• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भूकम्पपीडितको समस्याप्रति समुचित ध्यान दिन राजमोको आग्रह


  •   आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले जाजरकोटका भूकम्पपीडितको समस्याप्रति समुचित ध्यान दिन सरकारसित आग्रह गरेको छ ।

    Advertisement

    जाडो मौसम सुरु भएसँगै औषधी, कपडा, खाद्यान्न, बासस्थानसमेतको अभावमा दस जनाभन्दा बढीको ज्यान गइसकेको सन्दर्भमा राजमोको यस्तो धारणा आएको हो ।

    राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० मङ्सिर १० गते आइतबार जारी प्रेसवक्तव्यमा पार्टीले भूकम्पपीडित क्षेत्रमा राहत पर्याप्त नभएको तथा त्यसको वितरण पनि समुचित हुन नसकेकोमा ध्यानाकर्षण गराइएको छ ।

    त्यस्तै, वक्तव्यमा देशका क्याम्पस तथा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै जाँदा क्याम्पसहरू मर्ज गर्नुपर्ने अवस्थामा रहेको विषय पनि उल्लेख गरिएको छ ।

    सामुदायिक विद्यालयमा पढाइको स्तर कमजोर भएकाले निजी वा बोर्डिङ स्कुलतर्फ विद्यार्थीको आकर्षण बढेको वक्तव्यमा किटानी गरिएको छ ।

    शिक्षा क्षेत्रमा देखा परेको यस खालको सङ्कटतर्फ सम्पूर्ण राष्ट्रप्रेमी र सरकारसमेतको ध्यान आकर्षित गराइएको उक्त वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “रुकुम र जाजरकोटमा आएको भूकम्पबाट गम्भीर धनजनको क्षति भएको कुरा सबैलाई थाहा भएको कुरा हो तर भूकम्पबाट भएको क्षतिभन्दा त्यसपछि जाडो तथा आवश्यक औषधी, कपडा, खाद्यान्न, बस्ने व्यवस्थासमेतको अभावमा मानिसहरू अत्यन्त पीडित हुन पुगेको र ती कारणबाट १० जनाभन्दा बढी मानिसको ज्यानसमेत गइसकेका घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यो अत्यन्त चिन्ताजनक समस्या हो । त्यसका लागि सरकारले केही न केही व्यवस्था गरिरहेको कार्यप्रति पनि हाम्रो ध्यान छ तर अहिलेको जाडोको मौसममा तथा त्यहाँको दुर्गम भौगोलिक अवस्थामाथि समेत ध्यान दिँदा अहिलेसम्म भएको व्यवस्था र राहत पर्याप्त नभएको कुरा प्रष्ट छ । त्यसका साथै भूकम्पपीडितका लागि प्राप्त राहत पनि समुचित रूपले वितरण हुन नसकेकाले वा त्यसमा ढिलाइसमेत हुने गरेकाले त्यससम्बन्धी समस्या झन् गम्भीर भएको छ । त्यसकारण ती सबै कुराप्रति ध्यान दिँदै भूकम्पपीडित मानिसको समस्याको समाधानका लागि शीघ्र र समुचित रूपले ध्यान दिन सबै तहका सरकारसित हामीले अपिल गर्दछौँ ।

    देशका क्याम्पसमा विद्यार्थीको सङ्ख्या लगातार घट्दै गइरहेको छ । त्यसको परिणामस्वरूप पठनपाठन हुन नसकेर वा क्याम्पसको खर्चको पनि समस्या भएर कैयौँ क्याम्पसले आपसमा मर्ज गर्दै जानु परिरहेको छ । त्यसरी क्याम्पसको सङ्ख्या लगातार घट्दै गइरहेको छ । सामुदायिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या न्यून हुँदै गइरहेको छ । यो वास्तवमा सम्पूर्ण देशका लागि र भविष्यको लागि समेत गम्भीर सङ्कट हो ।

    खास गरेर १२ कक्षा पढेपछि विद्यार्थीहरू देशभित्र नपढेर विदेशमा नै पढ्न वा नोकरी गर्न जाने प्रवृत्ति बढेकाले नै नेपालका क्याम्पसमा पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको हो । त्यसबाट शिक्षाको क्षेत्रमा सङ्कट आउने कुरामा निश्चित नै छ । शिक्षाको क्षेत्रमा देखा पर्ने त्यो सङ्कटले सम्पूर्ण देशमा नै नकारात्मक र दूरगामी असर पार्ने छ । सामुदायिक विद्यालयमा तल्लो कक्षामा पढ्ने विद्यार्थीको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । त्यसको कारण यो हो कि सामुदायिक विद्यालयमा पढाइको स्तर सन्तोषजनक नभएको हुनाले उनीहरूले निजी वा बोर्डिङ स्कुलतिर नै बढी आकर्षित हुने गर्दछन् ।
    समग्र रूपमा आज शिक्षाको क्षेत्रमा जुन गम्भीर समस्या र सङ्कटसमेत देखा पर्दै गइरहेको छ, त्यसप्रति हामीले सबै राष्ट्रप्रेमी र सरकारको समेत गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

    आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.