• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

टेलिकमले शतप्रतिशत बोनस दिने, एनसेलले आधा


  •   बुधबार, चैत १२, २०७६ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ ।

    Advertisement

    टेलिकम प्रवक्ता राजेश जोशीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त व्यवस्था भोलि बिहिबारदेखि ७ दिनका लागि लागू हुनेछ । टेलिकमको जीएसएम तथा सिडिएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । वोनस रकमबाट टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिन्छ भने ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन भने सकिने छैन ।

    रिचार्ज कार्ड प्रयोग गरी ५० र १०० रुपैयाँको रिचार्ज गर्दा प्राप्त हुने वोनस रकम २ दिन भित्र खपत गरिसक्नु पर्छ भने २०० र ५०० रुपैयाँको रिचार्जमा प्राप्त हुने वोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । टेलिकमका अनुसार, १००० रुपैयाँको रिचार्जमा प्राप्त हुने वोनस रकम ६ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

    एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत १० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र, १०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र र ५०० देखि ९९९ रुपैयाँ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्नेछ । १००० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

    एनसेलले ५० प्रतिशत बोनस दिने
    यस्तै, निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले ५० प्रतिशत बोनस दिने भएको छ । बुधबार विज्ञप्ति जारी गर्दै रिचार्जमा ५० प्रतिशत बोनस दिने घोषणा गरेको हो । एनसेलका अनुसार उक्त आधा बोनस सोही दिनको मध्यरातिसम्मको लागि मात्र मान्य हुनेछ।

    ‘एनसेलले हरेक रिचार्जमा ५० प्रतिशतसम्म बोनस पाइने योजना ल्याएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु २००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा ५० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन्।’

    प्राप्त बोनस रकम एनसेल नेटवर्कभित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्नेछन्। बोनस रकम सोही दिनको मध्य रातिसम्म मान्य हुनेछ। आधार बोनस मात्र दिएको एनसेलले सापटी भने २ सय पु-याएको छ।

    एनसेलका ग्राहकले विगतमा यो सेवा प्रयोग गरेको व्यवहारको आधारमा न्यूनतम रु ४० देखि अधिकतम रु २०० सम्म
    सापटी लिन सक्नेछन् ।

    एनसेलले उपभोक्तालाई दिने आधा बोनस र सोही दिनको लागि मात्रको निर्णय नियामक निकायको निर्देशनविपरीत देखिन्छ। मंगलबार नेपाल दूरसञ्चारप्राधिकरणको सञ्चालक समिति बैठकले सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकलाई एक महिनाको लागि रिचार्जबराबरको बोनस र लोनको सीमा २ सय रुपयै पु-याउने निर्देशन दिएको थियो ।

    बुधबार, चैत १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.