• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

महिलामुक्तिको सम्बन्धमा केही कुरा


  •   शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    —१—

    आदिम समाजमा उत्पादनका मुख्य साधनहरू भाला, तिर, धनुष हुने र पेसा पशुपालन हुने भएपछि मुख्य भूमिका महिलाको भन्दा पुरुषको बढी भयो । अतिरिक्त श्रम युद्धबाट प्राप्त गर्ने चलन आयो । युग्मविवाह एकनिष्ठ विवाहमा सङ्क्रमणले माृतअधिकारको उन्मूलन र पितृअधिकारको स्थापना भयो । सम्पत्तिको मालिक पुरुष हुने, मरेपछि हस्तान्तरण गरेर महिलाको गोत्रमा जाने समस्या महसुस भएपछि पितृअधिकार बनाइयो । यसबाट महिलाहरू मालिकबाट दासत्वको रूपमा रूपान्तरण भए । यो सभ्ययुग आरम्भको सूचक थियो ।

    तीन हजार वर्षको एकनिष्ठ विवाहले वेश्यावृत्तिबाट महिलालाई मात्र नोक्सान पुग्छ† महिला घृणित हुन्छिन् र पुरुषको पूर्ण प्रभुत्वको घोषणा गरिन्छ । विवाह अवधिको गर्भबाट जन्मेको सन्तान पतिको हुन्छ ।

    पुँजीपतिले पत्नीलाई उत्पादनको साधन मात्र बनाउने हुनाले कम्युनिस्टले पत्नि पनि सामूहिक बनाउने गर्छन् भन्ने आरोप लगाउँछन् ।

    कम्युनिस्टले व्यक्तिगत सम्पत्तिको उन्मूलन र विवाह तथा सम्बन्धविच्छेदको स्वतन्त्रता लागु गरेपछि वैवाहिक जीवनमा प्रेमबाहेक अरू कुनै बाध्यता नरहने वास्तविकता घोषणा गर्छन् । सर्वहारा क्रान्तिको जितहार, सर्वहारा सत्ताको विजयपराजय हुने कुरा बढी महिलाको सङ्ख्या मजदुर वर्गको पक्षमा या विरुद्धमा हुने कुराले निर्धारण गर्छ ।

    —२—

    महिला आन्दोलनको उद्देश्य आर्थिक र सामाजिक समानताका लागि लड्नु हो । मुख्य रूपले महिलालाई सामाजिक रूपले उत्पादक श्रममा तान्नुपर्छ । घरेलु दासताबाट निकाल्नु र अपमानजनक सेवाबाट मुक्त गर्नुको बढी महत्त्व हुन्छ ।

    एकनिष्ठ विवाह आर्थिक कारणले भएको हो । त्यसको अन्त्य भएपछि मात्र त्यसले पूर्णता पाउने छ । त्यतिखेर एकनिष्ठ विवाहप्रथा पुरुषका लागि पनि वास्तविक बन्ने छ । सङ्घर्ष र प्रशिक्षणबिना समाजवाद असम्भव छ ।

    पुँजीवादी व्यवस्थामा महिलाहरू आर्थिक अभाव एकातिर र अर्कोतिर नैतिक अभावको सिकार बन्छन् । सर्वहारा क्रान्तिअनुरूप नै विवाह तथा यौनसम्बन्धको क्षेत्रमा पनि क्रान्ति हुने कुरा निश्चित छ । यौनजीवनमा उछृङ्खलता पुँजीवाद हो । अधोगतिको लक्षण हो ।

    सर्वहारा माथि उठ्दै गरेको वर्ग हो । त्यसलाई कुनै नशा वा उत्तेजनाको आवश्यकता छैन । आत्मसंयम र अनुशासन भन्नु दासत्व होइनन्, त्यो प्रेमको मामिलामा पनि लागु हुन्छ ।

    महिलाले सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गतको समाजमा मात्र पुरुषसमान कानुनी एवम् व्यावहारिक हैसियत प्राप्त गर्छन् । त्यसैले राजनैतिक सम्बन्ध स्थापित गर्नुपर्छ ।

