टक्सार (भोजपुर) । भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गर्नुभएको छ ।
Advertisement
उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई सम्मान गर्नुभएको छ ।
बालबालिकालाई नियमितरूपमा विद्यालय जान प्रेरित गर्न तथा विद्यालयको श्रीवृद्धिमा योगदान गरेकाहरूको कदरस्वरुप उहाँहरूलाई सम्मान गरेको उपप्रमुख शेर्पाले बताउनुभयो ।