• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मकैको पोस्कर किलोमा बिक्री, नसोचेको आम्दानीले भूमिकास्थानवासी दङ्ग (फोटासहित)


  •   सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
  • गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।

    Advertisement

    मकैभन्दा पोस्कर (खोस्टा) ले मूल्य बढी पाउन थालेपछि अर्घाखाँचीको भूमिकास्थानका नागरिकको अतिरिक्त आम्दानी हुन थालेको छ ।

    आफ्नै बारीमा फलेको मकैबाट निस्किएको पोस्करबाट मूल्यवान हस्तकला सामानबाट नसोचेको अतिरिक्त आम्दानी हुन थालेको हो ।

    सुकेको पोस्करकै प्रतिकिलो एक सय ५० रुपैयाँ, पोस्करबाट बनेको टोपी प्रतिथान छ सय रुपैयाँ र झोला प्रतिथान पाँच सय रुपैयाँमा बिक्री हुन थालेपछि भूमिकास्थानका सर्वसाधारण दङ्ग भएका छन् ।

    गाईभैँसीलाई घाँस हाल्ने, नखाए खेर फाल्ने मकैको पोस्कर (खोस्टा) बाट टोपी, झोला र ढक्की जस्ता सामान बनाउने सिप सिकाएर तयारी सामान नगरपालिकाले खरिद गरिदिने भएपछि भूमिकास्थानका किसानमा अर्को खुसी थपिएको छ ।

    नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ देखि सञ्चालनमा ल्याएको ‘कर्मशील जनशक्ति परिचालन कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा बाँझो जग्गामा व्यावसायिक खेती कार्यक्रम सञ्चालन गरेको छ भने दोस्रो चरणमा पोस्कर र थाकलको पातबाट हस्तकलाका सामान तयार गर्ने जनशक्ति उत्पादन गरेको छ । मकैको पोस्कर र थाकलको पातबाट झोला, टोपी र ढक्की बनाउने ३० दिने तालिमबाट नगरपालिकामा एक सय जना कर्मशील जनशक्ति तयार भएका छन् ।

    प्रत्येक वडाबाट १० जनाका दरले एक सय जनाले तालिम लिएर कर्मशील जनशक्तिको रूपमा काम गर्न योग्य भएको नगरपालिकाका नगरप्रमुख झविलाल थापाले जानकारी दिनुभयो ।

    ओम राजश्री मल्टिएग्रो प्रालि काठमाडौँको प्राविधिक सहयोगमा नगरपालिकाले १० ओटै वडामा सञ्चालन गरेको पहिलो चरणको ३० दिने तालिम मङ्सिर २४ गतेबाट समापन गरिएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

    ‘खेर जाने पोस्करबाट आम्दानी दिने सामग्री बनाउन हामीले अभियान चलाएका छौँ’ नगर प्रमुख थापाले भन्नुभयो– ‘यहाँका नागरिक पनि हाम्रो अभियानलाई साथ दिंदै व्यावसायिक रूपमै काममा लाग्ने योजना बनाउन थाल्नुभएको छ ।’

    उहाँले अगाडि थप्नुभयो– ‘सबैलाई उत्पादनमा जोडेर भूमिकास्थानलाई समृद्ध बनाउने छौँ ।’

    ३० दिने तालिमकै समयमा प्रयोग भएको पोस्कर र तयार भएका हस्तकलाका सामग्रीसमेत नगरपालिकाले खरिद गरी पैसा दिन थालेपछि व्यावसायिक रूपमै पोस्करका सामग्री बनाउन भूमिकास्थानका किसानको रहर जागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यको भनाइ छ ।

    नगरपालिकाको आयोजनामा तालिमप्राप्त कर्मशील जनशक्तिले तयार पारेका पोस्कर र थाकलको पातबाट बन्ने सामग्री ओम राजश्री मल्टिएग्रो प्रालि काठमाडौँले बजारीकरण गर्ने गरी सम्झौता भएको भूमिकास्थानका योजनाशाखा अधिकृत हरिश्चन्दू भुसालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ३० दिने तालिमबाट तयार भएको जनशक्तिले १५ दिन सामूहिक रूपमा सामग्री बनाउने छन् भने त्यसपश्चात् ओम राजश्रीले सात दिन पुन: रिफ्रेसिङ तालिम दिने छ । उक्त तालिमपछि भूमिकास्थानका १० ओटै वडामा तयार भएका सामग्रीलाई सङ्कलन गर्न भूमिकास्थान कोशेलीघर स्थापना गरी बजारीकरण गरिने नगरपालिकाले जनाएको छ ।

    कर्मशील जनशक्ति परिचालनबाट तयार हुने सामग्री तथा उपजको बजारीकरणको ग्यारेन्टी भएसँगै भूमिकास्थानका सर्वसाधारणको आन्तरिक आम्दानी बढ्ने, स्वरोजगारको सिर्जना हुने र बसाइँसराइ रोकिने आँकलन गरिएको छ ।

    भूमिकास्थानका १० ओटा वडाका सहभागीलाई समेटेर पाँच ठाउँमा सञ्चालन गरिएको पोस्करबाट सामान बनाउने ३० दिने तालिम मङ्सिर २४ गते आइतबारबाट समापन गरिएको छ ।

    भुमिकास्थान नगरपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी र स्थानिय सरोकारवालाको सक्रिय सहभागितामा गराइएको तालिम निकै फलदायी भएको र प्रतिफलसमेत परिणाममुखी आउने देखिएको भूमिकास्थानका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनको दाबी छ ।

     

        

    सोमबार, मङि्सर २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.