    —३—

    शोषित, उत्पीडित वर्गका लागि र सर्वसाधारण श्रमजीवी वर्गका लागि वर्तमान व्यवस्था खराब छ । महिला बढी उत्पीडित भएको हुनाले उनीहरूलाई क्रान्ति चाहिएको छ । शोषक वर्गको राजनीतिक सत्ता हत्याएपछि मात्र क्रान्ति सफल हुन्छ । अहिलेसम्म महिलाले राजनीतिमा अत्यन्त कम मात्रैले भाग लिएका छन् । शोषित, उत्पीडित जनताको साथमा राजनीति गरेर वर्तमान राज्यसत्तामा आमूल परिवर्तन गर्नुपर्छ । प्रतिक्रियावादी सङ्गठन बनाएर आफ्नो व्यवस्थाको सेवा गर्न लगाएको हुनाले तिनीहरूको विरुद्ध महिलाहरू

    राजनीतिकेन्द्रित हुनुपर्छ । क्रान्तिकारी महिलाले मात्र आमूल परिवर्तनको राजनीति गर्न सक्छन् ।
    महिलाको बेग्लै वर्ग नहुने हुनाले मजदुर, किसान, विद्यार्थी, शिक्षक आदि सबै वर्ग र जनसमूह एक हुनुका साथै आफ्ना हक, हितलाई पनि अगाडि बढाउनुपर्छ । त्यो भनेको जनवादी आन्दोलनको अङ्ग बनाएर सङ्घर्ष गर्नुपर्छ भनेको हो ।

    सम्पत्तिमा समान हक र आर्थिक आत्मनिर्भरता तथा विवाह, सम्बन्धविच्छेद र सन्तान जन्माउने स्वतन्त्रता नै महिलामुक्तिका आधारभूत शर्त हुन् । सबैका लागि स्वतन्त्रता या पराधीनता टुङ्ग्याउने निर्णायक आधार सम्पत्ति नै रहने गरेको छ । समाजवादी आन्दोलनको अङ्गको रूपमा नै महिलामुक्ति आन्दोलनले सही दिशामा विकास गर्न सक्दछ । पुँजीवादी व्यवस्थामा महिलालाई विलासिताको साधन मात्र ठानिन्छ ।

    —४—

    देशको आर्थिक सामाजिक र राजनैतिक कारणले उत्पीडित वर्गभित्र पर्ने सबैभन्दा बढी सङ्ख्या महिलाको छ तर चेतनाको स्तर र सङ्गठनको स्तर दुवै कमजोर छ । महिलाको मुक्तिको बाटोमा अवरोध तेस्र्याउने वर्तमान राजनैतिक व्यवस्था भएकाले यो व्यवस्थाको अन्त्यका लागि क्रान्तिकारी वामपन्थी राजनीति अपनाएर अगाडि बढ्नुपर्दछ ।

    क्रान्तिकारी राजनीतिको उद्देश्य साम्यवाद स्थापना नहुँदासम्म सङ्घर्ष गरिरहने हो । नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि महिलामाथिको सामाजिक नियन्त्रण र उत्पीडन समाप्त पार्ने, सम्पत्तिमा समान अधिकार दिने र सबै क्षेत्रमा पुरुषसरह अधिकार दिइने छ ।

    महिलाको छुट्टै वर्ग नहुने हुनाले महिलामुक्ति आन्दोलनलाई देशको सम्पूर्ण जनवादी आन्दोलनको अङ्ग बनाएर सङ्घर्ष गर्नुपर्छ ।

    महिलामुक्तिका लागि एउटा सम्पत्तिमा समान हक र आर्थिक आत्मनिर्भरता अर्को विवाह र सम्बन्धविच्छेदको स्वतन्त्रता महत्त्वपूर्ण अधिकार हुन् । यी दुवै शर्त पूरा नभइकन स्वतन्त्रता हुन सक्दैन । उपर्युक्त दुई शर्तले प्रेम र दाम्पत्य जीवनको अवस्थामा पनि परिवर्तन ल्याइदिन्छ । यसले सम्पूर्ण समाजमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

    विवाहपछि महिलालाई सम्बन्धविच्छेद गर्ने अधिकार भएपछि नै परिवारको ढाँचा जनवादी आधारमा स्थापित हुन सक्छ । साझा सम्पत्तिको हकसहित सम्बन्धविच्छेद हुँदा फेरि विवाह गर्न सजिलो हुन्छ । जबसम्म महिला घरको चौघेरा तोडेर घरबाहिरको समाजमा हुने बृहत्तर उत्पादनमा सामेल हुन्नन्, महिलामुक्तिको कुरा व्यवहारमा लागु हुन्न । त्यसैले समाजवादी आन्दोलनको अङ्गको रूपमा नै महिलामुक्ति आन्दोलनले सही दिशामा विकास गर्न सक्छ ।

