काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन्।
उनलाई १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ।
उक्त ठाउँस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट
खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला परेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।