• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

त्रिवि पुस्तकालय २४सै घण्टा सञ्चालन


  •   शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो ।

    Advertisement

    पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्ने मानिसलाई सहजताका लागि पुस्तकालयको तीन अध्ययन कक्ष सातै दिन २४सै घण्टा नै खुला गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आग्रहमा त्रिविले पुस्तकालयको अध्ययन कक्ष २४ घण्टा सञ्चालनमा ल्याएको हो । यसअघि पुस्तकालयको अध्ययन कक्ष बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने गरेको थियो ।

    ‘दिउँसो समय नहुने विद्यार्थीका लागि हामीले सहजता उपलब्ध गराउने उद्देश्यले रातभर नै पुस्तकालयको अध्ययन कक्ष सञ्चालन ल्याएको हौँ’, सुवेदीले भन्नुभयो, ‘राति एक समूहका विद्यार्थी आउने गरेका छन् ।’

    पुस्तकालय अधिकृत विजय शर्माका अनुसार अनुसन्धानकर्र्ता, दिउँसो काम गर्ने र राति अध्ययन गर्नेलगायत व्यक्ति रातिको समयमा पढ्न आउने गर्दछन् । ‘रातिको समयमा दैनिक १५ देखि २० जना आउने गर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘साँझ ७ बजे आएर बिहान ६ बजेसम्म पढेर जाने समूह छ ।’

    पुस्तकालयको सदस्यता लिएका जोकोही पनि राति आएर पढ्न पाउने शर्माले जानकारी दिनुभयो । ‘रू एक हजारमा एक वर्षको, रू छ सयमा छ महिनाको पुस्तकालयको सदस्यता बन्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘त्रिविका विद्यार्थीबाहेक सात सय पुस्तकालयको सदस्यता बनेका छन् ।’

    पुस्तकालय अधिकृत शर्माले राति पढ्ने विद्यार्थी प्रायजसो एकाग्रह भएर पढ्ने खालका, घरमा पढ्ने वातावरण नभएका आउने गरेका बताउनुभयो । ‘खाना खाएर विद्यार्थी अध्ययन कक्षमा लगातार पढ्ने गरेका छन्’, उहाँले भन्नुभयो, ‘अहिले धेरैजसो वरिपरिका विद्यार्थी नै रहेका छन् ।’

    शर्माका अनुसार राति पढ्ने विद्यार्थीका लागि सिटीलाइट, बस र खाजा खाने क्यान्टिनलगायतको समस्या रहेको छ । पुस्तकालयको मुख्य भवन पनि खुल्ने समय बढाइएको उहाँको भनाइ थियो ।

    पुस्तकालयको सदस्यता लिएकाले बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म अध्ययन गर्न पाउने जनाउँदै शर्माले यसअघि मुख्य भवनमा रहेको पुस्तकालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र सञ्चालन हुने गरेको बताउनुभयो ।

    स्ववियु सचिव सिद्धान्त भट्टले विद्यार्थीलाई ध्यानमा राखेर पुस्तकालयको खुल्ने समय बढाइएको बताउनुभयो । ‘विश्वविद्यालयका विद्यार्थीमा पढ्ने संस्कृतिको विकास होस् भन्ने उद्देश्यले पुस्तकालय २४सै घण्टा खोल्न पहल गरेका हौँ’, उहाँले भन्नुभयो, ‘२४सै घण्टा पुस्तकालय खोल्दा अन्य विश्वविद्यालयका विद्यार्थी पनि आएर खोज अनुसन्धान विषयमा अध्ययन गर्न पाएका छन् ।’

    भट्टले पुस्तकालयका २४सै घण्टा खोले पनि पनि पढ्ने विद्यार्थीलार्ई क्यान्टिन नहुँदा रातिपख चिया, खाजाको समस्या रहेको बताउनुभयो । उहाँका अनुसार अहिले पुस्तकालयमा चार लाख ४० हजार राष्ट्रिय र अन्तर्राष्ट्रिय पुस्तक रहेका छन् ।

    पुस्तकालयको सदस्यता बनेका जोकोहीले पनि ती पुस्तक घरमा लगेर पढ्न पाउनुका साथै अनलाइनका माध्ययबाट पनि पुस्तक पढ्न पाउनेछन् । यहाँ दैनिक सात सयभन्दा बढी विद्यार्थी पढ्न आउने गरेका छन् ।

    नयाँ भवनमा पुस्तकालय
    पुस्तकालयका निमित्त प्रमुख सुवेदीका अनुसार आगामी महिनादेखि पुस्तकालय नयाँ भवनमा सर्ने बताउनुभयो । उहाँले अपाङ्गमैत्री साढे चार तलाको अत्याधुनिक भवनमा पुस्तकालय सर्ने जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भवनमा एकै पटक दुई हजार विद्यार्थी पढ्न मिल्नेछ ।

    शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.