    —५—

    सामन्तवादको गर्भमा पुँजीवादको भु्रण विकसित भइरहेको बेलादेखि सामाजिक उत्पादनमा महिलाले भाग लिने काम सुरु भएर बढ्न थाल्यो । यो भौतिक आधारले नै पहिलोपटक महिलामा सामाजिक अधिकारको चेतना जगायो । चाल्र्स फुरियेले सन् १८०८ मा समाजमा स्वतन्त्रताको नाम महिलाहरू कति हदसम्म स्वतन्त्र छन् भन्ने हो भनेर पहिलोपटक बताए ।

    पुँजीवादी शोषणको व्यवस्थालाई समाप्त पार्ने पहिलो कदम महिलाको वर्गचेतनालाई उन्नत पार्नु, राजनीतिक जीवनमा सहभागिता बढाउँदै लैजानु र मजदुर वर्गको क्रान्तिकारी आन्दोलनमा सामेल गराउनुपर्छ भनेर माक्र्स, एङ्गेल्सले बताए भने लेनिनले स्वास्नीमान्छेका निम्ति पूर्ण स्वतन्त्रता प्राप्त नगरिकन सर्वहारा वर्गले आफ्नो पूर्ण स्वतन्त्रता प्राप्त गर्न सक्दैन भने । सन् १८८८ मा अमेरिकी नारिवादीको पहलमा पहिलो अन्तर्राष्ट्रिय नारी परिषद् गठन भयो वा स्थापना भयो ।

    सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा सम्पन्न महिलाको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनले क्लारा जेट्किनको प्रस्तावमा ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो ।

    जुन देशमा साम्राज्यवाद, सामन्तवाद विरोधी सङ्घर्षको नेतृत्व सर्वहारा वर्गले गर्‍यो र केही दसकसम्म सर्वहारा सत्ता कायम रहन सक्यो, ती देशमा आजसम्म पनि महिला उपलब्धि सबै गुमेका छैनन् । आर्थिक प्रश्नबाहेक सामाजिक, सांस्कृतिक र राजनैतिक धरातलमा पनि महिलाहरूले सङ्गठित भएर सङ्घर्ष गर्न जरुरी छ ।

    —६—

    महिलामुक्तिको सङ्घर्षलाई क्रान्तिकारी दिशा दिन जनताका सबै वर्गको क्रान्तिकारी सङ्घर्षसँग गाँसिदिनुपर्छ । महिलालाई छाडेर न कुनै सर्वहारा क्रान्ति सफल हुन सक्छ, न सर्वहारा क्रान्तिबिना महिलाको वास्तविक मुक्तिको सुरुआत हुन सक्छ । समाजवादी सङ्क्रमणको अवधिमा पनि एउटा लामो समयसम्मको सङ्घर्षपछि महिलाको मुक्ति सम्भव छ । यो प्रश्न समाजवादको विजयपराजयसँग गाँसिएको प्रश्न हो ।

    समाजवाद महिला समस्या समाधानको सुरुआत मात्र हो, समाधान होइन । महिलाको हजारौँ वर्षको मानसिक दासतालाई नाश गर्नका लागि पार्टीपङ्क्तिमा महिलालाई भर्ना गर्ने प्रक्रियालाई तेज पार्ने, सबै जनसङ्गठनमा महिलाको सक्रिय सहभागिता बढाउने र पुरुष स्वामित्ववादी प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै जानुपर्दछ ।

    बुर्जुवा व्यवस्थाको घेराभित्र, सुधारको घेराभित्र महिलामुक्तिको सवालमा विश्वास गरेर महिलामुक्ति रत्तिभर पनि सम्भव छैन । त्यसका लागि राज्यसत्ता र किसिम किसिमका फासिष्ट प्रवृत्तिको विरुद्ध जुझारु लडाइँ लड्नुपर्ने छ ।

    —७—

    सामाजिक उत्पादनमा मुख्य भूमिका निर्वाह गर्नेहरूले नै उत्पादनलाई आफ्नो नियन्त्रणमा लिन्छन् । महिलाले नै उत्पादनलाई आफ्नो नियन्त्रणमा लिन्छन् ।

