जगदीश ढकाल, नेपालगञ्ज ।
Advertisement
बाँकेको बैजनाथमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को पालिका समन्वय समिति गठन भएको छ ।
महासचिव तुलसी सापकोटाको उपस्थितिमा २०८० मङ्सिर १२ गते मङ्गलबार आयोजित भेलामाझ सो समिति गठन भएको हो ।
समितिको अध्यक्षमा लीलाराम सुनार रहनुभएको छ भने उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा दलवीर कार्की र सहसचिवमा धना कार्की रहनुभएको छ ।
त्यस्तै, समितिको सदस्यहरूमा दिलबहादुर कार्की, गङ्गाबहादुर खत्री र टीका सुनार रहनुभएको छ ।
समितिको दुई स्थान हाललाई रिक्त राखिएको जानकारी प्राप्त भएको छ ।