन र प्रमाणपत्र हुने गर्दछ।

    मानविकी सङ्कायअन्तर्गत स्नातक तहमा सर्वप्रथम भएका हेराल्ड इन्टरनेशनल कलेज वसुन्धराकी अस्मिता घिमिरेले पिपल्स क्याम्पस तीर्थरत्न बज्राचार्य पदक र ज्ञानप्रसाद पुरस्कार पाएकी छन्। त्रिविले दीक्षान्त समारोहमा एमफिलतर्फ एक वटा, स्नातकोत्तर तहमा १९ वटा र स्नातक तहतर्फ सात वटा पदक तथा पुरस्कार वितरण गर्न थालेको हो।

    कुलपति पदक’ वितरण नगर्ने
    यस्तै त्रिविले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ। परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणालीअनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्टाउन नसकिएकाले प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको कुलपति पदक वितरण नगर्ने जानकारी दिए।

    कुलपति पदक नौवटै सङ्कायमा सबभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइरहेको थियो। कुलपति पदक तीन तोला सुन र प्रमाणपत्र हुने गर्दथ्यो। ४९ औँ दीक्षान्त समारोह दशरथ रङ्गशालामा आगामी पुस २ गते हुने भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए। रासस

    बिहिबार, मङि्सर २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.