    महिलाले उत्पादनको नियन्त्रण गर्ने समयमा आदिम ढङ्गको खेतिपाती थियो । त्यसमा मुख्य भूमिका उनीहरूले नै निर्वाह गर्दथे । भाला, तिर, धनुष मुख्य औजारसहित पशुपालन गर्ने उत्पादन प्रचलित हुँदा मुख्य भूमिका पुरुषको थियो र उनीहरूले नै उत्पादनको नियन्त्रण गर्दथे । उत्पादनमा अन्तबाट श्रमशक्ति ल्याउनुपर्ने आवश्यकता महसुस भएपछि युद्धबाट हरुवालाई दास बनाएर काम गराउँदा उत्पादनमा वृद्धि भयो । त्यो ऐतिहासिक परिस्थितिमा पहिलो बृहत् श्रमविभाजन भएर सम्पत्तिमा वृद्धि गर्दै उत्पादनको क्षेत्रलाई विस्तार गरे । अनिवार्य दासप्रथा प्रचलनमा आयो । समाजमा दास र दासमालिक अथवा शोष र शोषित वर्ग हुने गरी श्रमविभाजन भयो ।

    —८—

    जङ्गली जनावरलाई पक्रेर पाल्तु बनाउने र तिनीहरूको पालनपोषण गरेर आवश्यकता पूरा गर्ने काममा प्रमुख भूमिका पुरुषको थियो ।

    त्यतिखेर उनीहरू जनावरका मालिक हुन्थे । आवश्यकता पूरा भएर बचेको उत्पादन पुरुषको हुन्थ्यो । महिलाको उपभोगमा हिस्सेदार भए पनि स्वामित्वमा कुनै हिस्सा थिएन । जङ्गली योद्धा र सिकारीहरू घरमा महिलालाई प्रमुख स्थान दिएर आफू सन्तुष्ट भएको भए पनि भद्र गोठालाले आफ्नो स्वामित्व प्रमुख बनााएर महिलालाई दोस्रो दर्जामा धकेलिदिए । महिला घरेलु काममा सीमित भए । पछि घरबाहिरको कामले पुरुषको आधिपत्य र महिलाको घरेलु काम फाल्तु भयो । महिलालाई सामाजिक उत्पादनको कामबाट अलग गरेर घरको निजी काममा सीमित राख्दासम्म पुरुषसँग बराबरी हक पाउन असम्भव बनाइने छ र असम्भव रहिरहने पनि छ ।

    —९—

    मातृअधिकारको उन्मूलन र पितृअधिकारको स्थापनाका साथसाथै युग्मविवाह एकनिष्ठ विवाह प्रथामा सङ्क्रमण भएबाट निरङ्कुशताले स्थायित्व प्राप्त गर्‍यो । ठुला आकारका उद्योग सञ्चालन भएर महिला सहभागिता हुने एकातिर र घरको निजी कामलाई सार्वजनिक उद्योग बनाइने अर्कोतिर गरेर मात्र समानता सम्भव हुने छ ।

    पशुको बथानलाई पारिवारिक सम्पत्ति बनाइएपछि श्रमशक्तिको पनि किनबेच हुन थाल्यो । युद्धमा बन्दी बनाइएका मानिस श्रमका लागि उपयोगी भए । उनीहरूको पनि पशुको जस्तै बढी सन्तान जन्माएर सङ्ख्या बनाउन सकिन्थ्यो । परिवारभित्रको श्रमविभाजनबाट भोजन जुटाउने र आवश्यक औजार तयार पार्ने काम पुरुषको हुँदा स्वामित्वको अधिकार पनि उनीहरूकै हुने गर्दथ्यो । घरमा महिला्को साथमा रहने औजार पनि पशु, दास र नयाँ औजारसमेतका मालिक पुरुष नै बन्न गए ।

    —१०—

    एकनिष्ठ परिवार पुरुषको सर्वोच्च सत्तामा आधारित हुन्छ । त्यसको उद्देश्य पितृत्वको बारेमा कुनै विवाद नहुने सन्तान जन्माउनु हुन्छ ।

    पत्नीप्रति वफादार रहनुनपर्ने पुरुषको अधिकार अझ पनि कायमै रहन्छ । यदि पत्नीले पनि त्यसलाई लागु गर्न चाहन्छे भने कडा सजाय गरिन्छ । प्राचीनकालमा एकनिष्ठ विवाहको उत्पत्ति यौनप्रेमसँग सरोकार थिएन । विवाह लाभलाई हेरेर गरिन्थ्यो । आर्थिक कारणमाथि आधारित थियो । प्राकृतिक सामूहिक सम्पदामाथि व्यक्तिगत सम्पत्ति विजयको आधारमा स्थापित भएको थियो । पुरुष र महिलाको बिचमा सहमतिको रूपमा पहिले प्रकट भएको थिएन ।

    —११—

    एकनिष्ठ विवाहले दासप्रथा र निजी सम्पत्तिसँग मिलेर आजसम्म चलिरहेको युगको सुरुआत गर्‍यो । यसमा केही मानिसको समृद्धि र विकास अरूहरूको अवनति तथा हतासाबाट नै सम्पन्न हुन्छ । एकनिष्ठ विवाह सभ्य समाजको सबै अन्तरविरोध तथा द्वन्द्वको अध्ययनको कोषिका हो । कथनमा सधैँ निन्दा गरिने शोषक वर्गद्वारा मजासँग उपयोग गरिने, त्यसमा संलग्न पुरुष र नारीमध्ये नारीलाई मात्र नोक्सान पुग्ने वेश्यावृत्तिले समाजको मूल नियमको रूपमा नारीप्रति पुरुषको पूर्ण प्रभुत्वको घोषणा गरिन्छ ।

    तीन हजार वर्षसम्म चलेको एकनिष्ठ विवाहको अन्तिम परिणाम विवाह अवधिमा गर्भधारण भएमा पतिलाई बच्चाको पिता मानिने अन्तिम परिणाम निस्कियो । पुँजीपति वर्गले सपनामा पनि सोच्न सक्दैन कि आफूहरूले उत्पादनको औजारको रूपमा राखेका महिलालाई कम्युनिस्टले त्यो अवस्थालाई अन्त्य गर्ने मुख्य उद्देश्यसहित काम गर्छन् । उत्पादनको वर्तमान प्रणाली समाप्त हुनासाथ त्यसबाट उत्पन्न महिलाको सर्वोपभोग्यताको बजारु तथा घरेलु दुवै किसिमका वेश्यावृत्तिको अनिवार्य रूपमा अन्त्य हुने छ ।

    —१२—

    आधुनिक व्यक्तिगत परिवार महिलाको प्रत्यक्ष वा परोक्ष घरेलु दासत्वमा आधारित छ । आधुनिक समाज यिनै वैयक्तिक परिवारका अणु मिलेर बनेको छ । परिवारमा पति बुर्जुवा हुन्छ र पत्नी सर्वहाराको स्थितिमा हुन्छे । पूरै महिला सार्वजनिक उत्पादनमा प्रवेश गरेपछि मात्र पतिपत्नी समान हुने छन् । त्यसका लागि समाजको आर्थिक एकाइ हुने वैयक्तिक परिवारको गुणलाई नष्ट गर्नुपर्छ ।

    पुँजीवादी प्रतिनिधिले धर्म र पुलिसको माग गर्दै दुवैलाई सुरक्षित साधन माने तर व्यवहारमा तिनीहरूबाट नै वेश्यावृत्ति कायम राखिन्छ । महिलालाई सार्वजनिक गतिविधिमा, सेनामा, सार्वजनिक जीवनमा सरिक गराएर घरबार र भान्छाकोठाबाट बाहिर निकालेपछि मात्रै वास्तविक स्वतन्त्रता सम्भव हुने छ ।

    —१३—

    श्रमजीवी महिलाको विशाल समूहको सहभागिताबिना समाजवादी क्रान्ति हुन सक्दैन । पुँजीवाद रहेसम्म महिलाले पूर्ण स्वतन्त्रताको उपभोग गर्न पाउन्नन् । सडेगलेको कानुनको बोझ मजदुर वर्गका महिलाले बहन गर्नुपर्छ । धार्मिक पूर्वाग्रहको सबैभन्दा गहिरो श्रोत गरिबी र अज्ञानता हुन् । हामीले यिनै खराबीसँग लड्नुपर्दछ । शोषित, उत्पीडित वर्गमाथि राजनीतिक सत्ता, वंशाणुगत सत्ता, धार्मिक सत्ता भएको र महिलामाथि थप पतिको सत्तासमेतले उत्पीडतमा पार्छ । राजनीतिक तथा आर्थिक सङ्घर्षमा विजयको नतिजास्वरूप उत्पीडनको पनि अन्त्य हुने छ । मानवजातिको इतिहासमा कामदार महिलाको संलग्नता नभइकन कुनै महान् आन्दोलन भएको छैन ।

    —१४—

    आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिलामध्ये मजदुर एवम् किसान मिहिनेतकस महिला मजदुर वर्गको सबैभन्दा ठुलो आरक्षित शक्ति हो । क्रान्तिको जितहार, सर्वहारा सत्ताको विजयपराजय त्यही आरक्षित शक्ति महिलाको पक्षमा वा त्यसको विरुद्धमा भन्नेबाट निर्भर रहन्छन् ।

    कम्युनिस्ट पार्टीको पहिलो कार्यभार सर्वहारा वर्गको झन्डामुनि महिला किसान र महिला मजदुरलाई राजनीतिक रूपले शिक्षित र सङ्गठित गर्ने र निर्णायक सङ्घर्षमा हाम फाल्नु हो । महिलालाई राजनीतिमा नलगिकन जनतालाई राजनीतिमा तान्न सकिन्न । कुनै एउटा पनि गणतन्त्रले निजी सम्पत्तिको पवित्र अधिकार गुम्ने डरले विवाह र परिवारसम्बन्धी तथा सन्तानसँगको सम्बन्धको मामिलामा पुरुष र महिलाबिच कानुनी समानताको पहिलो कदम उठाउन सक्दैनन् । त्यसपछि दोस्रो कदम जमिन, कारखाना, मिलमाथिको निजी स्वामित्वलाई समाप्त गरेर पुँजीवादी दासत्वबाट श्रमलाई मुक्त गर्ने हो ।

    —१५—

    समाजवादमा महिलालाई आर्थिक, सांस्कृतिक, सामाजिक र राजनीतिक जीवनका तमाम क्षेत्रमा पुरुषको बराबर अधिकार दिइन्छ । काम, कामको वेतन, छुट्टी र आराम सामाजिक बिमा तथा शिक्षाको क्षेत्रमा पनि बराबरीको अधिकार दिइन्छ । आमा र बच्चाको हितलाई राजकीय संरक्षण दिइन्छ ।

    हामी जति जान्दछौँ, त्यसभन्दा कैयौँ बढी सङ्गठनात्मक प्रतिभा मजदुर, किसान महिलामा छ । समाजवादी सत्ताले दिने जनवाद पुँजीवादद्वारा उत्पीडित मिहिनेतकस जनताका लागि हो । जनताको विशाल बहुमतको जनवाद हो । यो शोषकका लागि भन्दा भिन्न हुन्छ । पुँजीवादी जनतन्त्रले मानवजातिको आधा आवादी महिलालाई न त पुरुषसँग पूर्ण समानता दिएको छ, न पुरुषको अधिपत्यबाट मुक्त नै गरेको छ ।

    —१६—

    महिलालाई पूर्ण स्वतन्त्र नगराएसम्म सर्वहारा वर्ग आफू पनि स्वतन्त्र हुन सक्दैन । यो एउटा लामो सङ्घर्ष हो । यसका लागि सामाजिक, प्राविधिक तथा प्रथा दुवैको आमूल पुनर्निर्माण आवश्यक छ तर यो सङ्घर्षको अन्त्य कम्युनिज्मको पूर्ण विजयको साथमा हुने छ । जङ्गली युगमा सामूहिक विवाह, बर्बर युगमा युग्मविवाह र सभ्यताको युगमा एकनिष्ठ विवाह प्रथा प्रचलनमा हुँदा त्यससँग जोडिएका व्यभिचार तथा वेश्यावृत्ति पनि प्रचलित भए ।

    उत्पादनका साधनमा सामूहिक स्वामित्व भएबाट वैयक्तिक परिवार समाजको आर्थिक एकाइ रहने छैन । घरका निजी प्रबन्ध सार्वजनिक विषय हुने छ । पुँजीवादी उत्पादन तथा त्यसबाट उत्पन्न स्वामित्व सम्बन्ध मेटिएपछि आम रूपमा विवाहमा पूर्ण स्वतन्त्रता स्थापित हुने छ । माया, प्रेममा मात्र आधारित हुने छ । त्यसको साथसाथै पुरुषहरू सही अर्थमा एकनिष्ठ बन्ने छन् ।

    शुक्रबार, मङि्सर ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.